गोकर्णेश्वर नगरपालिकाको वडा नं. ३ मा आज तारेभिर स्विङ एण्ड काठमाडौं भ्यु प्वाईन्ट रिसोर्टको बृहत् रुपमा उद्घाटन सम्पन्न भएको छ ।
पर्यटन क्षेत्रलाई श्रीबृद्धी तथा विभिन्न खेलहरुलाई प्राथमिकता मा राख्दै सहासिक खेल स्विङ (आधुनिक पिङ) को उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल र उपमेयर सान्नानी लामा लगायत अन्य बिशिस्ट ब्यक्तित्वहरुको हात बाट गरिएको हो। आज रिसोर्टले एक औपचारिक कार्यक्रम आयोजना गरि बिधिबत रुपमा साहसिक खेल स्विङको उद्घाटन गरेको हो ।
कर्मसिङ तामाङको सभापतित्वमा शुरु भएको उद्घाटन कार्यक्रममा गोकर्णेश्वर नगरपलिकाका मेयर दीपक रिसालको प्रमुख आतिथ्यता तथा उपमेयर सान्नानी लामाको विशेष आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्र बहादुर तामाङ, गोकर्णेश्वर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुईकेल, पूर्व वडा अध्यक्ष राजेन्द्र भण्डारी, नेपाली कांग्रेसका युवा नेता विमल ठकुरी, नेपाली कांग्रेस गोकर्णेश्वर नगर सभापति कुमार लामा, तरुणदल क्षेत्रीय सभापति सञ्जय लामा लगायत जनप्रतिनिधि ,कर्मचारी बुद्धिजिबी,खेलप्रेमी लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै संजय तामाङले गोकर्णेश्वर नगरपालिका स्थित तारेभिरमा आधुनिक पिङको निर्माणले यस क्षेत्रको पर्यटकिय विकास संगै आर्थिक रुपमा सबल बन्न ठूलो भुमिका खेल्नुका साथै गोकणेश्वर नगरपालिका टुरिष्ट हब बन्ने ठूलो सम्भावना रहेको बताएका थिए। त्यसैगरी नगर उपप्रमुख सान्नानी लामाले गोकर्णेश्वरमा रहेको रमणीय तारेभिरलाई यो आधुनिक पिङ सहितको रिसोर्ट उद्घाटन गरेर थप रमणीय तुल्याउनु भएको छ जसले यहाँ आए बस्ने खाने र आनन्द लिने ठूलो अवसर प्रदान गर्नुभएको छ जसले तारेभिर मात्र नभई सिङ्गो नगरपालिकाको गरिमालाई बढाउन ठूलो भुमिका खेल्नुभएकोमा सम्पुर्णमा धन्यबाद ब्यक्त गरेकी थिईन।
अन्त्यमा नगरप्रमुख कार्यक्रमका प्रमुख अतिथि दिपक रिसालले बोल्दै नगरपालिकाले यस क्षेत्रमा तीन वटा कार्यक्रमलाई प्रमुखतामा राख्दै अगाडी बढेको परिप्रेक्ष्यमा यो रिसोर्ट पनि एक रहेको छ।त्यसैगरी लालिगुराँस डाँडा निर्माण,होम स्टे केबुलकार लगायतका प्रयोजनाका लागि प्रपोजल हरु आईरहेका छन जसको निर्माणका लागि नगरपालिकाले भरपुर पहल गरि यहाँको जिवनस्तर वृद्धिको लागि ठूलो भुमिका खेल्ने बताएका थिए।यस्ता प्रयोजनाहरु नगरपालिकाले भन्दापनी ब्यक्तिगत रुपमा संचालनमा आए थप रोजगारी बजार ब्यबस्थापन लगायत विभिन्न तवरले स्थानीयलाई प्रत्यक्ष रुपमा फाईदाहुने बताउदै सम्पुर्णमा धन्यबाद ब्यक्त गरेका थिए।