दोहा : नेपाली महिला हरुको महान चाड हरितालिका तिजको अवसरमा कतार हुन गईरहेको एक बृहत (तिज विशेष ) कार्यक्रमको लागि चर्चित कलाकारहरु गायिका शर्मिला बिसी र मोडल तथा डान्सर रुबिना अधिकारी आज मङ्गलवार कतार आइपुगेका छन।
गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको समन्वय र कतारमा स्थापित ८८ भन्दा बढि नेपाली संघ संस्थाहरुको सयुक्त आयोजनामा हुने (तिज विशेष ) कार्यक्रममा आफ्नो साङ्गितिक प्रस्तुति दिन साथै कतारमा रहेका नेपाली दिदिबहिनी हरुलाई छमछमी नचाउन उनिहरु कतार आइपुगेको परिषद कतारका प्रथम उपाध्यक्ष, संघ संस्था साथै कार्यक्रम संयोजक जैवी राई चाम्लिङले मुग्लानी खवरलाई बताउनु भयो ।
अहिले चर्चामा रहेको तीज गीत
लजाउछु एक्लै हेरेर ऎना ,
हा...है.. झमझम झम्कना लाउकी नलाउ म ..
राम्री नि छैन, छ्या भन्ने होइन ...
हा...है...मायालुले आउ भन्छ बेलुका जाउँ की नजाउँ म’ ..
गीतकि गायिका-सुनिता बुढा क्षेत्री पनि बुधवार सम्म कतार आउने छिन । उक्त गीत यो समचार तयार पार्दा सम्म युटुवमा एक करोड, तेत्तीस लाख भन्दा धेरैले हेरेका छ्न । व्यस्थताको कारण र क्वारेन्टाइन नियम पालना गर्नुपर्ने भएको कारण कलाकारहरुको एकैदिन फ्लाइट हुन नसकेको राइले मुग्लानी खवरलाई जानकारी दिनुभयो ।
आउँदो २६ अगस्ट शुक्रबार " रैयान प्राईभेट स्कुल अल रैयान" मा दिनको ११:०० बजे सुचारु हुने कार्यक्रममा तीज विशेष रहने र कतारमा रहेका नेपाली महिला दिदिबहिनी हरुलाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त दिन स्थानिय कलाकारहरुको पनि विशेष प्रस्तुति रहने एनआरएनए एनसीसी कतारका महासचिव पदम गिरिले जानकारी दिनुभयो ।
एनआरएनए एनसीसी कतारको समन्वयमा कतारमा स्थापित संघ सस्थाहरुको संयुक्त आयोजनामा हुने (हरितालिका तिज शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २०२२)का आयोजक संस्थाहरुका आज सम्म प्राप्त नामवली यस प्रकार रहेका छन !
१) धनकुटा सेवा समाज,कतार
२) समाज सेवा अभियान रुपन्देहि
३) कास्की आदर्श समाज,कतार
४) तनहुँ सेवा समाज दाेहा,कतार
५) झापाली समाज कतार
६) म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतार
७) दाङ देउखुरी सेवा समाज कतार
८) स्याङ्जा सहयाेग समाज कतार
९) दलित एकता संजाल कतार
१०) पाल्पाली सेवा समाज दाेहा कतार
११) अन्तरास्ट्रिय नेपाली मुस्लिम समाज कतार
१२) सर्लाही सेवा समाज, कतार
१३) पर्बत समाज कतार
१४) एकिकृत प्रबाशी नेपाली श्रमिक सङ्घ (ICTU)
१५) सिरहा सेवा समिती, कतार
१६) लुम्बिनी प्रदेश समन्वय परिषद कतार
१७) सुनसरि शृजनशिल परिवार, कतार
१८) ताप्लेजुङ पाथिभरा सेवा समाज कतार
१९) बुद्धभुमी कपिलवस्तु सेवा समाज कतार
२०) नेपाली महिला समाज,कतार
(२१) नेपाली धानुक सेवा समाज कतार
