मुग्लानी खवर
झापा, असोज १। संघीय लिम्बुवान प्रान्तीय मञ्च कमल गाउँपालिका वडा नं ४ को कार्यसमितीलाई पुनर्गठन गठन गरि अध्यक्षमा सुमन केरुङ रहेका छन।
निस्कृय अवस्थामा पुगेको समितीलाई सशक्त ढङ्मबाट परिचालन गरि अघि बढाउन कमल गाउँपालिका अध्यक्ष मावोहाङ अमरको सभापतित्वमा वडा-४को मुजुरभिट्टा स्कुलमा पुनर्गठन भएको छ। पार्टिका संघीय सदस्य सुर्य प्रसाद याक्पाङ्देनले को प्रमुख आतिथ्यतामा ब्यानर अनावरण गरि उद्घाटन गरिएको थियो। सामुहिक राष्ट्रिय-गान र ज्ञात अज्ञात सहिदहरुप्रती मौन-धाराण गर्दै शुरु गरिएको कार्यक्रम लाई पार्टीका गाउँपालिका सदस्य एवं वडा नं १ का जनप्रतिनिधि भोला दुलालले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति मावोहाङ अमरले कार्यसमिति पुनर्गठनको औचित्य बारे स्पष्ट पार्दै गएको अधिवेशनबाट चुनिएका वडा नं ४ को कार्य समितिका पदाधिकारीहरु पार्टिलाई माया गरेता पनि निजि व्यावसायिक ब्यस्तताको कारण पार्टीमा प्रयाप्त समय दिन नसकेको हुँदा वडा नं ४ को कार्यसमिति चलायमान नभएकोले पुनर्गठन गर्नुपरेको बताएका थिए।उनले अब बन्ने नयाँ समितिमा पार्टीलाई तन मन र वचनले योगदान पुर्याउन सक्ने जुझारु ब्यक्तित्वहरु आउने हुँदा फेरीपनी वडा नं ४ सकृय रुपमा अगाडी बढ्ने बिस्वास गरेका थिए।
त्यस्तै प्रमुख अतिथी सुर्य प्रसाद याक्पाङ्देनले वडा नं ४ को कार्यसमिती पुनर्गठन संगै आउदै गरेको मङ्सिरमा हुने चुनावमा आफ्नो पार्टीले प्रतिनिधि सभा र प्रदेश सभामा भाग लिएकोले अब त्यसप्रती केन्द्रित हुनुपर्ने भन्दै कार्यक्रम संचालक वडा नम्बर १ का जनप्रतिनिधि भोला दुलालले निर्बाचित भएपछि जनता माझ गर्दै आएको जनसेवाप्रती उच्च प्रसंसा गरेका थिए। त्यस्तैगरी बिशेष अथिती संघीय सदस्य वडा नं ४ निवासी लिला राई प्रान्तिय सचिवालय सदस्य मनकुमार थलङ, बिरेन्द्र कु.याक्थुम्बा र प्रान्तीय सदस्यहरुले कार्यक्रममा पार्टिका बारेमा आ-आफ्ना बिचार सहित शुभकामना राखेका थिए ।
त्यस्तै गरि अतिथिहरुमा दमक नगरपालिका सचिव पदम बेगा, क्षेत्रीय सदस्य हर्क साउदेन, कमल गापा पुर्बअध्यक्ष गगन लावती, सद्स्य भिम लावती, प्रान्तीय सदस्य बिरेन्द्र कुमार याक्थुम्बा र सामाजिक ब्यक्तित्व उपस्थित रहेका थिए।
संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च कमल गाउँ वडा नं ४ पुनर्गठनबाट सुमन केरुङको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी गठन भएको छ ।जसनुसार बरिष्ठ उपाध्यक्ष: दिलिप घतानी,उपाध्यक्ष: लप टुडु,उपाध्यक्ष:बुद्धि आङथुपो,सचिव:रमिला राई, कोषाध्यक्ष:सपना लावती,सदस्यद्वय क्रमश:रमेस कुमार फियाक,सोम नेम्वाङ, ईन्द्र माया फियाक,सीता राई,टेकेन्द्र फियाक रहेका थिए।
त्यसैगरी संस्थालाई चुस्त दुरुस्त रुपमा अगाडी बढाउन सल्लाहाकार समितिमा: गगन लावती, भिम लावती र विवि खेवा रहेका छन। कमल गाउँपालिका सचिव नेत्र केरुङद्वारा सञ्चालित कार्यक्रममा नवनिर्वाचित सदस्यहरुको साथ र सहयोग लिदै पार्टीको बिधान र बिधि अनुरुप अघि बढ्ने भन्दै नवनिर्वाचित अध्यक्ष सुमन केरुङले प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रमको समापन भएको घोषणा गरेका थिए।