मुग्लानी खबर
सिड्नी, अगस्ट २७।' प्रवासी नेपालीहरुको चाहना,सुखी र समृद्ध नेपाल' भन्ने मुल नाराका साथ स्थापित प्रवासी नेपाली मञ्च, अष्ट्रेलियाको पाँचौं राष्ट्रिय अधिवेशन हिजो २७ अगष्ट २०२२ मा सिड्नीमा सम्पन्न भएको छ।
केशब जोशीको सभापतित्व तथा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य, विदेश विभाग प्रमुख तथा प्रवास ईन्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा न्यू साउथ वेल्सका नेपाली वाणिज्यदुत दीपक खड्का, न्यूजिल्याण्ड नेपाली वाणिज्यदुत आत्माराम खनाल, दिनेश खड्का, ओएनएफ अन्तर्राष्ट्रिय कमिटी सचिव रमेश पाण्डे, ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका सल्लाहकार कमिटी अध्यक्ष संजय थापा, प्रवासी युवा मञ्चका अध्यक्ष अरुण गौतम ,विभिन्न समुदायका बुद्धिजीवी, ब्यबसायी,विभिन्न बैचारिक संघ संगठन का प्रतिनिधिहरु लगायत नेपाली दाजुभाई तथा दिदिबहिनी हरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रबासी नेपाली मन्च अष्ट्रेलिया का प्रवक्ता सन्तोष दाहालले स्वागत मन्तव्यद्वारा उपस्थित सम्पुर्णलाई स्वागत गरेका थिए। कार्यक्रममा।उपस्थित विभिन्न ब्यक्तिहरुले स्वागत मन्तब्य राख्दै कार्यक्रम भब्य सफलताको शुभकामना ब्यक्त गरेका थिए।अधिवेशन दोस्रो शत्रमा प्रबासी नेपाली मन्च अन्तर्राष्ट्रिय कमिटीका सचिव रमेश पान्डेको संयोजकत्वमा गठित तीन सदस्यीय निर्वाचन टोलीले सर्वसम्मतमा केशव जोशीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । उक्त भेलाद्वारा नव गठित कार्यसमितिमा केशव जोशी, उपाध्यक्षहरुमा राम घिमिरे, चीन नेपाली, बालगोपाल उपाध्याय, सचिवमा प्रकाश पन्थी, सहसचिवहरुमा हेमराज खनाल, होमनाथ निरौला, असिम कोइराला लगायत कार्यसमितिमा निर्बाचित भएका छन।त्यसैगरी सदस्यहरुमा नरवीर नेम्वाङ,उत्तम अधिकारी,सुजन लामिछाने,विएन मण्डल,दिनेश पाण्डे,किशोर भण्डारी,नारायण बस्नेत,विशाल रानामगर,पर्वत मगर,प्रकाश पौडेल,प्रेमप्रकाश शाही,भवानी पौडेल,कृष्ण गैरे,सूर्यमोहन शर्मा,विजय फुँयाल,भुवन पाण्डे चयन भएका छन ।
यसैक्रममा भेलाले आर्थिक विभाग प्रमुखमा दीपक पहारी लाई चयन गरेको छ भने पदेन सदस्यहरुमा कृष्ण सापकोटा – न्यू साउथ वेल्स,रमेश पाण्डे – क्वीन्सल्याण्ड,तेजेन्द्र विक्रम मल्ल – वेस्ट्रन अष्ट्रेलिया,मुगेन गौतम – तास्मानिया,सुदीप पोखरेल – नर्दन टेरटरी र अभिषेक उप्रेती – क्यानवेराबाट रहेका छ्न।