दोहा : कास्की आदर्श समाज कतारको आयोजना र फेवा साँस्कृतिक परिवारको संयोजनमा भब्य - सब्य रुपमा तीज विशेष कार्यक्रम सम्पन्न भयको छ ।
शुक्रबार दोहा ग्रान्डमल स्थित प्लाजामा रहेको सेन्चुरि रेस्टुरेन्टमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष अग्निधर देबकोटाको सभापत्तित्वमा,नेपाली महिला सामाज कतारकि अध्यक्ष सरिता भण्डारी पौडेलको प्रमुख आथित्यमा कार्यक्रम संचालन भएको थियो ।
"कास्की 'आदर्शको चाहाना सभ्य र समृद्ध समाजको स्थापना" भन्ने मूल नाराका साथ सन् २००२ मा स्थापना भएको सस्थाले सामाजीक सहयोग काम गर्नुको साथै धार्मिक, मौलिक सास्कृतिक परम्परालाई पनि प्रवासबाट भएतापनि आफ्नो मौलिकता, परम्परा ,पहिचान र सस्कृतिलाई बचाइ राख्न हरेक बर्ष जस्तै ,यो बर्ष पनि (तिज विशेष ) कार्यक्रम गरेको आयोजक संस्थाका सचिव सन्तोष तिमिल्सिनाको भनाइ रहेको छ।
विविध रुपमा औपचारिक संचालन भएको कार्यक्रममा सदस्य कल्पना तामाङको स्वागत मन्तव्य रहेको थियो ।स्थानिय कलाकारद्वारा अत्यन्तै रमाइलो तिज गित र नृत्य पस्किदै सास्कृतीक कार्यक्रम रोचक बनाएर, भने उपस्थिति सबैलाई छ्मछमती नचाए ।
सस्थाका वरिष्ठ उपाध्यक्ष सुरज रानाभाटले सुभकामना राहेका थिये । बिच बीचमा आमन्त्रित विशेष अथिती ,अथिती हरुबाट सुभकामना मन्तव्य राखिएको थियो । हरितालिका तिजमा माइती चेलीको सम्बन्ध सधै प्रगाढ रहोस भन्ने मुख्य उदेश्यले नेपाल मगर संघ शाखा कतारका चेलिबेटीहरुले कास्की आदर्श समाज कतारका अध्यक्ष तथा दाजुभाइहरुलाइ सगुन स्वरुप फलफूल प्रदान गरेका थिए ।
केन्द्रिय समितिका पदाधिकारीहरु ,आजिवन, मानार्थ सदस्यहरु बुद्धिजीवी , पत्रकार , सन्चारकर्मी , समाजसेवि ब्यक्तित्व हरु, कलाकार तथा खेलाडी ,लगायत कतारमा रहेका सम्पूर्ण कस्केली दाजुभाई तथा दिदीबहिनिहरु र कस्केली शुभचिन्तकहरुको कार्यक्रममा अत्यन्तै बाक्लो उपस्थित रहेको थियो ।
उपस्थित हरुले संगै गाउदै ,नाच्दै अत्यन्तै रमाइलो गरेका कार्यक्रम मध्याह्न १२.०० बजे बाट सांझ ६.३०बजे सम्म चलेको विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधीहरुले शुभकामना ब्यक्त गरे ! भोजन दर खुवाएर स्वागत गरिनुको साथै उपस्थिति चेलीबेटिलाई सस्थाका संरक्षक मनप्रसाद रानामगर र आश बहादुर गुरुङ, सल्लाहकार प्रकाश बिकले खादा ओढायर सम्मान गरे ! अथिती विशेष अथितीलाई प्रमुख सल्लाहकार बिक्की बिक र सल्लाहकार कृष्ण बहादुर कार्कीले ब्याज लगाएर स्वागत गरे ।
कार्यक्रममा सस्थाका सस्थापक बिल गुरुङ , संरक्षक आश ब गुरुङ ,सल्लाहकार रेसम बस्नेत लगाएतले शुभकामना ब्यक्त गरे ।फेवा सास्कृती परिवारका संयोजक गोबिन्द बरालले कार्यक्रम को उदेश्य बारेमा प्रकाश पारे !
कार्यक्रमका प्रमुख अतिथि पौडेलले आफ्नो मन्तव्य राख्दै तीजको मौलिक संस्कृतिलाई गीतमार्फत व्यक्त गरिने तीजका गीतमा दुःख, वेदनाका भाव हरु एक बर्ष भरीका पिर बेदना हरु पोख्ने गरेको हामीले पाउछौ भन्दै प्रवासमा रोजगारी को सिलसिला भएता पनि हामीले हाम्रो परम्परा र सस्कार लाई हामिले बिर्सन हुदैन भन्दै हामी महिला नारी दिदिबहिनी हरुले पहिला आफू सहि ठाउमा बसेर आफ्नो घर बलियो गर्न सकियो भने मात्रै समाज परिवर्तन गर्न सकिन्छ ।
एस्ता किसिमका मौलिक संस्कृति बचाइ राख्ने कार्यक्रमले हामी सबैमा एक किसिमको परिवर्तन आएको हामी पाउछौ हामी सबैले बिकृती नभै संस्कृति बचाइ राख्नु आजको आबस्यकता रहेको कुरा बताइन । कास्कि आदर्श समाज कतारद्वारा आयोजित हरितालिका तिज बिषेश कार्यक्रममा नेपाली महिला समाज लाई प्रमुख अतिथि को रुपमा आमन्त्रण गरि ईज्जत र सम्मान प्रकट गर्नु भयो यो सम्पूर्ण कतारबासी दिदिबैनिहरुको सम्मान रहेको भन्दै कास्की आदर्श समाज कतार लाई धन्यवाद दिदै सम्पुर्ण महिला दिदिबहिनी हरुमा हरितालिका तिजको सुभकामना व्यक्त गरिन ।
सभापत अग्निधर देबकोटाले आफ्ना भनाइ राख्दै कार्यक्रम सफल पार्न विभिन्न माधय्म बाट सहयोग गर्नुहुने आर्थिक नैतिक भौतिक सबैलाइ हार्दिक आभार व्यक्त गर्दै उपस्थिति सबैलाइ आफ्नो ब्यक्तिगत र सस्थाको तर्फबाट धन्यवाद व्यक्त गरे कार्यक्रम सन्चालन सस्थाका सचिव सन्तोष तिमिल्सिना र सह सचिब बिस्नु तिमल्सिनाले संयुक्त रूपमा गरेका थिए ।