दोहा, अगस्ट १६ । नेपाली जनसम्पर्क समिती कतारको आयोजनामा नेपाली साहित्यका मुर्धन्य श्रस्टा जननायक महामानव वीपि कोईरालाको १०९ औँ वीपी जयन्ती भब्यताका साथ सम्पन्न भएको छ।
नेपाली राजनितीका शिर्ष पुरुष,राष्ट्रियता,प्रजातन्त्र र समाजवादका प्रतिपादक वीपी कोइरालाको १०९ औँ वीपी जयन्ती कतारमा रहेर नेपाली भाषा साहित्यमा कलम चलाईरहेका दर्जनौं साहित्यकारहरुका दमदार रचना वाचन तथा विभिन्न संघ संस्थाका बिशिस्ट ब्यक्तित्वहरुको उपस्थितिमा शुभकामना आदानप्रदान गरि शिखर पुरुष वीपी कोईरालाको स्मरण गरिएको थियो।
नेपाली जनसम्पर्क समिति कतारका सभापति मोहम्मद अजिज अलीको सभापतित्व र संस्थाका संस्थापक सभापति तथा महासमिती सदस्य नरेन्द्र भाटको प्रमुख आतिथ्यमा दोहा स्थित सालिमार रेस्टुरेन्टको सभाहलमा भएको कार्यक्रममा विशिष्ट अतिथि संस्थापक प्रमुख सल्लाहकार एवं पूर्व महासमिति सदस्य बद्री पाण्डे, संस्थापक महामन्त्री एवं महासमिति सदस्य बिमल सूबेदी, महाधिवेशन प्रतिनिधिहरू क्रान्ति सिंह, शंकर न्यौपाने , प्रबिन गुरुङ र राज रेग्मी, पूर्ब महाधिवेशन प्रतिनिधिहरू संस्थापक एवं सल्लाहकारहरू पूर्व पदाधिकारीहरु,विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु, कलाकार,साहित्यकार,बैचारिक, जातिय संघ संगठनका प्रतिनिधिहरु,जनसम्पर्क समितिमा आस्थावान दाजुभाई तथा दिदिबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
दिप प्रज्वलन,ब्यानर अनावरण तथा स्वर्गीय वीपी कोईरालाको फोटोमा माल्यार्पण गरि शुरु गरिएको कार्यक्रममा संस्थाका उप सभापति तथा कार्यक्रम संयोजक ठाकुर कुमार परियारले स्वागत मन्तव्य मार्फत तथा कलाकार सन्ध्या अर्याल द्वारा स्वागत नृत्य प्रस्तुत गरि सम्पुर्णलाई स्वागत गरिएको थियो।
अनेसास नवोदित साहित्य वाचनलाय कतारको समन्वयमा गरिएको साहित्यिक रचना वाचन अन्तर्गत अनेसास कतार, नबोदित साहित्यिक वाचनालय तथा सन्ध्या ग्रुप( मुग्लानी सौगात) अलखोरका साहित्यकारहरुले आफना सिर्जना वाचन गरेका थिए l
रचना वाचन गर्ने साहित्यकारहरुमा बिन्दा लामा, सानु थपलिया, तेजीलाल मण्डल, देवेन्द्र खतिवडा, खेमराज सुवेदी, शाकिर अली, नारायण भन्डारी, प्रकाश पाठक योगी, विमल सुबेदी, दीप मीलन, तिलु शर्मा पौडेल, मणी पौडेल, दिलिप पराजुली, शेखर बस्नेत, गणेश क्षेत्री, अर्जुन पौडेल, माया केसी, निरन नेपाल, सिताराम थापा, तिर्थ संगम राई लगायतका साहित्यकारहरुका दमदार साहित्यक रचना वाचन गरिएको थियो भने उक्त साहित्यिक रचना वाचनको सहजीकरण साहित्यकार सोम थापाले गरेका थिए।
समितिले गैर आवासीय नेपाली संघ एनसीसी र आइसीसीका बिभिन्न पदमा निर्वाचित कार्यसमिति सदस्य तथा पदाधिकारीहरुलाई सम्मान गरेको थियो l स्वागत नृत्य पेश गर्ने सन्ध्या अर्याल, सांगीतिक प्रस्तुति दिने क्रिजल पन्थी र जिया हमाललाइ पनि स्ममान गरेको थियो l रचना वाचन गर्ने सबै साहित्यकार सहित अनेसास र नवोदितलाई पनि कदर पत्रद्वारा सम्मान गरिएको थियो।
कार्यक्रममा शुभकामना राख्ने व्याक्तित्वहरुले महामानव वीपी कोइरालाको त्याग र समर्पणबाट स्थापित प्रजातान्त्रिक समाजवाद नेपाल र नेपालीको लागि आज पनि उत्तीकै सान्दर्भिकता रहेको स्मरण गरेका थिए । स्वर्गीय कोईराला बहुआयमिक व्यक्तित्व रहेको स्मरण गर्दै वीपी जयन्तीको शुभकामना प्रकट गरेका थिए ।
स्वर्गीय वीपी कोईरालाको योगदानको बारेमा बिस्तृत जानकारी गराउदै स्वर्गीय कोइरालाले देखाएको बाटोमा लागे मात्र देशले उन्नती पाउने बताएका थिए।जुन सुकै पार्टी सिद्धान्त भए पनि राणा शासन,प्रजातन्त्र र गणतन्त्रको संस्थागत हुनु उनकै परिकल्पनाको उपलब्धि रहेको बताउदै तीन करोड नेपालीले स्मरण गर्नुपर्ने बताएका थिए।
कार्यक्रमको अन्त्यमा सभापति अलीले १०९ औँ वीपी जयन्ती भब्यरुपमा सफल भएको बताउदै कार्यक्रमलाई सफल बनाउन विभिन्न र तप्काबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सफल बनाउन योगदान पुर्याउनुहुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै आगामी दिनमा पनि निरन्तरता अपेक्षा राख्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए भने कार्यक्रमको सहजीकरण संस्थाका महामन्त्री केदार भुसालले गरेका थिए।