गोकर्णेश्वर स्थित नयाँपाटिमा स्थापित सानू पुनःस्थापना केन्द्रमा 'लागु औसधबाट बचौ र बचाऊ' भन्ने उदेश्य अनुरुप सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
संस्थाका प्रमुख दिपेन्द्र लामाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल रहेका थिए भने विशेष अतिथिहरुमा वडा नं २ का वडा अध्यक्ष मधु तामाङ,वडा नं ६ का वडा अध्यक्ष नवराज लामा,वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी रहेका थिए।त्यसैगरी अतिथिहरुमा समाजसेवी तथा वडा नं ५ का वादा सदस्य धर्म थिङ लामा,युवा तथा खेलकुद अध्यक्ष सन्जय लामा लगायत समाजसेवी,बुद्धिजीवी खेलकुदप्रेमी पत्रकार तथा स्थानीय दाजुभाई दिदिबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
वडा अध्यक्ष नारायण बहादुर सुवेदीले बोल्दै यो संस्था स्थापना गर्नुको उदेश्य विभिन्न दुर्ब्यसनीमा फसेका युवायुवतीहरुलाई पुनर्जीवन दिनु रहेकोले जोरपाटी मेरो वडा क्षेत्रभित्र पर्ने भएकोले त्यहाँका युवाहरुमा यो समस्या रहेको जानकारी आएको हुँदा ती युवाहरुलाई पनि यहाँ ल्याएर नयाँ जीवन दिनेमा आफ्नो साथ सहयोग रहने जनाएका थिए।
वडा अध्यक्ष नवराज लामाले विभिन्न सामुदायिक संस्थाहरुमा ट्राफिक नियम,घरेलु हिंसा,लागू औसध दुर्ब्यसनी कुलत लगायत विविध विषयमा अभिमुखिकरण कार्यक्रम गर्दै आएको जानकारी गराउदै सानू पुनस्र्थापना केन्द्रले समाजलाई सकारात्मक दिशामा डोर्याउन गरेको पहली कदम बारे धन्यबाद दिएका थिए।युवाहरुले आजैदेखी आफुले गर्दा परिवारलाई दुख दिन्न भन्ने प्रण गर्दै बाकी जिवनमा गलत बाटो छोडी सहि बाटोमा लाग्ने आसा एबं बिश्वास रहेको बताएका थिए।
त्यसैगरी कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि नगर प्रमुख दिपक रिसालले सर्बप्रथम लागू औसध कुलतमा युवाहरुलाई फस्न नदिन के गर्ने र फसिसकेकालाई कसरी न्यूनीकरण गर्ने बारेमा राम्रो संग हुनुपर्ने बताए।एक चोटि कुलतमा फसिसकेर पनि मुक्त भएका युवाहरुले नै अन्य युवाहरुलाई कुलतमा फस्न नदिन ठुलो कार्य गर्न सक्ने बताए।
उनले विभिन्न ब्यक्तिहरुको उदाहरण दिदै अब कुलतबाट मुक्त भैई अन्य युवाहरुलाई पनि मुक्त गराउने उदेश्य लिएर सानू पुन स्थापना खोल्नुहुने युवाहरुलाई धन्यबाद दिदै यसका लागि नगरपालिका आर्थिक भौतिक नैतिक जे सहयिग गर्न पनि तयार रहेको बताएका थिए।