काबुल, २ असोजl अफगानिस्तानको पञ्जशीर प्रान्तमा हत्याका घटनामा निरन्तर वृद्धि भइरहेका बेला पूर्व राष्ट्रपति हमिद कारजाईले यस क्षेत्रमा नेशनल रेसिस्टेन्ट फोर्सेज (एनआरएफ) र इस्लामिक इमिरेट्स अफ अफगानिस्तानबीच भएको झडपका लागि तालिबानको आलोचना गर्नुभएको छ ।
पूर्व राष्ट्रपति हामिद कारजाईले हालै एक वक्तव्य प्रकाशित गर्दै तालिबान र राष्ट्रिय प्रतिरोध बल (एनआरएफ) बीचको झडपबारे आफ्नो lमौनता तोड्नुभएको हो । “विगतको तीतो अनुभवले स्पष्ट रूपमा सङ्केत गरेको छ कि रक्तपात र युद्ध कहिल्यै समाधान होइन, तर यसले थप भयावह र विनाश ल्याउँछ, खामा प्रेसले पूर्व राष्ट्रपति हामिद कारजाईको आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक विज्ञप्तिलाई उद्धृत गरी लेखेको छ ।
सेप्टेम्बर १५ मा भियनामा अफगानिस्तानका राजनीतिज्ञहरूबीच तीन दिने छलफल सुरु भएपछि कारजाईको यो भनाइ आएको हो । नेसनल रेजिस्टेन्स फ्रन्टका नेता अहमद मसूदले अफगानिस्तानको मुद्दा राजनीतिक निर्णयबाट मात्र समाधान गर्न सकिने बताउनुभएको छ ।
भियना बैठकमा नेसनल रेजिस्टेन्स फ्रन्ट (एनआरएफ) का नेता अहमद मसूद, पूर्व विदेशमन्त्री डा रङ्गिन डाडफर स्पान्टा, महिला अधिकारकर्मी तथा शान्ति वार्ताका लागि अफगान प्रतिनिधिमण्डलका पूर्व सदस्य फाउजिया कोफी र नर्वेका लागि पूर्व अफगानी राजदूत शुक्रिया बारेकजाईलगायत सहभागी हुनुहुन्छ ।
खामा प्रेसका अनुसार अफगानीहरूको दुर्दशा, आर्थिक प्रणालीको पतन, बालिकाहरूको शिक्षाबाट बञ्चित हुनु, सञ्चारमाध्यमका गतिविधिहरूमा प्रतिबन्ध, र तालिबान शासनअन्तर्गत आतङ्कवादी समूहहरूको गतिविधिमा वृद्धि संयुक्त राष्ट्रसङ्घको कार्यालयमा छलफलको मुख्य विषयहरू बनाइएका थिए ।
अन्तर्राष्ट्रिय आङ्कलनअनुसार अफगानिस्तानमा अहिले सबैभन्दा धेरै आपत्कालीन खाद्य असुरक्षामा रहेका छ । यहाँ दुई करोड ३० लाखभन्दा बढीलाई सहायताको खाँचो छ र करिब ९५ प्रतिशत जनसङ्ख्यामा खाद्यान्नको अपर्याप्तता छ ।
अफगानिस्तान पुनर्निर्माणका लागि संयुक्त राज्य अमेरिकाका विशेष महानिरीक्षकको एक प्रतिवेदनअनुसार अफगानिस्तानमा दुई करोड ४४ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो छ ।
प्रतिवेदनमा तालिबानले आफ्नो देशमाथि कब्जा जमाएको र अन्तर्राष्ट्रिय सहायतामा आएको कटौतीका कारण मानवीय सङ्कट बढ्दै गएको छ । अहिले करिब ७० प्रतिशत अफगानीले दैनिक रूपमा आफ्ना आधारभूत आवश्यकता पूरा गर्न असमर्थ रहेको उल्लेख गरिएको छ ।रासस÷सिन्ह्वा