दोहा : अन्तर्राष्ट्रिय नेपाली समाज कतारको अध्यक्षमा राजाराम शाहि र महासचिव तथा प्रवक्तामा धुर्व क्षेत्री चयन भएका छ्न ।
गत मिति १९ अगस्ट २०२२का दिन कतारको सनैया स्थित रोटना रेस्टुरेन्टको सभाहलमा राजाराम शाहिको सभापतित्व तथा सागर अधिकारी प्रमुख आथित्यता रहेको कार्यक्रममा २१ सदस्यीय कार्यसमिति पुनर्गठन गरिएको थियोे ।
जस अनुसार संरक्षक - सागर अधिकारि, अध्यक्ष - राजाराम शाहि ,वरिष्ठ उपाध्यक्ष, सन्तोष तिमल्सिना , उपाध्यक्षहरु : राम्जि सुबेदि, नबिन निरौला, शोभा चापागाईं, राम सुमन , महासचिव तथा प्रवक्ता - ध्रुव क्षेत्री, सचिब - मनोज दाहाल , कोषाध्यक्ष - पुस्पराज भन्डारि ,प्रमुख सल्हाकार - पवन राइसल्लाहकारहरु - राज भट्टराई , नबराज लामिछाने ,भरत परियार , सुरेश भट्ट , अब्दुल करिम, रहेका छ्न ।
एनआरएनए कुवंर समुहका कतार अध्यक्ष सुरेश भट्ट, पवन राइ किराति, नब लामिछाने, राजभट्टराई (दिप) ,गोर्खा सेवा समाजका महासचिव बिकास श्रेष्ठ, भरत परियार लगाएतको विशेष उपस्थित रहेको थियो भने कार्यक्रम करिब करिब तिन घन्टा सम्म चलेको थियो ।
कार्यक्रममा उपस्थिति अतिथि हरुले मन्तव्य राख्दै समाजमा आफुले श्रमिकको हितको लागि आवाज उठाउने र सबैलाइ समाबेसि तरिकाले मिलाएर सङ्गठनलाइ बलियो बनाउन कुरामा जोड दिएका थिए ।
नेपाल समाजबादी पाटि हालै मात्र जसपाबाट अलग भै "समाबेसी , संघियता , शुसासन, समृद्धि र समाजबाद " भन्ने आफ्नो नारा सहित सम्मुनत समाज उन्मुख राजनीतिक उदेस्यका साथ् डा. बाबुराम भट्टराई को नेतृत्वमा गठन भएको पाटि हो, कतार संगठनले नेपाली समुदाय र पिडित नेपाली श्रमजीबी बर्गको हितमा काम गर्ने कार्यक्रमका सभापती राजाराम शाहिले बताए ।कार्यक्रमको सहजीकरण मनोज दाहाले गरेका थिए ।