दोहा : समाज सेवा अभियान रुपन्देही कतारको आयोजना मा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
"रक्तदान नै जीवन दान हो"
"रक्तदान गरौं ,परोपकारी कार्यमा सहभागि होऔं "भन्ने नाराका १६ सेप्टेम्बर २०२२ शुक्रवारको दिन कतारको सरकारी अस्पताल " हमाद मेडिकल सिटिको ब्लड डोनर सेन्टरसँगको समन्वयमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा संस्थाका संरक्षक, प्रमुख सल्लाहकार, कतारमा स्थापित प्रदेश संस्थाहरु, वैचारिक संस्थाहरु, जिल्ला सस्थाहरु, विभिन्न जातीय संस्थाहरु, पत्रकारहरू, बुद्धिजीवी, समाजसेवी, व्यवसायीहरु लगायत विभिन्न नेपाली दाजुभाइ हरुको उल्लेखनीय उपस्थित रहेको थियो । बिहान ८ बजे देखि १ बजे सम्म संचालन रहेको रक्तदान" कार्यक्रममा १३३ जना भन्दा धेरैको उपस्थिति रहेको थियो । ६३ जनाले स्वास्थ चेकअप र ४९ जना भन्दा धेरैले रक्तदान गरेका कार्यक्रम सह-संयोजक सुचित्रा शर्माले मुग्लानी खवरलाई जानकारी गराइन ।
रक्तदान जस्तो पुण्यको कार्यमा सरिक दाताहरूलाई समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक बिष्णु बहादुर खड्काले प्रशंसा पत्र सहित धन्यवाद व्यक्त गरेका थिए ।
स्थापना कालदेखिनै विभिन्न सामाजिक तथा रचनात्मक कार्यहरु गर्दै आएको समाजले विभिन्न संस्था सङ्ग मिलेर रक्तदान कार्यक्रममा भाग लिए पनि आफ्नो आयोजनामा पहिलो चोटी कार्यक्रम गरेको संस्थाका महासचिव शंकर न्याैैपानेले जानकारी गराए ।