झापा, किरात याक्थुङ चुम्लुङ कमल गाउँपालिकाको दोस्रो अधिवेशन अध्यक्षमा दिवस लिम्बू सर्बसम्मतिले चयन भएका छन।
सुदुरपुर्बी नेपालको लिम्बुवान क्षेत्रमा आफ्नो भाषा लिपी र संस्कार-संस्कृतिको संरक्षण र उत्थानका लागि स्थापित संस्था किराँत याक्थुङ चुम्लुङ कमल गाउँपालिका को दोश्रो अधिवेशन गत भदौ १८ गते केरखा बजार स्थित श्री सहिद माबी बिधालयको सभाहलमा सम्पन्न भएको छ।
पुण्य प्रसाद सम्बहाम्फेको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो । सोही दिन कार्यक्रमको कार्यतालिका अनुरुप समयावधिको पाबन्दिले कार्यक्रमको बन्दसत्र स्थगित भएको थियो। उक्त बन्दसत्र कार्यक्रम कियाचु झापा जिल्ला अध्यक्ष शेसेहाङ फ्याक लिम्बुको संयोजकत्वमा भदौ २५ गते शनिवार सुचारु गरिएको थियो।अध्यक्ष लिम्बुको संयोजकत्वमा भएको उक्त भेलाले अध्यक्षमा दिवस सम्बाहाम्फे लिम्बू लगायत १३ सदस्यीय कार्यसमिति चयन गरिएको छ।
नव निर्वाचित कार्यसमितिहरुमा अध्यक्षमा दिवश सम्बाहाम्फे लिम्बु, उपाध्यक्ष -मावोहाङ अमर लिम्बु ,सचिव- शुक्र लावती, सहसचिव -वबिन आङ्दम्बे लिम्बु, कोषाध्यक्ष शान्ता लावती रहेका छन। त्यसैगरी सदस्यहरुमा क्रमश: सुरेन्द्र आङ्दाम्वे लिम्बू, अनुशा लावुङ, रामकुमार लिम्बू , शुमन ससोदेम्वा, छत्र साउदेन लिम्बू, भिम लावती, खगेन्द्र आङ्देम्वे लगायत निर्बाचित भएका छन ।