(२२) बिश्वकर्मा समाज कतार
(२३) राष्ट्रिय लोकदोहोरी गित प्रतिष्ठान कतार
(२४) संघीय लिम्बुवान सामाजिक मञ्च कतार
(२५) काठमाडौ म्युजिकल ब्याण्ड कतार
२६) अर्घाखाँची सेवा समाज कतार
२७) कार्ड्स अर्गनाइजेसन कतार
२८) नवलपरासी सेवा समाज कतार
(२९) चितवन युवा समाज कतार
(३०) नेपाली टिकटक समाज कतार
(३१) मधेस प्रदेश समन्वय परिषद कतार(अध्यक्ष-नियाज शेख)
(३२) मितेरी समाज कतार
(३३) अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतार
३४)गुल्मी सेवा समाज कतार
(३५) महोत्तरी समाज सेवा कतार
(३६) खोटाङ सेवा समाज कतार
(३७) बाँके सेवा समाज कतार
(३८) नेपाली जनसम्पर्क समिती कतार
(३९) प्रबासी नेपाली एकता मञ्च कतार
(४०) नेपाली समाज कतार
(४१) नवलपुर सेवा समाज कतार
(४२) इलाम सेवा समाज कतार
(४३) कर्णाली ६ न:प्रदेश समन्वय परिषद कतार
(४४)यादव सेवा समाज कतार
(४५) हेल्प मधेश कतार
(४६) सिरहा सेवा समाज कतार (प्रेम कुमार मण्डल)
(४७) धनुषा सेवा समाज कतार
(४८) प्रवासी कुशवाहा कल्याण समाज कतार
(४९) दाजु भाई समूह कतार (संयोजक सन्दीप भट्टराई)
(५०) मोरङ-सुनसरी सेवा समाज कतार
(५१) गण्डकी प्रदेश समन्वय परिषद कतार
(५२) भोजपुर सेवा समाज कतार
(५३)अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर
(५४) नवोदित साहित्यिक वाचनालय कतार
(५५) रामेछाप सेवा समाज कतार
(५६) संखुवासभा समाज कतार
(५७) ओखलढुंगा सेवा समाज कतार
(५८) लमजुङ सेवा समाज कतार
(५९) रोल्पा जलजला सेवा समाज
(६०) उदयपुर प्रबासी सेवा समाज
(६१)नेपाल आदिवासी जनजाति महासंघ कतार
साथै महासंघ कतारमा आबद्ध सकृय मातृसंस्थाहरू :-
(क) नेपाल मगर संघ, शाखा कतार,
(ख) किरात याक्थुङ चुम्लुङ कतार,
(ग) तमु (गुरुङ) समाज कतार,
(घ) किरात राई यायोक्खा शाखा कतार,
(ङ) नेपाल प्रवासी तामाङ समाज कतार,
(च) थारू काल्याणकारिणी सभा च्याप्टर कतार,
(छ) सुनुवार सेवा समाज शाखा कतार,
(ज) प्रवासी भुजेल समाज कतार,
(झ) नेवा पुच: कतार,
(ञ) नेपाली धनुक समाज कतार,
(ट) शेर्पा किदुग दोहा कतार
(६२) घले समाज दोहा कतार
(६३) सुदुर पस्चिमेली समाज कतार
(६४) नेपाली जनप्रगतिशिल मञ्च कतार
(६५) प्रबासी नेपाली मञ्च कतार
(६६) रोज हेल्पिङ्ग ह्याण्डस कतार
(६७) गोरखा सेवा समाज कतार
(६८) बागमती प्रदेश समन्वय परिषद कतार
(६९) बाग्लुङ सेवा समाज दोहा कतार
(७०) सिन्धुली सेवा समाज कतार
(७१) काभ्रेपलान्चोक सेवा समाज कतार
(७२) नुवाकोट सेवा समाज कतार
(७३)परियार मित्रता समाज कतार
(७४) ठकुरी सहयोग संजाल कतार
(७५) हाम्रो सपना संगीत परिवार कतार
(७६) प्रदेश न:१ समन्वय परिषद कतार
(७७) गोपाल सेवा समिति कतार, रहेका छ्न ।
आदिवासी जनजाती महासंघमा आबद्ध ११ सकृय मातृसस्था सहित ८८"सस्था सयुक्त आयोजक रहका छन।