काठमाडौं, जिल्ला प्रहरी परिसर काठमाण्डौद्वारा नेपालीहरुका आउदै गरेका महान चाडहरु वडा दशै, शुभ दीपावली तथा छठ पर्व र नेपाल सम्वतको पावन अवसरमा सुरक्षा योजना २०७९ तयार गरि सार्बजनिक गरेको छ l
हिन्दु धर्मावलम्वीहरुको महान चाड: वडा दशै, शुभ दीपावली तथा छठ पर्व र नेपाल सम्वत समेतलाई मध्यनजर गरी काठमाण्डौ जिल्लाको सुरक्षा ब्यवस्थालाई थप मजवुत बनाई सुरक्षित वातावरणमा सम्पन्न गर्न यो सुरक्षा योजना, २०७९ तयार गरी लागु गरिएको छ ।परिसरले सुरक्षा योजनालाई थप प्रभावकारी बनाउन बिभिद बिषयलाई ध्यानमा राखी सुरक्षा योजना तयार गरेको छ l जसअनुसार तल उल्लेखित विषयालाई प्रमुखातामा राखेको छ l
परिकल्पना (Mission):
सुरक्षा निकायबीच उच्च समन्वयबाट प्रभावकारी तवरले सुरक्षाकर्मीहरुको परिचालन, सहज पहुँच र दुरुस्त कारवाहीमार्फत अपेक्षित जन समुदायसमक्ष सिघ्र सेवा प्रदान गर्ने ब्यवस्था मिलाई चाड पर्वमा सुरक्षाको भरपर्दो वातावरण निर्माण गर्ने ।
परिलक्ष्य (Vision):
उपर्युक्त चाड पर्वहरुमा काठमाण्डौ जिल्लामा सुरक्षाको भरपर्दो वातावरण निर्माण गर्ने ।
उद्देश्य (Goal):
• सुरक्षा निकायबीच उच्च समन्वयमार्फत प्रभावकारी तवरले सुरक्षाकर्मीहरुको परिचालन गर्ने,
• सहज पहुँच (माग भएको ५-७ मिनेट भित्र पुगी) र कानून बमोजिम दुरुस्त कारवाही गर्ने,
• श्रोत र साधनको यथोचित परिचालन गर्ने,
• अपराधको न्यूनीकरण गर्ने,
• पीडितलाई न्याय र पीडकलाई सजायँ दिलाउने ।
सुरक्षा चुनौति (Threat Analysis):
क) सामान्य चुनौति:
अवैध मदिरा बिक्री बितरण, झै-झगडा, तास, जुवा, लङ्गडी बुर्जा, ३ गोटी, मापसे गरी ट्राफिक नियमको उल्लङ्घन, सवारी दुर्घटना, सवारी साधनको टिकटमा कालो बजारी, नापतौलबाट ठगी, आतिशबाजी, पकेटमारी, चोरी, लुटपाट, चोरी पैठारी, नक्कली तथा म्याद गुज्रेको सामानको बिक्री बितरण, अभद्र ब्यवहार, चन्दा, चिठ्ठा आदि सम्बन्धी कसूर ।
ख) असामान्य चुनौति:
समूह-समूहबीच हुन जाने झगडा (Gang Fight), डकैति, हातहतियार तथा खरखजानाको प्रयोग, आगजनी, बिष्फोटन, कर्तब्य ज्यान, जवरजस्ती करणी, अपहरण वा शरीर बन्धक, ठगी, आपराधिक बिश्वासघात तथा आपराधिक लाभ, लागु औषध, कारागार मानव बेच बिखन तथा ओसार पसार आदि सम्बन्धी कसूर ।
सुरक्षा रणनीति:
क) Intelligence Based Information Collection: सूचना सङ्कलन (सादा पोशाक)
• प्रहरी नियन्त्रण कक्ष-१००, ट्राफिक नियन्त्रण कक्ष-१०३ र प्रहरीका अन्य नम्बरमा प्राप्त सूचना,
• Social Media face book & twitter र Hamro & Traffic Police mobile app तथा website मा प्राप्त सूचना,
