काठमाडौं , म्हेन्दोमाया कलाकार संघ नेपाल गाउँपालिका कार्यसमिती रुबि भ्यालीको आयोजनामा वडा दशैको पावन अवसरमा शुभकामना अदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम शनिबार नागार्जुन पार्टी प्यालेस,माछा पोखरीमा सम्पन्न भएको हो।
“म्हेन्दोमाया कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धन” भन्ने मुल नाराका साथ म्हेन्दोमाया कलाकार संघ नेपाल गाउँपालिका कार्यसमिती रुबि भ्यालीका अध्यक्ष जयबिर तामाङको सभापतित्व तथा रुबिभ्याली गाउँपालिका प्रमुख रामसिङ तामाङको प्रमुख आतिथ्यमा भएको हो। त्यसैगरी विशेष अतिथिहरुमा गाउँपालिका उपाध्यक्ष फे लामा तामाङ, म्हेन्दोमाया कलाकार संघ नेपालका केन्द्रिय अध्यक्ष राम गोम्जा तामाङ, आचार्य कर्म दोर्जे, लोपोन पालसाङ तामाङ, राजनितिक प्रमुख ज्युहरु, निवर्तमान अध्यक्ष आरम्भ तामाङ, म्हेन्दोमाया कलाकार संघ धादिङका अध्यक्ष विकल लामा, म्हेन्दोमाया गायीका तथा समाजसेवी छिमी मम्बा तामाङ, रुबिभ्याली गाउँपालिका १ वडा अध्यक्ष पम्पर तामाङ ३ नम्बर वडा अध्यक्ष फेदोर्जे तामाङ ६ नम्बर वडा अध्यक्ष समीर गुरुङ अइता घले,बसु माया तामाङ जनप्रतिनिधिहरु लगाएत स्थानिय दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत मन्तब्यद्वारा संघका अजय तामाङले स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण बिनिता तामाङले गरेका थिईन।कार्यक्रममा उपस्थित ब्यक्तिहरुले मन्तब्य राख्दै म्हेन्दोमाया कलाकार संघ नेपाल गाउँपालिका कार्यसमिती रुबि भ्यालीले मौलिक सांस्कृतिकलाई उत्थान संरक्षण सम्बर्द्धनलाई प्रमुखतामा राख्दै कार्यक्रम को आयोजना गरेको बताए।उक्त कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउनुहुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै आगामी दिनहरुमा पनि निरन्तर सहयोगको अपेक्षा गरेका थिए।कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायक हिमाल घले,बिनु तामाङ, छिमी मम्बा तामाङ, महिला व्यावसायिक बसु माया तामाङ ,गणेश शाक्य(कुमार),कुल बहादुर गुरुङ,तेज मान तामाङ(मिलन) लगायतलाई सम्मान गरिएको थियो।
प्रमुख अतिथि विशेष अतिथि,अतिथिहरुलाइ मायाको चिनो प्रदान गरिएको थियो । कलाकार संयोजक बिमल तामाङ, तार्ग्यल तामाङ(श्याम) लगायत सम्पुर्ण कार्यक्रमका नृत्यकार ज्योति रानी घले,कारेना तामाङको निर्देशन रहेको थियोे ।
कार्यक्रममा चर्चित कलाकारहरु देखि स्थानिय कलाकारहरुका प्रस्तुतिले उपस्थित सम्पुर्णमा छुट्टै रौनक थपिएको थियो।
म्हेन्दोमाया क्षेत्रका वरिष्ठ ब्यक्तिहरुको बाक्लो उपस्थिति तथा मिठो प्रस्तुति रहेको थियोे ।
रुबिभ्याली गाउँपालिका उपप्रमुख फे लामाले हाम्रो जातीय पहिचान र भेष भुषा र संकृतिको जागरण गर्नेमा जोड दिदै हाम्रो लोप भैईरहेको मौलिक संस्कृतिलाई संरक्षण गर्दै रुवीभ्याली गाउँपालिकालाई नमुना रुवीभ्यालीको रुपमा निर्माण गर्ने बताउदै आगामी बर्षहरुमा पनि कार्यक्रमलाई निरन्तरताको आग्रह गर्दै गाउँपालिकद्वारा सहयोग दिने प्रतिबद्धता जनाएका थिए ।
रुबिभ्याली गाउँपालिका प्रमुख रामसिङ तामाङ आफ्नो जातिय पहिचान सहित पालिका स्तरीय कार्यक्रम आगामी दिनहरुमा झन बिशेष गरि मनाईने छ रुबिभ्याली गाउँपालिका भित्रमा धार्मिक पर्यटकीय स्थलको संरक्षण,सम्वर्धन प्रवद्धर्न गर्ने पर्यटन बिकासका लगि वृतचित्र निर्माण गर्ने रुबि भ्यालीलाई देश बिदेशमा प्रचार प्रसार गर्ने उनले थपे। अन्त्यमा कार्यक्रमका सभापति जयबिर तामाङले कार्यक्रम सभ्य तथा भब्य रुपमा सम्पन्न भएको र सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।