दोहा कतार, भदौ ६। अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतारले आफ्नो चौथो वार्षिकोत्सब सहित नेपाली महिलाहरू को महान चाड हरितालिका तिज सनैया स्थित ह्वाईट हाउस प्लाजाको सभाहलमा भब्यताका साथ मनाएको छ।
समाजका अध्यक्ष दिपेन्द्र डागीको सभापतित्वमा शुभारम्भ गरेको कार्यक्रममा एनआर एन ए ( एन सीसी) कतारका अध्यक्ष महम्मद मुक्तादा मुसलमानको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा कतारमा स्थापित विभिन्न सामाजिक,बैचारिक संस्थाका प्रतिनिधिहरु,मात्री संस्था, प्रादेशिक जिल्लागत संस्थाहरुका प्रतिनिधि,समाजसेवी, ब्यबसायी, कलाकार लगायत रोल्पाली तथा गैर रोल्पाली सयौको संख्यामा नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा उपस्थित अतिथिहरुलाई संस्थाका सचीव चित्रा के सि , महिला बिभाग संयोजक बसन्ती मल्ल र सपना डांगीले खादा र ब्याज प्रदान गरि सम्मान गरेका थिए।ब्यानर अनावरण तथा दिप प्रज्वलन पश्चात् राष्ट्रिय गान गायर कार्यक्रमको औपचारिक शुरुवात गरिएको थियो ।उक्त कार्यक्रममा प्रमुख अतिथि महमद मुक्तादा मुसलमान , कार्यक्रमका सभापति दिपेन्द्र डांगी लगायत विशेष अतिथिहरुबाट केक काटेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।संस्थाका महासचिव केशर खत्रीद्वारा सहजीकरण गरिएको कार्यक्रममा संयोजक दुर्गा खड्काले स्वागत मन्तव्यद्वारा सबैलाई स्वागत गरेका थिए।
संस्थाका कलाकार संयोजक मान सिङ परियारको सकृयतामा मगर संघ लगाएतका करिब ३० जना कलाकार सहित थुप्रै ब्यक्तिहरुको उपस्थिती रहेको थियो।मगर संघका कलाकारद्वारा प्रस्तुत गरिएको नृत्यले सबैको मन लोभ्याएको थियो।प्रस्तुति राख्नेहरुमा हाम्रो सपना संगित परिवारका अध्यक्ष प्रकाश दर्नाल ,गुना मगर लगायत संस्थाका कलाकारहरुको दमदार प्रस्तुती रहेको थियो।कार्यक्रमको सुरुदेखी अन्तिमसम्म अहोरात्र खटेर सहयोग पुर्याउनुहुने विभिन्न ब्यक्तित्वहरुलाई सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियो।त्यसैगरी बाध्यवादक सामाग्री हारमोनियम संस्थालाई प्रदान गरिएको थियो।कार्यक्रमलाई सहयोग स्वरुप DSG कम्पनीका दिपेन्द्र ओली, सीता लिम्बू र गोपाल डांगी लगायत विभिन्न तवरले सहयोग पुर्याउनु संघ संस्था ब्यक्तिहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।
कार्यक्रमा प्रमुख अतिथी महम्मद मुज्तादा मुसलमानले कार्यक्रमलाई सम्बोधन गर्दै कतारमा कुनै पनि नेपालीहरुलाई जस्तो सुकै अप्ठेरो परेको भएतापनी अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज वा सिधै एन आर एन ( ए एन सी सी) वा दुताबासमा सम्पर्क गर्न आग्रह गर्दै त्यस्ता दुखी पिडितलाई घर सम्म पुर्याउने जिम्मेवारी आफुले लिने बताएका थिए।त्यसैगरी आगामी २६ तारिख शुक्रबारको दिन अलरयान स्कुलमा कतारमा स्थापित विभिन्न संस्थाहरुको आयोजनामा हुने तिज बिशेष कार्यक्रममा उपस्थित भैईदिनहुन आग्रह गरेका थिए।कार्यक्रम सभ्य र भब्य र कतार सरकारका ब्यक्तिहरुको गरिमामय उपस्थिति हुनेभएकोले कसैले पनि मादक पदार्थ सेवन नगरी सभ्यरुपमा उपस्थिति जनाउन अनुरोध गर्दै अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको बृहत प्रगतिको शुभकामना ब्यक्त गरेका थिए।कार्यक्रमका सभापती दिपेन्द्र डाँगीले संस्थाले दोहामा रहनु भएका सम्पूर्ण रोल्पालीहरुलाई एकत्रित गर्दै अगाडि बढ्नुको बिकल्प नभएकोले सम्पुर्ण रोल्पालीहरुलाई संस्थामा जोडिन आव्हान गरेका थिए। समाजको निमन्त्रणालाई सहस्र स्वीकार्दै उपस्थित सम्पुर्णमा धन्यबाद ज्ञापन गरेका थिए।कार्यक्रमलाई सफल बनाउन विभिन्न तह र तप्काबाट योगदान गर्नुहुने सम्पूर्ण मा हार्दिक धन्यबाद ब्यक्त गर्दै कतारमा भएका सम्पूर्ण संस्थासङ हरेक सुख दुखमा सहकार्य गर्ने प्रतिबद्धता सहित कार्यक्रम सम्पन्न भएको घोषणा गरेका थिए।