बागमती प्रदेश, असोज ५ । काठमाण्डौ को गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा आउदै गरेका दशै तिहार लगायतको चाडबाड्लाई ध्यानमा राख्दै शान्ती सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ।
नेपालीहरुका महान चाडहरुओ पुर्व सन्ध्यामा वडामा हुन सक्ने विभिन्न सम्भावित घ्टनाहरु चोरी डकैती लुटपाट र दुर्घटना न्यूनीकरण गर्नको आम नागरिक, प्रहरी लगायतको के कस्तो भुमिका,दायित्व र सहयोग निर्बाह गर्नुपर्छ भन्ने लगायतका विषयमा उपभोक्ता सरोकारवाला वडाबासीहरु लगायतको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको वडा कार्यालयले बताईएको छ।
शान्ती सुरक्षा तथा ट्राफिक ब्यबस्थापन सम्बन्धि अन्तर्कृया कार्यक्रममा वडा सदस्यहरु सुमन लामा, चन्द्रलाल श्रेष्ठ, सीता तिमिल्सिना, सोबिता मिजार, वडा सचिव सुदिप हमाल, बिभिन्न राजनीतिक दलका प्रतिनिधि, महिला समुह बिभिन्न संघ सस्थाका प्रतिनिधि ,पत्रकार बुद्धिजीवी लगायत स्थानीय दाजुभाई तथा दिदिबहिनीहरुको उल्लेखनीय उपस्थिती रहेको थियो।
उक्त अन्तर्कृया कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठले वडामा कुनै पनि अबान्छित अपराध र सडक दुर्घटनालाई न्यूनीकरण गर्न प्रहरी प्रशासनलाइ सक्दो सहयोग गर्नु आम नागरिकको पनि उत्तिकै जिम्मेवारी रहेको बताए।वडा अध्यक्ष श्रेष्ठले सडकमा रहेका अव्यवस्थित तारहरु व्यवस्थापनका लागि पहल गरिरहेको बताउदै सम्भाबित चोरी डकैती लुटपाट लगायतका अपराधिक गतिबिधिको न्यूनीकरण गर्न सडकमा सिसिटिभी क्यामेरा जडान चेकिङ लाई समेत बढावा दिदै आएको बताए।
कार्यक्रमको अन्त्यमा प्रहरी वृत बौद्धका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले आफ्नो गहण बिचार पस्केका थिए। आउदै गरेका चाडपर्वमा देखिने समस्याहरु न्यूनीकरण गर्न प्रहरीले बिशेष सुरक्षा योजनाका साथ् काम गर्ने जानकारी गराउदै सो अभियानमा समुदायको पनि उतिक्कै साथ सहयोग सहयोग रहनुपर्ने समेत बताए। अपराधीक मनोवृत्तीका ब्यक्तीहरुले चाड पर्वको बेला बिभिन्न किसिमका घटना घटाउन सक्ने भएकोले त्यसलाई नियन्त्रण गर्नु नै बिशेष सुरक्षा योजनाको उद्देश्य रहेको जनाउदै प्रहरी शान्ती सुरक्षा अमनचयन र अपराध नियन्त्रणमा कटिबद्ध छ जसको लागि समुदाय–प्रहरी साझेदारी अवधारणा बमोजिम सर्वसाधारणको सहयोग, सद्भाव र सहकार्यमा मात्र सम्भव रहेको बताए।