लालझाडी गाउँपालिका–३ छोटी पर्सियामा रहेको सरस्वती माध्यमिक विद्यालयका प्रधानाअध्यापक घनाराम चौधरी बाढीले विद्यालयको लाइबेरीमा राखेको किताब भिजेर कामै नलाग्ने भएकोमा चिन्तित हुनुहुन्छ ।
विद्यार्थीसँगै प्रधानाध्यापक चौधरी विद्यालय परिसरमा रहेको मञ्चमा किताब बोकेर सुकाउने कार्यमा खटिनु भएको छ । शनिबार बिहान दोदानदीमा आएको बाढी विद्यालयमा पस्दा तीन सय बढी किताब भिजेर नोक्सानी गरेको छ । “बाढी आउने अनुमाननै गरेका थिएनौँ”, उहाँले भन्नुभयो, “चुरे क्षेत्रमै बढी पानी प¥यो, यहाँ कमै पानी थियो, बाढी आउने सोचेका थिएनौँ, एक्कासि आएको बाढीले सबै तहसनहस ग¥यो ।” उहाँका अनुसार रु चार लाख बढीका कक्षा १ देखि १२ सम्मका किताब, डिस्नेरी, शिक्षक स्रोत पुस्तिका, अभिलेख पुिस्तका, विद्यालयका खाता र साउण्ड सिस्टम लगायतमा क्षति पुगेको छ । हिजो, आज बिहानै विद्यार्थी झोला बोकेर विद्यालय पुगे पनि कक्षा कोठामा नदीको बाढीले थुपारेको लेदोका कारण विद्यालय सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो ।
विद्यार्थी, विद्यालयका कर्मचारीसँगै आफै कक्षा कोठा सरसफाइमा आफै जुट्नु परेको उहाँले बताउनुभयो । विद्यालय नजिकैको सडक र विद्यालय गेटमासमेत बाढीको पानीले क्षति पु¥याएको छ । विद्यालयमा मात्रै नभएर स्थानीय बासिन्दा लिखराम चौधरीको कच्ची घर बाढीकै कारण भत्किएको छ । “बूढी आमा कच्ची घरमा सुत्नु भएको थियो”, उहाँले भन्नुभयो, “बाढीको पानीले घर भत्काएपछि ९० वर्षीया बूढी आमाको हतारहतारमा कम्मरसम्म पानीमै उद्धार ग¥यौँ, घरभित्र राखेको बूढी आमाको भत्तावापत पाइएको नगद रु २५ हजार, तोरीका दुई बोरा र धानका छ बोरा बगाएर लग्यो ।” खानेपानीको पाइप राख्दा बनाइएको खाल्डो नपुरिँदा पानीले घर भत्काएको उहाँको भनाइ छ । किसानका लागि बिक्री गर्न ल्याएको युरिया मल बाढीकै पानीका कारण गलेर कामै नलाग्ने भएको आसाराम चौधरीले बताउनुभयो । “कृषि सामग्री कम्पनीबाट किसानलाई बेच्नका लागि ल्याइएको एक सय ८० बोरा युरियामध्ये एक सय २० बोरा गलेर सखाप भएको छ”, चौधरीले भन्नुभयो, “डिएपी मलका तीन बोरासमेत पानीमा गले, घरभित्र राखेको अन्न सबै भिजेर कामै नलाग्ने भएको छ, तीन लाख बढीको क्षति भएको छ ।” वडाध्यक्ष टीकाराम चौधरीका अनुसार बाढीबाट विस्थापनमा परेकामध्ये अधिकांश परिवार घर फिर्ता भइसकेका छन् ।
नन्दगाउँका १७ परिवारको घरमाभित्र अझै बाढीले छाडेर गएको हिलो घुडासम्म भएकाले फिर्ता नभएको चौधरीले बताउनुभयो । विस्थापनमा परेका परिवारलाई शङ्कर आधारभूत विद्यालयमा राखिएको छ । ती परिवारको खानाको व्यवस्था वडा कार्यालयले मिलाएको छ । “बाढीका कारण ५५ परिवारको कच्ची घरको भित्तो भत्किएको छ”, उहाँले भन्नुभयो, “वडामा बसोबास गर्ने ५०० बढी परिवारको घरभित्र बाढीको पानी पसेर नोक्सानी भएको छ ।” अधिकांश परिवारको खाद्यान्न, लताकपडासँगै पसल सञ्चालकको किरानाको सामानमा समेत क्षति भएको उहाँको भनाइ रहेको छ । आज गाउँपालिकाको बैठक बसेर बाढीबाट क्षति भएका परिवारको लगत सङ्कलन गर्ने कार्य बारे र राहत वितरण गर्नेबारे छलफल गरी निष्कर्षमा पुग्ने उहाँले बताउनुभयो । गाउँपालिका– ६ वडामध्ये वडा नं १ देखि ५ सम्मका वडा डुबानमा परेका थिए । विसं २०६४मा दोदा नदीमा पाँच दिनको अविरल वर्षा पछि ठूलो बाढी आएको थियो । जसबाट सयौंँ व्यक्ति विस्थापनमा पर्नुका साथै मानवीय र भौतिक क्षतिसमेत व्यहोर्नु परेको थियो । विसं २०६४ पछिको ठूलो बाढी गएको शनिबार आएको यस क्षेत्रका बासिन्दा बताउनुहुन्छ । बाढी आउने पूर्व सूचना पाएका कारण बाढी प्रभावित क्षेत्रका बासिन्दा सुरक्षित स्थानमा गएकाले मानवीय क्षति नभएको विश्राम चौधरीले बताउनुभयो । “घरभित्र राखेको अन्नसँगै खेतमा रोपेको धान, उखु लगायतको बालीमा निकै क्षति पुगेको छ”, उहाँले भन्नुभयो, “बाढीको पानी घरभित्र पस्दा धेरैको भित्तो भत्किएको छ, घर भत्किएका छन् ।”RSS