दोहा : संगम सेवा समाज कतारको तेस्रो अधिबेशन तथा तामाङ चलचित्र "टु" पसिनाकाे विशेष प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक कार्य गर्ने उदेश्यले सन :२०१३ मा कतारमा स्थापना गरिएको समाज कतारले गत १९ अगस्ट शुक्रबारका दिन भब्य रुपमा तेस्रो अधिबेशन तथा तामाङ चलचित्र "टु" पसिनाकाे विशेष प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको हो ।
कान्छामान तामाङकाे सभापतित्वमा तथा तामाङ घेदुङ प्रवास कार्यसमिति कतारका अध्यक्ष ईन्द्र बहादुर तामाङकाे प्रमुख आथित्यता रहेको कार्यक्रममा घेदुङका निवर्तमान अध्यक्ष तथा वैदेशिक राेजगार उद्वार नेपालका कतार प्रतिनिधि एक्का प्रसाद तामाङ ( याेगेन्द्र) लगायत कतारमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि हरुको बाक्लो उपस्थिति रहेको थियो ।
ब्यानर उट्घाटन, दिप प्रज्वलन गर्दै औपचारिक रुपमा सुचारु गरिएको कार्यक्रम खुल्ला सत्र, फिल्म प्रदर्शनी र बन्दसत्र गरि तीन चरणमा सञ्चालन भएको थियोे भने धनसिङ तामाङले स्वागत मन्तव्य राखेका थिए ।
उपस्थिति हरुले तामाङ चलचित्र "टु" पसिना को अभिरुचि पुर्वक हेरेका थिए ।फिल्म हेरेपछि सबैले सकारात्मक जबाफ दिएका थिए । कार्यक्रममा बोल्ने विभिन्न वक्ताहरुले संगम सेवा समाज कतारले स्थापनाकाल देखी गरिआएका विभिन्न कार्यहरूको चर्चा गर्दै नयाँ बन्ने कार्यसमिति सशक्त ढङ्गले अगाडि बढोस भन्दै शुभकामना राखेका थिए ।
गणेश ब्लेन्थेन तामाङले सहजीकरण गरेको कार्यक्रममा सभापति कान्छामान तामाङले आफ्नो कार्यकालमा विविध समस्याको वाबजुट साथ सहयोग गर्नेप्रती आभार व्यक्त गर्दै उपस्थित सम्पूर्णमा धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए ।
अधिबेशन बाट अध्यक्षमा : पूर्ण मान लोप्चन,
प्रथम उपाध्यक्ष - धनसिङ तामाङ
दृतिय उपाध्याय - फुललामा तामाङ
महिला उपाध्यक्ष - बिमल तामाङ
तृतीय उपाध्याय - राम बहादुर तामाङ
महासचिव - बिकाश तामाङ
सचिव - नरे तामाङ , रमेश तामाङ
कोषाध्यक्ष - सुब्बा तामाङ सह कोषाध्यक्ष - प्रेम तामाङ, कार्यसमिति सदस्यहरुमा: सर्मिल तामाङ, सुकमाय लिम्बु, मोहान सिङ तामाङ, अन्जु घले, श्रीराम मोक्तन तामाङ,जिवन तामाङ, छेसङ तामाङ, मान बहादुर तामाङ, इन्दिरा बुढथोकी, सरित तामाङ, आईता तामाङ, पुजा तामाङ, शुभ तामाङ, शुक्र तामाङ, बिमल तामाङ,सर्मिल पाख्रीन तामाङ, लक्पा तामाङ र प्लेन्तोङ तामाङ सहित लेखा समितिमा नवराज घिमिरे रहेका छन