काठमाडौं,भदौ २१।गोकर्णेश्वर नगर अस्पताल मुकेश कायस्थ हेड इन्जुरी सेन्टर निर्माण तथा व्यवस्थापन गर्न आज गोकर्णेश्वर नगरपालिका र राष्ट्रिय शहीद तथा शान्ति पार्क, निजामती स्मारक यज्ञडोल जगडोल बीच सम्झौतामा हस्ताक्षर भएको छ।
गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल र राष्ट्रिय शहीद तथा शान्ति पार्कका तर्फबाट अध्यक्ष सुदर्शन सिग्देलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा गोकर्णेश्वर नगरपालिका उपमेयर सान्नानी लामा, प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटा, प्रशासन शाखा अधिकृत टंकनाथ घिमिरे, वडा अध्यक्षहरु द्धारिका श्रेष्ठ ,मुरारी प्रसाद कुईकेल, जयराम महत, नारायण बहादुर सुवेदी, केशव गुरुङ, नन्दलाल श्रेष्ठ, राजिव थापा, वडा सदस्यहरु, जीउँदो सहिद मुकेश कायस्थको आमा मीरा कायस्थ लगायतका व्यक्तित्वहरुको उल्लेखनीय उपस्तिथि रहेको थियो।
कार्यक्रममा बोल्दै निर्बाचित भएको करिब एक सय दिन पुगेको बताए।शुरुका २५/२६ दिन बधाई तथा शुभकामना कार्यक्रममै समाप्त भएता भएपनी बाकी दिनहरुमा नगरपालिका र जनताकै काममा लागिपरेको बताए।नगरप्रमुख रिसालले गोकर्णेश्वर नगरपालिकाको उदेश्य नगर अस्पतालको निर्माण र जनताको निशुल्क स्वास्थ्य उपचारको ब्यबस्था गर्नु रहेको बताउदै अस्पतालको भौतिक निर्माण गर्न जग्गा कमि परेको हुँदा सुदर्शन सिग्देल संग कुरा राखेको बताए।विभिन्न ब्यक्तित्वहरु संगको परामर्श र कानुनी प्रक्रिया पुर्याए पश्चात् कार्यसमिति नै बनाएर सहयोग गर्नु भएकोमा रास्ट्रीय सहिद तथा शान्ती पार्क यज्ञडोल जगडोलका सम्पूर्णमा धन्यवाद दिएका थिए।
मेयर रिसालले अस्पतालको नामकरण सम्बन्धि ,६२/६३ को जन आन्दोलनका उपलब्धी,क्रान्ती घाईते बेपत्ता सहिद परिवार को सम्मान निशुल्क उपचार लगायतलाई ध्यानमा राख्दै अगाडी बढिने बताए।मेयर रिसालले सबै प्रक्रिया र सम्झौतालाई लिएर यथासिघ्र स्वास्थ्य मन्त्रालयमा पुग्ने बताएका छन।करिब १५ रोपनी जमिन सुबिधा सप्पन्न अस्पताल निर्माणका लागि चाहिने स्पष्ट पार्दै तीन वर्षको अवधिमा गोकर्णेश्वर नगरपालिकाले स्वास्थ क्षेत्रमा बृहत् प्रगती गर्नेमा बिश्वास दिलाएका थिए।