दोहा प्रदेश नं १ समन्वय परिषद् कतारको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
अधिबेशन बाट अध्यक्ष चूडामणि कार्की उपाध्यक्षमा दुर्गा प्याकुरेल, महासचिव निरन नेपाल, कोषाध्यक्ष भीम बराइली रहेका छन् । सदस्यहरूमा पदम कुमार घिमिरे, एकराज राई, भोला बस्नेत, गोपीकृष्ण अधिकारी, गोपाल बस्नेत, शिव भुजेल, पदम बहादुर श्रेष्ठ, खडानन्द बास्कोटा, भीमबहादुर थापा र महेन्द्र उप्रेती रहेका छन् ।
"समृद्धि हाम्रो सरोकार, उद्दमशीलता यसको आदार " भन्ने मुल उदेश्य लिएर सन : २०१७ मा स्थापना गरिएको संस्थाले गत १९ अगस्ट शुक्रबारका दिन दोहा ओसिस बीच होटलमा आफ्नो ऎतिहासिक दोस्रो अधिबेशन भब्य रुपमा सफल पारेको हो ।
परिषद्का अध्यक्ष चूडामणि कार्कीको सभापतित्व तथा नेपाली राजदूतावास कतारका राजदूत डा. नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट दोस्रो कार्यकालका लागि चूडामणि कार्की पुनः अध्यक्षमा निर्विरोध निर्वाचित बनेका हुन् ।
कार्यक्रममा दूतावासका द्वितीय सचिव प्रवीण भट्टराई, एनआरएनए आइसीसीका पदाधिकारी, एनसीसीका अध्यक्ष लगायत कतारमा स्थापित विभिन्न वैचारिक तथा सामाजिक सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्ने वक्ताहरूले प्रदेशको नामकरण नहुनुमा दुख व्यक्त गरेका थिए । वक्ताहरूले प्रदेश १ ले कतारमा मात्र नभई नेपालमा समेत राम्रा कार्यहरू गर्दै आफूलाई अग्रणी संस्थाका रूपमा प्रमाणित गरी सकेको बताएका थिए । दुर्गा प्याकुरेलको स्वागत मन्तव्य, महासचिव निरन नेपालले सहजिकरण रहेको कार्यक्रमको समापन गर्दै सभापति कार्कीले विविध कारण संस्थाको अधिवेशन गर्न ढिलाइ भए पनी संस्था सधैँ समाजमा रहेर सामाजिक कार्यमा सक्रिय रहेको बताए । ‘
प्रदेश नं १ मा ओखलढुंगा, उदयपुर, खोटाङ, सोलुखुम्बु, झापा,इलाम पाँचथर, तेह्रथुम, मोरङ, भोजपुर, संखुवासभा,धनकुटा, ताप्लेजुङ, सुनसरी गरि १४ जिल्ला रहेका छ्न ।