दोहा, अगस्ट २।कतारमा स्थापित साहित्यिक संस्था नवोदित साहित्यिक वाचनालय कतारको चौधौं अधिवेशनबाट अध्यक्षमा रुप रसाइली ' पुछार घरे' सर्वसम्मतले निर्वाचित भएका छन।
नवोदित साहित्यिक वाचनालय कतारका अध्यक्ष टीका खड्का 'राष्ट्रप्रेमी' को सभापतित्व तथा अनेसास कतारका अध्यक्ष मणि पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशेष अतिथि सन्ध्याग्रुप अल्खोर कतार मुग्लानी सौगातका अध्यक्ष गणेश क्षेत्री, समाजका सल्लाहकारहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, दोहामा स्थापित विभिन्न बैचारिक,जिल्ला संस्था प्रादेशिक संस्था,जातिय संस्थाका प्रतिनिधिहरु, साहित्यकार कलाकार,पत्रकार समाजसेवी लगायत साहित्य अनुरागीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
साहित्यकार समाजसेवी बिनोद खड्काको संयोजकत्वमा गठित तीन सदस्यीय निर्वाचन समितिद्वारा निस्पक्ष तथा धाँदली रहित सम्पन्न निर्वाचनबाट अध्यक्षमा - रुप रसाईली ' पुछार घरे', वरिष्ठ उपाध्यक्ष- नारायण भण्डारी ' निर्जल', द्वितीय उपाध्यक्ष - लिलानाथ घिमिरे, मोबाईल पुस्तकालय संयोजक - सानू थपलिया,महासचिव - सोम थापा,सचीव सुरेश परियार 'आभास',कोषाध्यक्ष प्रकाश पाठक योगी,सह कोषाध्यक्ष खिम पुन निर्बाचित भएका छन।
त्यसैगरी निर्बाचित सदस्यहरुमा शोभाराम ओली,कमला भण्डारी, बिबस थेबे लिम्बू,देबेन्द्र खतिवडा,धर्म सन्देश, लेखनाथ राउत ,शक्ति न्यौपाने,ध्रुब अर्याल र एक सदस्यीय पहिलो बैठकबाट मनोनयन गर्ने गरि १७ सदस्यीय कार्यसमिति चयन गरिएको छ।नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक खड्काले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।
संस्थाको प्रगती विवरण कार्यक्रम संचालक तथा संस्थाका महासचिव नारायण भण्डारी 'निर्जल' ले प्रस्तुत गरेका थिए।