दोहा कतार, २ अगस्ट - नेपाली गजलका पिता मोतिराम भट्टको १५७ औ जन्म जयन्ती नज्मा स्थित गोर्खा रेस्टुरेन्टको सभाहलमा भब्यताका साथ सम्पन्न भएको छ।
कतारमा स्थापित तीन साहित्यिक संस्थाहरु अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर,नवोदित साहित्यिक वाचनालय कतार र सन्ध्याग्रुप( मुग्लानी सौगात) कतारको आयोजनामा युवाकबी मोतिराम भट्टको १५७ औ जन्मजयन्ती, अनेसास -नवोदित साहित्यिक वाचनालय कतारको मासिक साहित्यिक वाचन शृङ्खलाको १२८औं वाचन डबली तथा सन्ध्याग्रुप ( मुग्लानी सौगात) कतारको ८६ औ वाचन डबली संयुक्त रुपमा पाँच जना चर्चित गजलकारहरु सानु थपलिया, शेखर बस्नेत, सोम थापा,बिन्दा लामा,प्रकाश पाठक योगीद्वारा दुई चरणको विशेष गजल वाचनमा पहिलो चरणमा २/२ तथा दोस्रो चरणम ३/३ गजल वाचन गरि भब्यताका साथ मनाईएको थियो।नवोदित साहित्यिक वाचनालय कतारका अध्यक्ष टीका खड्का 'राष्ट्रप्रेमी' को सभापतित्व तथा अनेसास कतारका अध्यक्ष मणि पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सन्ध्याग्रुप अल्खोर कतार मुग्लानी सौगातका अध्यक्ष गणेश क्षेत्री, समाजका सल्लाहकारहरु,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, साहित्यकार कलाकार,समाजसेवी लगायत साहित्य अनुरागीहरु उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका विशिष्ट ब्यक्तित्वहरुद्वारा दिप प्रज्वलन तथा मोतीराम भट्टको तस्बिरमा माल्यार्पण गरि युवाकबी मोतीराम भट्टको सम्मान गरिएको थियो।सन्ध्याग्रुप अल्खोर कतारका महासचिव खेमराज सुवेदीले स्वागत मन्तब्यद्वारा उपस्थित सम्पुर्णलाई स्वागत गरेका थिए।
संस्थाका महासचिव नारायण भन्डारी 'निर्जल' द्वारा सहजीकरण गरिएको कार्यक्रममा शुभकामना मन्तव्य राख्नेहरुमा खोटाङ सेवा समाज कतारका अध्यक्ष रुद्र शर्मा,बिशिस्ट श्रोता धिरज चाम्लिङ,गण्डकी प्रदेश समन्वय परिषदका बरिस्ठ उपाध्यक्ष सागर पौडेल,प्रवासी नेपाली मंच कतारका अध्यक्ष प्रभात त्रीपाठि,एन आर एन (एन सीसी) कतारका महासचिव पदम गिरि लगायतले शुभकामना मन्तब्य राखेका थिए।
बौद्धिक तथा समाजसेवी ब्यक्तित्व रमजान अलि मियाँले उर्दु भाषाका गजलका बिशेषता राख्दै र एक गजल वाचन गरि सबै गजलकारको मन तानेका थिए भने कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए।त्यसैगरी बिशिस्ट स्रोता बिनेश तामाङद्वारा कबिता वाचन गरिएको थियो।
कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार चक्र कार्कि र अनेसास कतार च्याप्टरका अध्यक्ष मणि पौडेललाई दोसल्ला ओढाई सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथी मणि पौडेलले कतारमा रहेर नेपाली साहित्यमा साधना गरिरहेका साहित्यकारहरु,विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितले आजको कार्यक्रम सभ्य तथा भब्यरुपमा सफल भएको बताउदै आगामी दिनमा पनि यसरी नै हातेमालो गरि अगाडी बढ्ने जानकारी गराउदै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए।
अन्त्यमा सभापति टीका खड्का राष्ट्रप्रेमीले उपस्थित सम्पुर्णमा धन्यवाद ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।