दोहा :कतारमा २ सय ३० भन्दा बढी नेपालीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
लुम्बिनी प्रदेश समन्वय परिषदको समन्वयमा प्रदेश अन्तर्गतका जिल्लाहरुको संयुक्त आयोजनामा कतारमा रहेका २ सय ३० भन्दा बढी नेपालीको नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम गरिएको छ भने अन्य उपस्थितिको संख्या २५० भन्दा धेरै रहेको थियो ।
नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई लक्षित गरी शुक्रबार २ सेक्टेम्बरका दिन एक दिने निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम दोहाको सी-रिङ्ग रोड स्थित अमेरिकन हस्पिटल क्लिनिकमा आयोजित गरिएको थियो, बिहान ८ देखि सुरु भएर दिनको २ बजेसम्म सञ्चालन भएको थियो ।
स्वास्थ्य परीक्षणमा विशेषज्ञ डाक्टरसहितको टिमले स्वास्थ्य परामर्श, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल, (उचाइ र तौलको अनुपात) लगायतका स्वास्थ्य सेवा रहेको कार्यक्रम संयोजक तथा संस्थाका वरिष्ठ उपाध्यक्ष डिल्लीराम भट्टराईले बताए ।
स्वास्थ्य परीक्षण कार्यक्रममा परिषदका अध्यक्ष, प्रमुख सल्लाहकार,संरक्षक, विशेष सल्लाहकार, सल्लाहकार लगायत कतारमा रहेका विभिन्न संघ संस्थाहरुको बाक्लो उपस्थिति थियो ।
“नि:शुल्क स्वास्थ्य चेकअप अभियानमा सहभागी हौं, आफ्नो स्वास्थ्य परिक्षण गरी स्वस्थ्य बनौं” भन्ने नाराका साथ प्रदेश अन्तर्गत अर्घाखाँची सेवा समाज,गुल्मी सेवा समाज, प्युठान सेवा समाज, पाल्पाली सेवा समाज, समाज सेवा अभियान रुपन्देही, दाङ देउखुरी सेवा समाज, रोल्पा जलजला सेवा समाज, बुद्धभुमि कपिलवस्तु सेवा समाज, नवलपरासी सेवा समाज, बाँके सेवा समाज, कतारले संयुक्त रुपमा नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरेका हुन ।