• अपराध बढी घटेका स्थान र घट्न सक्ने सम्भावित स्थानहरु लगायतमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयसँगको समन्वय तथा सहकार्यमा सादा पोशाक प्रहरी परिचालन र सूचना सङ्कलन र प्रहरी परिचालन गर्ने ।
ख) जन सम्पर्क तथा नागरिकमुखी कार्यक्रम:
• यात्रुहरुलाई सहजतापूर्वक यात्रा गर्न बसपार्क इलाकाहरु र सेवा ग्राहीहरुलाई विशेष सुविधा दिन काठमाडौको १२ स्थानमा Help desk स्थापना गरिएको (सुन्धारा, कोटेश्वर, तिलगंगा, गौशाला, चावहिल चोक, गोंगवु, नयाँ वसपार्क, बालाजु चोक, वालाजु वाई पास, कलङ्की र वल्खु),
• District Police Range Kathmandu को FB page, ट्राफिक एफ.एम. तथा सञ्चारका अन्य माध्यमहरुबाट समेत जनचेतनामूलक कार्यक्रम प्रसारणलाई निरन्तरता प्रदान गर्ने,
• टोल टोलमा माइकिंग गर्नुका साथै पर्चा पम्लेटहरु वितरण गर्ने,
• स्थानीय जनसमुदाय, सुरक्षा विदहरु तथा पूर्व सुरक्षाकर्मीहरुसँग निरन्तर छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने ।
ग) प्रविधि लगायतको प्रयोग:
• CCTV monitoring (काठमाडौको मुख्य मुख्य चोक, व्यापारिक केन्द्र, आर्थिक कारोवार हुने स्थानहरु, काठमाडौ प्रवेश गर्ने नाकाहरु लगायतका स्थानहरु),
• Drone बाट तस्विर लिई सुरक्षा प्रदान,
• अनुसन्धानमा दक्ष कुकुरको प्रयोग गरी Dog Sniffing,
• प्रहरी Apps को प्रयोग आदि ।
घ) सुरक्षाकर्मीहरुको प्रभावकारी परिचालन:
• इलाका बिभाजन- प्रहरी बृत्तहरु १४,
• प्रहरी हेल्प डेस्क- १२,
• टिकट काउण्टर- १२,
• मोबाइलबाट गश्ती- २४,
• पिकेटिङ- ९१,
• मोटर साइकलबाट गश्ती (Quick Response Team-QRT)- ७६ (बैंक तथा बित्तिय संस्था, सुन चाँदी पसलमा सुरक्षा),
• QRT- प्रहरी निरीक्षक कमाण्डर - १४,
• नाका सिल, कर्डन एण्ड सर्च- २८ स्थान,
• सामुदायिक प्रहरी साझेदारी अन्तर्गत पर्चा, पम्लेट र माइकिङ्ग-३५ स्थान,
• सादा पोशाक- ३८,
• चेक प्वाइन्ट-४२ स्थान (विहान- बेलुका तथा आकस्मिक),
• मन्दिरमा परिचालन-१२ वटा मन्दिर,
• खसि, कुखुरा किनवेच हुने बजार सुरक्षार्थ-५ स्थान,
• स्ट्राइकिङ्ग-५ वटा,
• एम्बुसिङ र निगरानी - २२ स्थान,
• CRV, Cross Checking - ४६ वटा,
• अनुगमन- ६ वटा,
• Safety Pin and Pick Pocketing नियन्त्रण- आवश्यकता अनुसार,
• अति विशिष्ट व्यक्तिहरुको सवारी तथा कार्यक्रममा सुरक्षा व्यवस्थापन ।
सहज वातावरणमा शान्तिपूर्वक चाडबाड मनाउने ब्यबस्था मिलाउन करिब कुल ३३४३ प्रहरी जनशक्ति खटाई वडा दशै, शुभ दीपावली तथा छठ पर्व र नेपाल सम्वत समेतलाई मध्यनजर गरी काठमाण्डौ जिल्लाको सुरक्षा ब्यवस्थालाई थप मजवुत बनाई सुरक्षित वातावरणमा सम्पन्न गर्ने जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रबक्ता तथा प्रहरी उपरीक्षक दिनेश राज मैनालीले जानकारी गराएका छन् l