गोकर्णेश्वर नगरपालिका वडा नं मा नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा शुभकामना आदानप्रदान सम्पन्न भएको छ।
गोकर्णेश्वर नगरपालिका वडा नं ९ का दिदिबहिनिहरुको सकृयतामा भएको महिलाहरुको तिज विशेष शुभकामना आदनप्रदान कार्यक्रम नगर प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यता तथा विशेष अतिथि पुर्व मेयर तथा नेपाली कांग्रेस क्षेत्रिय सभापति सन्तोश चालिसे,वडा नं ९ का वडाअध्यक्ष राजिब थापा रहेका थिए।
त्यसैगरी उपस्थितिहरु वडा न ९ का वडा सदस्य हरु लगायत बिभिन्न संघ सस्थाका जनप्रतिनिधि महिला दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो। गोकर्णेश्वर वडा ९ कि वडा सदस्य लक्ष्मी गुरुङद्वारा सहजिकरण गरिएको कार्यक्रम सत्यभामा श्रेष्ठको सभापतित्वमा भएको थियो।
कार्यक्रमका विशेष अतिथी सन्तोष चालिसेले बोल्दै अहिले समयमा तिज विशेष सम्बन्धि विविध कार्यक्रम हुन गैइरहेको हुँदा यसले हाम्रो मौलिक संस्कार, संस्कृति,धर्म परम्परा र पहिचानको संरक्षण सम्बर्द्धनमा टेवा पुर्याईरहेको र अर्को तर्फ नेपाली विभिन्न कार्यक्रम मार्फत महिला सशक्तीकरणमा बृहत् भुमिका खेलेको हुँदा विशेष रुपमा हेरिएको बताएका थिए।
पुर्ब मेयर चालिसेले अब महिलाहरु कमजोर नभएको र सिकेका कुराहरुहरु घरमा गयर ब्यबहारिक रुपमा प्रयोग गरि अगाडी बढ्न समेत आग्रह गर्दै गोकर्णेश्वरवासी दिदिबहिनीहरुमा शुभकामना ब्यक्त गरेका थिए।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि दिपक रिसालले समयानुसार तिज पनि परिवर्तनशिल हुँदै गएको बताए।खासगरी महिलाहरुले विभिन्न दुख ब्यक्त गर्ने तिजहरु अब पार्टी प्यालेसमा सिमित हुन थालेपनी मौलिक चाड बचाउन हामिले मान्दै जानू पर्ने बताउदै अबका दिनमा तालिम अभिमुखिजरण कार्यक्रम गर्दै आत्मनिर्भर बन्नेतिर ध्यान जानुपर्ने बताएका थिए।
कार्यक्रमका सभापति सत्यभामा श्रेष्ठले उपस्थित सम्पुर्णलाई धन्यवाद तथा तिज कार्यक्रम सफलताको शुभकामना दिदै कार्यक्रम समापन भएको घोषणा गरेकी थिईन।