नेपाली रक्तदाता संघ कतारको दोश्रो अधिबेशन सम्पन्न भएको छ ।
रगतको अभावमा कुनैपनि नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले अल्पायुमै ज्यान गुमाउनु नपरोस भन्ने भावनात्मक पवित्र हेतुले सन् २०२० मा स्थापित संस्था नेपाली रक्तदाता संघ कतारको यहि ०९ सेप्टेम्बरको दिन दोश्रोअधिबेशन भब्यरुपमा सम्पन्न भएको छ ।
अधिबेशनबाट रामजी खत्रीको नेतृत्वमा १५ सदस्यीय समिती चयन भएको छ । संस्थाका अध्यक्ष तेज कटुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा अन्तरास्ट्रिय रक्तदाता संघका अध्यक्ष अजय सत्यालको प्रमुख आतिथ्यता रहेको थियो ।
नबनिर्वाचित समितीमा अध्यक्ष: रामजी खत्री, उपाध्यक्ष गणेश प्रसाद ढकाल,विश्वराज नेपाल,सचिव- बिजय कुमार मगर, कोषाध्यक्ष भिम बहादुर बिश्वकर्मा,सहसचिव निरन नेपाल, सह-कोषाध्यक्ष बिबेक पुलामी मगर रहेका छन भने सदस्यहरुमा प्रकाश परियार, खेमराज सुबेदी, देव लम्साल, पुस्कर साउद, निराजन गौतम , बाबुराम थापा मगर, सावित्रा शर्मा रहेका छन |
रास्ट्र गान, स्वागत मन्तव्य, दीप प्रज्वलन संगै शुरु गरिएको कार्यक्रममा एनआरएन आईसीसी, एनसीसी, विभिन्न बैचारिक सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, प्रदेश समन्वय समितिका प्रतिनिधिहरु, जिल्ला सस्थाका प्रतिनिधिहरु तथा विभिन्न सामाजिक अभियान्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा निरन नेपालले सस्थाको कार्य प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष गणेश ढकालले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अथिती सत्याल र सस्थाका सल्लाहकार हंसराज ढकाललाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेका थिए । सस्थालाई सहयोग गर्ने विभिन्न सस्था तथा ब्यक्तिलाई सम्मान पत्रले सम्मान गरेको थियो । कार्यक्रममा विभिन्न सस्थाका प्रतिनिधि तथा सामाजिक अभियान्ताले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा लोक दोहोरी प्रतिस्ठानका कलाकारहरूले हललाई संगीतमय बनाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी सत्यालले बोल्दै २०१४ मा स्थापना गरेको यो सस्थाले अहिले सम्म बिश्वका विभिन्न १४ देशहरुमा आफ्नो शाखा खोली सकेको जानकारी गराए । यो संघको मुख्य उदेश्य भनेको कुनै पनि ब्याक्तीले ब्लड नपाएर अकालमा ज्यान जान नपरोस भन्ने हो । सस्थाले आफ्नो कार्यक्रम गर्नको लागि आर्थिक रुपमा सहयोग गर्नको लागि आफ्नै अक्षयकोष खोल्ने र त्यसबाट आएको रकमले कार्यक्रममा सहयोग गर्नेमा जोड दिए । नेपालमा अहिलेसम्म ब्यबस्तित रुपमा ब्लड डोनेशन सेन्टर नभएकोमा दु:ख लागेको बताउदै, हाल अमेरिकामा बसोबास गर्दै आएका प्रमुख अतिथि एवं समाजसेवी अजय सत्यालले ६८ बर्षको उमेरमा १९८ औँ पटक रक्तदान गरि सकेका छ्न ।
गणेश ढकालले स्वागत मन्तब्य, निरन नेपालले सहजीकरण गरेको कार्यक्रममा बोल्दै सभापति कटुवालले नेपाली रक्तदाताहरुको साझा संस्था नेपाली रक्तदाता संघ कतारले कतारभर छरिएर रहेका नेपाली रक्तदाताहरुलाई संगठित गर्दै रक्तदान जस्तो पबित्र एवं मानवीय कार्यमा सबैलाई उत्प्रेरित गर्दै आएको कुरा अवगत नै भएको र बिगतमा नेपाली संघ-संस्था तथा रक्तदाताहरुले पुर्याएको मानवीय योगदान अतुलनिय रहेको स्मरण गर्दै सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए ।
नेपाली रक्तदाता संघ कतार सम्पुर्ण कतार बासी नेपालीको साझा सस्था भएकाले सबैसंग हातेमालो गरेर अगाडी बढिरहेको जानकारी दिदै कार्यक्रम समापन गरेका थिए ।