झापा समयगढ,भाद्र १५। नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा स्थानिय महिला दिदिबहिनीहरु द्वारा समयगढ चोकमा गत भदौ १४ गते तिज विशेष कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।
झापा समयगढ कृषि सहकारी संस्थाको सहयोगमा भएको तिज बिशेष कार्यक्रम समयगढ बजार ब्यस्थापन समितिका अध्यक्ष तिनिल लिम्बुको अध्यक्षतामा भएको हो। दिप प्रज्वलन गरी राष्ट्रिय-गान बाट शुरुवात गरिएको उक्त कार्यक्रममा तिज बिशेष नृत्य, हाडिफोर र म्युजिकल चियर लगायतका प्रतियोगिताले तिज बिशेष थप मनोरञ्जनात्मक रहेको थियो। कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि कमल गाउँपालिका वडा.नं २-का वडाध्यक्ष अशोक लिम्बुले नेपाली नारीहरुको महान पर्व तिज कार्यक्रमको बिशेषता बारे चर्चा गरेका थिए। बिगतमा आफुले कानमा कुण्डल लगाएको प्रसङ्ग जोड्दै धेरैले तपाईंले छोरिमान्छेले लाउने कुण्डल किन लगाएको भन्ने स्वालको जवाफमा मुलत:नारीहरुको सम्मान गर्दै लगाएको स्पष्ट पार्दै सबैलाई तिजको शुभकामना ब्यक्त गरेका थिए ।
विशेष अथिती सामाजिक अभियन्ता तथा प्रोफेसर एवं कानुनी अधिवक्ता राजन ढुङ्गनाले तिज हिन्दुनारीहरुको मात्रै नभएर सबै जातिका महिलाहरुले पनि हर्षोल्लासका साथ मनाउन सकिने बताएका थिए। तिज पर्बको धार्मिक पक्ष बारे प्रष्ट पार्दै पछिल्लो समय तिज पर्ब मनाउने क्रममा बिकृती हुँदै गैइरहेको बारेमा सबैजन सचेत समेत हुनुपर्ने बताएका थिए। त्यस्तै महिला बिशेष अतिथि कमल गाउँपालिका उपाध्याक्ष पर्मिला न्यौपानेले समयगढ बजार ब्यबस्थापन समितिले महिलाहरुको सम्मान सहित भव्यरुपमा तिज कार्यक्रम आयोजना गरिदिएकोमा धन्यवाद दिदै सम्पुर्ण दिदी बैहिनीहरु मा हरितालिका तिजको शुभकामना ब्यक्त गरेकी थिइन।
त्यस्तै मन्तव्यको क्रममा समयगढ कृषी सहकारी संस्थाका अध्यक्ष हेम दाहाल, म.र.माबी समयगढ, बिधालय सञ्चालक समितिका अध्यक्ष पवन राई लगायतले शुभकामना मन्तव्य राखेका थिए। त्यस्तै अतिथिहरुमा कमल गाउँपालिका वडा.नं २ का जनप्रतिनिधि भिम सिंह कार्की, महिला जनप्रतिनिधी सो-माया दर्जी, युवा समाजसेवि अमर मावोहाङ लिम्बू , स्थानिय युवा समाज सेवी अशोक राई सामाजिक ब्यक्तित्व ज्ञानेन्द्र आचार्य र म र मावी ब्यबस्थापन समिती र समयगढ बजार समिती सदस्य श्याम श्रेष्ठ, सचिव यज्ञराज खतिवडा रहेका थिए।
उक्त तिजको बिशेष नृत्य प्रतियोगितामा बिजेताहरु । प्रथम: समयगढ म.र मा.वी बिधालय (सामुहिक नृत्य) द्वीतिय: नवोदय बोर्डिङ स्कुल (सामुहिक नृत्य ) तृतिय: एलिना दङ्गाल र सविना श्रेष्ठ (युगल नृत्य) म्युजिकल चियरमा शिखा साम्पाङ र हाडिफोरमा अर्चना साहले जित हासिल गरेका थिईन ।
प्रतियोगितामा बिजेताहरुलाई सभापती तिनिल लिम्बू, बिशेष अतिथि राजन ढुङ्गाना, कृषि सहकारी अध्यक्ष हेम दाहाल ,भिम कार्की लगायतको बाहुली बाट पुरुस्कार प्रदान गरिएको थियो । बिरेन्द्र कुमार याक्थुम्बा शुवासद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तब्य समितिका कोषाध्यक्ष सुलोचना राईले गरेकि थिईन भने अन्त्यमा: कार्यक्रमलाई समापन गर्दै सभापती तिनिल लिम्बुले हरितालिका तिज कार्यक्रम सफल पार्न आर्थिक र भौतिक रुपमा सहयोगीहरु लाई धन्यवाद दिदै तिज कार्यक्रममा सहभागी सम्पुर्ण दिदी बैहिनिहरु लाई तिजको शुभकामना ब्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए।