राजेश बिद्रोही
झापा : प्रदेश नम्बर १ झापाको बिर्तामोड नगरपालिकामा गठित हरियाली अार्गनीक तरकारी उत्पादन समूहले जेष्ठ नागरिक भवन भित्र दोस्रो साधारण सभा भब्यताका साथ सु -सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा गोविन्द गौतमको सभापतित्व रहेको थियो भने प्रमुख अतिथिमा बिर्तामोड नगरपालिका कृषि शाखा अधिकृत राजेन्द्र कडरिया हुनुहुन्थियो । अतिथिहरूमा अाठ नम्बर वडा सदस्य अग्नि सिटौला र वडा सदस्य सोया लाल राजवंसी , लगायतको उपस्थिति रहेको थियो सो कार्यक्रममा उपस्थित पाहुनाहरूलाई स्वागत मन्तब्य तारा देवि दाहाल निरौला ले दिनु भयो भने केदार अधिकारीले सञ्चालन गरेका थिएँ ।
प्रमुख अतिथि राजेन्द्र कडरियाको मनतव्य भाषणमा किसानहरूलाई सब्जी खेतिमा व्यवसायिक रूपमा अगाडि बढाउन उत्प्रेरणा दिने जागरुक किसानहरूलाई साथ सहयोग गरेर हाल सम्ममा दुई कठ्ठा देखि पाँच बिघा सम्म खेति गर्ने पाँच वर्षको कार्य कालमा काम गरेर देखाएको भन्ने कुरा दर्शाउनु भयो ।सबैको अा अाफ्नै पहिचान छ तर किसानहरूको कुनै पनि पहिचान बनाउन सकेको छैन त्यसै कारण किसानहरूले अाफ्नो पहिचान बनाउन सक्नु पर्छ । हरेक किसानले शब्जी खेति गरेर पहिचान साथै अार्थिक गुण स्थर उकास्नु पर्छ धान मकै खेति गर्दैमा अार्थिक उन्नति नहुने पुष्टि समेत गरेका छन । सभामा किसानहरूलाई खुर्सानी खेती एक कठ्ठामा खेति गर्दा लागत र अाय समेत भवनमा उपस्थित किसानहरूलाई अाकर्षण समेत गर्नु भएको थियो ।
सभामा उपस्थित किसानहरूलाई कुनै पनि सब्जी खेति गर्छु भनेर लागि परेर अाउनुस् नगर पालीकाको कृषि शाखाबाट गर्न सक्ने सेवा सुविधा दिने लगायत बजार व्यवस्थापनकोलागि पुराना सेयर धनिहरूलाई यदि शब्जी खेति नै नगर्ने भए सेयर फिर्ता गरि दिने र नयाँ कृषकहरूलाई सेयर सदस्य समेत दर्ता गराउने लगायतका कुराहरू स्पष्ट पार्नु भयो ।
कार्यक्रमा समूहका कोषाध्यक्ष्य लक्ष्मी न्योपानेले अार्थिक विवरण पेश गर्नु भयो भने युवा कृषक वक्ता घनेन्द्र पाण्डेले अाफ्ना नगर देखि समूहलाई सिधै बीउ विजन दिए राम्रो नगरले कुनै पनि किसानलाई अावश्यक भन्दा बढि जोडउ दिएको बाध्यात्मक तरिकाले लाद्न खोजिएको र समुहलाई दिदाँ धेरै किसानले थोरै जमिनमा उत्पादन गर्दा उस्तै हुन्छ भन्ने दावी गरेका हुन । पाण्डेले तरकारी तथा फल फुलहरूमा पनि हामी अात्म निर्भर भई अाय अार्जन गर्न सक्ने सम्भावनाहरू दर्शाउनु भएको छ। वडा सदस्य अग्नि सिटौलाले वडाबाट दिन सक्ने सेवा सुविधा सहज रूपमा कृषकहरूलाई दिलाउने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।
अन्त्यमा संस्थाका अध्यक्ष्य तथा कार्यक्रम सभापति गोविन्द गौतमले मनतब्य राख्दै यहि सभाहलमा नगर कृषि शाखा प्रमुखले विगतमा यहि नै वडा स्तरिय समूह हो यहि मार्फत हामीहरू समूहलाई बीउ विजन दिने काम गर्ने कृषक छानेर अगाडि बढाउनु भनी राख्दा अहिले अाएर नगरबाट नै सिधै किसानहरूलाई बीउ विजन र विषादी बितरण गर्दै गर्दा समूह सायद धारासायी बनाउन त खोजेको होईन लगायत का अाफ्ना भनाई राख्दै कार्यक्रम बिसर्जन गर्नु भयो ।
कार्यक्रममा बन्द सत्र पश्चात् नव कार्य समिति समूह सदस्यको सहमतिमा गरिएको छ । जस्को नामावली तल छ ।
सल्लाहकार समिति
घनेन्द्र पाण्डे
संकर काफ्ले
मधु गौतम
डिल्लि राम अधिकारी
कार्यसमितिहरू
अध्यक्ष्य गोविन्द गौतम
उपाध्यक्ष तारा देवि निरौला
सचिव केदार अधिकारी
सह सचिव तुलसा न्योपाने
कोषाध्यक्ष लक्षमी न्यौपाने
सदस्यहरू
चन्द्र मणि कट्टेल
नव राज खतिवडा
प्रमिला निरौला खनाल
बाहादुर राजवंसी
लोक नाथ मिश्र
कमला न्यौपाने