झापा,भदौ १०। झापाको कमल गाउँपालिका स्थित वडा नं ४ मा किरात याक्थुङ चुम्लुङको दोस्रो अधिवेशनबाट अध्यक्षमा प्रल्हाद खेवा निर्बाचित भएका छन।
सुदुरपुर्वी नेपालमा आफ्नो थात्थलोका रुपमा बसोबास गरि आएका मुख्य आदिवाशी जनजाती मध्ये याक्थुङ्/लिम्बूहरुको आफ्नै भाषा लिपी र संस्कार सस्कृती रहेको छ। यो समुदायको मौलिक पहिचान,रितिरवाज र अस्तित्वको संरक्षण र उत्थानका लागि स्थापित किरात याक्थुङ चुम्लुङ कमल ४ का अध्यक्ष शुक्र लावतीको सभापतित्वमा वडा नं ४ स्थित एक सभाहलमा गत भदौ ९ गते दोस्रो अधिवेशन भएको छ।
राष्ट्रिय गित बाट शुरु गरिएको उक्त कार्यक्रममा चुम्लुङ सम्बद्ध सांस्कृतिक विभाग संयोजक बिबि हाङ खेवालाई संस्थाको हरेक सांस्कृतिक क्षेत्रमा पुर्याउदै आएको योगदानको उच्च मूल्याकंन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा किराँत याक्थुङ चुम्लुङ केन्द्रीय सदस्य एवं कमल गाउँपालिका वडा नं ४ सदस्य, पालिका जनप्रतिनिधि चन्द्र कुमारी आङ्देम्बे लगायत विशेष अथितिहरुको हातबाट साम्मान गरिएको थियो।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चन्द्राकला आङ्देम्बेले आफ्नो भाषा संस्कृतिका लागि आफैबाट शुरु गर्दै अघि बढ्नुपर्ने भन्दै आफ्नो तर्फबाट सकेको सहयोग गर्न कुनै कसुर नराख्ने प्रतिबद्धता गरेकी थिइन।त्यस्तै बिशेष अतिथि किराँत याक्थुङ चुम्लुङ कमलका उपाध्यक्ष मनकुमार थलङ्ले आफ्नो मन्तव्य लिम्बू भाषामा राख्दै याक्थुङ लिम्बु समुदायहरुको पुराना रितिथीती बारे प्रस्ट्याएका थिए। आफ्नो मातृ भाषा संस्कार अनिवार्य भएको बताएका थिए। अर्का बिशेष अथिति कमल गाउँपालिका सचिव इन्द्र सेदेम्बा, सामाजिक ब्यक्तित्व बिरेन्द्र याक्थुङ्बाले आफ्नो भनाईहरु राख्दै किराँत याक्थुङ्ग चुम्लुको मुल लक्ष्य र उदेश्य बारे प्रष्ट पारेका थिए।याक्थुङ चुम्लुङको उदेश्य प्रती कटिबद्ध भैई लाग्नुपर्नेमा सुझाव दिदै नव निर्वाचित कार्यसमिती लाई अग्रिम बधाई तथा सफल कार्यकालको शुभ कामना ब्यक्त गरेका थिए।
कार्यक्रममा उपस्थित अतिथिहरुमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च कमल गाउँपलिका कार्य समितिका अध्यक्ष अमर मावोहाङ रहेका थिए। कार्यक्रममा अध्यक्ष शुक्र लावतीले आफ्नो कार्यकालमा र अधिवेशनसम्म साथदिनुहुने सम्पुर्णलाई धन्यवाद दिदै खुल्ला सत्र कार्यक्रम समापन भएको घोषणा गरेका थिए। त्यसैगरी बन्दसत्रमा नयाँ कार्यसमिती सबैको सर्व सहमतिमा सम्पन्न भएको थियो।
दोस्रो अधिवेशनबाट नव निर्वाचित कार्य समिति यश प्रकार रहेको छ : अध्यक्ष प्रल्हाद खेवा, उपाध्यक्ष पद्मा सेन्दाङ,सचिव गङगा लावती, सहसचिव बल बहादुर खेवा,कोषाध्यक्ष राधिका केरुङ र सदस्यहरु क्रमश: तिलक चन्द्र लावती, ऐजन सिङ लावती रोहित लावति,गगन लावती,रमेश कुमार फ्याक, लिला लिम्बु,शान्ती सावा, गणेश लावती, टीका लावती, मान बहादुर , लावती, देवेन्द्र लावती, एल भि लिम्बु, कुमारी लिम्बु गरी जम्मा २१ सदस्यीय कार्यसमिती गठन भएको छ।
अन्तयमा: नवनिर्वाचित प्रल्हाद खेवाले बोल्दै संस्थाको लक्षित उदेश्य प्राप्तिका लागि सबैको साथ लिएर अघि बढ्ने र स्थानिय च्याभ्रुङको उपयोग आफ्नै स्थानमा गरिनुपर्छ भन्दै प्रतिबद्धता जनाएका थिए । त्यस्तै कियाचु कमल गाउँपालिका वडा नं.७ अधिवेशन भदौ ८ गते र वडा नं ६ को भदौ १० गते भएको अनलाईन मिडिया मुग्लानी खबरकालाई जानकारी गराएका छन।त्यसैगरी अन्य वडाहरुको क्रमश ५,४,३,२ र १ हुँदै भदौ १८ गते गाउँपालिका को पनि अधिवेशन हुने सचिव इन्द्र सेदेम्वाले जनाएका छन ।