अबुधाबी,८ सेप्टेम्बर - वैदेशिक रोजगारीको शिलसिलामा दुबईमा कार्यरत खोटाङका मेखराज ढकालको हत्या भएको छ।
बिगत चार वर्षदेखी अबुधाबी अल -दाफ्रा स्थित ए. एम. बि हेरटेल एल. एल. सी नामक कम्पनीमा कार्यरत रहेका खोटाङको दम्कु ३, बुईपाका स्थायी निवासी मृतक ढकाललाई उनकै सहकर्मी साथि बाल्कोट ६, निसी बागलुङका दिल बहादुर बुढाले उनी बस्दै आएको क्याम्पमै छातिमा छुरी हानेर हत्या गरिएको स्रोतले बताईएको छ।
गत २ सेप्टेम्बरका दिन माथिल्लो छातिको दाहिने अगाडी पट्टिको भागमा चक्कुको गहिरो चोटले उनको लिभर, मांसपेशी लगायतका भाग काटिएको र उक्त चोटका कारण अत्यधिक रक्तस्राव पश्चात् उनको मृत्यु भएको अबुधाबी स्थित नेपाली राजदुताबास द्वारा जारि रिपोर्टमा जनाईएको छ।
खोटाङका स्थानिय पिता दिव्यराज ढकालका ५ छोरा र १ छोरी मध्येका कान्छा छोरा मृतक ढकाल छुट्टी मनाएर फर्केको करिब ६ महिना मात्र भएको थियो।उनको घरमा बुढाबुढी आमा बुवा, दाजु भाउजू दिदी रहेका छन भने उनी अबिबाहित रहेका थिए।उनको शब पठाउन सम्पूर्ण प्रक्रिया पुरा गरि दुबईको स्थानीय समयानुसार भोलि बिहान ८:३० बजे एयर अरबिया मार्फत नेपाल पठाउन पहल भईरहेको मृतकका दाज्यु बशन्त ढकालले मुग्लानी खबरलाई जानकारी दिएका छन् ।
परिवार छोडेर वैदेशिक रोजगारीमा जानू हरेक नेपालीका बाध्यता हुन।मीठो खाने राम्रो लगाउने र परिवारलाई सुखि राख्ने,छोराछोरीलाई राम्रो शिक्षा दिएर ठूलो बनाउने सपना बोकेर मुटुभरी देशको माया, थाप्लो भरि ॠणको भारी, काँधभरी जिम्मेवारी बोकेर बिदेसियका नेपाली युवाहरुले आफ्नो लक्ष्य क्षणभरमै बिर्सिदिदा यस्ता दुखद घटनाहरु क्रमश बढ्दै गएका छन, जसले गर्दा कसैका सारा सपना तुषारापात भएका छन भने कोहि कहिल्यै नफर्किने गरि अस्ताएका छन।