दोहा : लुम्बिनी प्रदेश समन्वय परिषदको समन्वयमा प्रदेश अन्तर्गतका जिल्लाहरुको संयुक्त आयोजनामा कतारमा नि:शुल्क स्वास्थ्य परिक्षण हुने भएको छ ।
“नि:शुल्क स्वास्थ्य चेकअप अभियानमा सहभागी हौं, आफ्नो स्वास्थ्य परिक्षण गरी स्वस्थ्य बनौं” भन्ने नाराका साथ आगामी सेप्टेम्बर २ तारिकका दिन लुम्विनी प्रदेश समन्वय परिषद कतारको समन्वयमा लुम्विनी प्रदेश अन्तर्गत रहेका १० जिल्ला संस्थाहरुको संयुक्त आयोजनामा नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम हुने भएको हो ।
दोहाको सी-रिङ्ग रोड स्थित अमेरिकन हस्पिटल क्लिनिकमा आयोजित कार्यक्रममा Height & Weight Analysis, BMI Monitoring, Free Diabetic Checkup, Blood Pressure Monitoring, GP Doctor Consultation, Dentist Consultation, Health Check & Dental Package with Voucher लगायतका परिक्षण हुने परिषदका अध्यक्ष बुद्ध पाण्डेले जानकारी गराए ।
उक्तदिन कतारमा रहने लुम्बिनी प्रदेश वासी एवं समस्त नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको स्वास्थ्यलाई मध्य नजर गर्दै तल उल्लेखित मिति, स्थान र समयमा निशुल्क स्वास्थ्य परिक्षण गराउदै परिक्षणमा प्रत्यक्ष सहभागीता भैई स्वास्थ्य लाभ लिनुहुन लुम्बिनी प्रदेश बासी एवं समस्त नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा महासचिव टेकराज थापाले अनुरोध गरेका छ्न ।
प्रदेस अन्तर्गत अर्घाखाँची सेवा समाज,गुल्मी सेवा समाज, प्युठान सेवा समाज, पाल्पाली सेवा समाज, समाज सेवा अभियान रुपन्देही, दाङ देउखुरी सेवा समाज, रोल्पा जलजला सेवा समाज, बुद्धभुमि कपिलवस्तु सेवा समाज, नवलपरासी सेवा समाज, बाँके सेवा समाज, कतारले संयुक्त रुपमा नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरेका हुन ।
थप जानकारीको लागि
सम्पर्क नम्बर :
बुद्ध पाण्डे 50346278
डिल्लीराम भट्टराई 77467670
सजन लौडारी 66731129
बिकाश गैरे 3021528
कृष्ण पन्थी 50307156
झबिन्द्र आचार्य 77525388
केशर बहादुर केसी 50675400
बिवास बेल्बासे 74047726
नेत्र प्रसाद आचार्य 55317700
कुमार अविरल पन्थी 66814196
छविलाल बुढाथोकी 55654771
देवराज पुन 33941022
बिष्णु बहादुर खड्का 33997761
डि.बि खड्का 70130955
locationMaps https://foursquare.com/v/4e6b208f1f6e1e74e487f639।