काठमाडौ,भदौ २० । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का नव निर्वाचित जनप्रतिनिधिहरुले कार्यभार सम्हालेको एक सय दिन पुगेको अवसरमा अन्तर्कृया कार्यक्रम गरेका छन।
वडा कार्यालयमा आयोजित पत्रकारहरुसँगको अन्तर्कृया कार्यक्रममा वडा नं ६ का वडाअध्यक्ष नवराज लामाले एक सय दिन बित्दा गरिएको कार्यहरुको जानकारी गराएका छन । अध्यक्ष लामाले पत्रकारहरुले सोधेका सवालहरुका जवाफ दिदै वडामा आउने सेवाग्राहीको सेवा प्रबाहलाई प्राथमिकतामा राखी छिटाृे, छरितो र चुस्त दुरुस्त ढंगबाट अगाडि बढाएको बताएका छन। वडावासीहरुको जनमतबाट निर्वाचित भएर आएपछि कुनै विचार र आस्थाभन्दा माथि उठेर वडावासीको मन जित्ने उदेश्य अनुरुप सेवा गर्दै आएको बताएका छन।
त्यसैले वडाको विकास र वडावासीको समस्या सम्बोधन गर्न आफूले समयको कुनै सीमा नतोकिएको बताउदै आवश्यक पर्दा आफू चौबिसै घन्टा जनताको सुखदुखमा खटिन तयार छु र खटिरहेको छु, वडा अध्यक्ष लामाले बताए । विशुद्ध जनताको प्रतिनिधि भएर कार्य गर्ने भएकोले राजनीतिक रुपमा पनि कुनै समस्या नरहेको स्पष्ट पार्दै वडावासीको चाहना अनुरुप वडाको विकास, फोहोर व्यवस्थापन, छिटो छरितो सेवा प्रवाह, खानेपानी,शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढेको बताए।
कार्यभार सम्हालेको यो एक सय दिनमा वडालाई उज्यालो बनाउने अभियान अन्तर्गत सडक बत्ती, ढल,सडक र खानेपानीको क्षेत्रमा उल्लेख्य काम भएको उहाँले जानकारी गराउदै आफूले भदौ ९ गते कार्यभार सम्हालेकै दिन पहिले काम, अनि मात्र प्रचार भन्ने उद्घोष गरेको स्मरण गरेका थिए।जनप्रतिनिधिले राम्रो काम गरे प्रचार गर्नु कुनै आवस्यक नभएको बताउदै जनताले आफैंले गर्ने बताए।
यसबीचमा जोरपाटी चोकबाट सुन्दरी जल जाने सडक भासिएर त्यहाँको घर र वस्ती नै जोखिममा परेको बताउदै वडाअध्यक्ष लामाले उक्त सडकलाई एक महिना भित्रै पुन:निर्माण सम्पन्न गरिएको बताएका छ्न। यस्तै निर्माणाधीन वडा कार्यालय भवनको बाँकी काम समेत सम्पन्न भएर अब छिट्टै कार्यालय सर्ने तयारीमा रहेको बताउदै वडा कार्यालय सरेपछि जनताका सुझाव र गुनासो संकलनका लागि हटलाइन सेवा शुरु गर्ने योजना समेत रहेको जानकारी गराएका थिए।
आफूहरु निर्वाचित भएर आउँदा वडा भित्र फोहोर नउठ्ने समस्या रहेको बताउदै अहिले त्यस्तो कुनै समस्या नरहेको दाबी गर्दै सर्वेश्वर स्वास्थ्य केन्द्रलाई पुनः सञ्चालनमा ल्याउनुका साथै निशुल्क स्वास्थ्य विमाको तयारी समेत अन्तिम चरणमा पुगेको छ वडाध्यक्ष लामाले भने। कार्यक्रममा पत्रकारहरुले लामाको त्यही स्पष्ट व्यक्तित्व र वडावासीलाई सर्वोपरि ठानेर काम गर्ने शैलीले उहाँलाई नगरकै जनप्रिय जनप्रतिनिधि बन्न सफल भएको भन्दै प्रशंसा समेत गरेका थिए।