दोहा : समाज सेवा अभियान रुपन्देही कतारले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
"रक्तदान नै जीवन दान हो"
"रक्तदान गरौं ,परोपकारी कार्यमा सहभागि होऔं "भन्ने नाराका साथ खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
आउँदो १६ सेप्टेम्बर २०२२ शुक्रवारको दिन कतारको सरकारी अस्पताल "अलसाद स्थित हमादको ब्लड डोनर सेन्टरसँगको समन्वयमा उक्त कार्यक्रम हुन लागेको संस्थाका अध्यक्ष तथा कार्यक्रम संयोजक बिष्णु बहादुर खड्काले मुग्लानी खवरलाई बताए ।
कार्यक्रममा कतारमा स्थापित प्रदेश संस्थाहरु, वैचारिक सस्थाहरु, जिल्ला सस्थाहरु, विभिन्न जातीय संस्थाहरु, पत्रकारहरू, बुद्धिजीवी, समाजसेवी, व्यवसायीहरु लगायत सम्पूर्ण नेपालीलाई उपस्थित भएर रक्तदान गरिदिन कार्यक्रम सह संयोजक सुचित्रा शर्माले अनुरोध गरेकी छ्न ।
बिहान ८ बजे देखि १ बजे सम्म मात्रै रक्तदान" कार्यक्रम रहेको हुँदा उक्त समयमै उपस्थिति जनाउन समेत आयोजक संस्था समाज सेवा अभियान रुपन्देहीका महासचिव शंकर न्यौपानेले जानकारी गराएका छ्न ।
नोटः रक्तदानको लागि आवश्यक डकुमेन्ट तथा ध्यान दिनु पर्ने कुराहरु निम्नानुसार छन् ।
Ø रक्तदाताले कतारी परिचय पत्र वा ड्राइभिङ लाइसेन्स वा हेल्थ कार्ड अनिवार्य लिएर आउनु पर्नेछ
Ø रक्तदाता कतार प्रबेश गरेको ६ महिना पुरा भएको हुनुपर्नेछ
Ø अघिल्लो पटक रक्तदान गरेको २ महिना पुरा भएको हुनुपर्नेछ
Ø एन्टीबायोटिक तथा अन्य औषधी सेवन नगरेको, २४ घण्टा भित्र मदिरापान नगरेको हुनु पर्नेछ
Ø अनिन्द्रा तथा खाली पेटमा रक्तदान गर्न नहुने
Ø रक्तचाप तथा अन्य मापदण्ड रक्त संकलन टोलीले निर्धारण गरे बमोजिम हुने
Ø रक्तदाताको उमेर १८ -६५ बर्षको बीचमा हुनु पर्नेछ , रक्तदाताको तौल कम्तिमा ५० किलो हुनु पर्नेछ I
सहभागिता तथा थप जानकारीको लागि सम्पर्क
बिष्णु बहादुर खडका - ३३९९७७६१
शंकर प्रसाद न्यौपाने - ७०५६७७८८