खिम सुनार -दोहा, कम्प्युटर चुनाव चिन्ह लिएर पहिलो पटक २०७९को स्थानिय निकायको निर्वाचनबाट सार्वजनिक रुपमा जनता सामु पुगेको “मौलिक जरोकिलो” पार्टीले सभ्य र भब्यताको साथ यहि भाद्र २२ देखि २४ गते सम्म केन्द्रिय दोस्रो अधिवेशन सु-सम्पन्न गरेको छl
प्रस्थसभाको दोस्रो महाधिवेशनले अध्यक्षमा सुशील गौतम, उपाध्यक्षमा बलराम प्रजापति, सृजना बर्तौला र राजीव बछारलाई सर्बसम्मत निर्वाचित गरेको छ। आगामी कार्यकालको लागि महाधिवेशन बाट ३१ जनाको टिम सदस्यीय केन्द्रिय समितिले बनाएको छ। आगामी निर्वाचनमा भावि प्रधानमन्त्रीको लागि बलराम प्रजापतिलाई अघि सार्ने नवनिर्वाचित अध्यक्ष सुशील गौतमको प्रस्तावलाई पनि अधिबेशनले अनुमोदन गरेको छ।
त्यसो त मौलिक जरोकिलो पार्टी नयाँ भने होईन, करिब दुई दशकसम्म सैद्धान्तिक, वैचारिक, नीतिगत चिन्तन पश्चात् वि.सं. २०७२ मा दशैँको घटस्थापनाको दिनमा विधिपूर्वक सङ्कल्प लिई वि.सं. २०७२ मै वसन्तपञ्चमी (श्रीपञ्चमी) को दिनमा “जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति” को स्थापनाको घोषणा गरिएको हो, २०७६ श्रावणमा मौलिक जरोकिलो पार्टीको नामले निर्वाचन आयोगमा दर्ता गरि बैधानिकता पाएको हो। कतारमा स्थापना काल देखि नै सहृदयता अन्तराष्ट्रिय कतार नाम बाट महाअभियान सुरु गरेको थियो भने कतारमा कार्यरत दाजुभाई तथा दिदिबहिनीहरु धेरै जनाले संस्थापक र आजिवन सदस्यता लिईसकेका छन। जसको वर्तमान संयोजकको भुमिकामा सप्तरी राजविराज निवासी दिलिप शर्मा जीले नेतृत्व गरिरहनु भएको छ।
रूपचन विष्टले भनेका छन, “जिवित मान्छे भनेको इतिहासको कठघरामा उभिएको त्यो अभियुक्त हो जसको फैसला आर्यघाटले मात्रै गर्दछ”, तपाईको पद गरिमामय पक्कै होईन, जुनसुकै पद भनेको काडाँघारीको पदमार्ग हो जहाँ खाली पैदल यात्रा गर्नु पर्छ, अनि हरेक पाईलामा काडाँ बिछ्याउदै गर्नेहरुको भिड छिचोल्दै अगाडी बढेर गरिमामय र स्वर्ण कार्यकाल तयार गर्नु पर्छ। पार्टीको दोस्रो महाधिबेशन बाट कतार संयोजक दिलिप शर्मा केन्द्रिय समितिमा मनोनित भए पश्चात उहाँले आगामी दिनमा पार्टी ,रास्ट्र जनताको लागि कोशेढुंगाको रुपमा आफुलाई स्थापित गराउनुहुनेछ भन्नेमा सबै बिश्वस्त रहेका छन् ।