मनास्लु वर्ल्ड कलेज चाबहिलले विद्यार्थीहरुलाई भबिस्यमा कस्तो बन्ने र कस्तो शिक्षाको अनुसरण गर्ने लगायत उत्प्रेरणा जगाउने अभिमुखीकरण कार्यक्रम शनिबार राजधानीको चाबहिल स्थित स्मार्ट प्यालेसमा सम्पन्न गरेको छ।
स्वागत नृत्य सहित कार्यक्रम अवधिभर मनास्लुका विद्यार्थीका प्रतिभाले भरिपूर्ण विभिन्न प्रस्तुतिले कार्यक्रमलाई अझै रोचक बनाएको थियो । मनास्लुकि विद्यार्थी आकृति थापा लिम्बुले नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै दिएको दमदार अङ्ग्रेजी स्वागत मन्तव्य मार्फत मनास्लुले आफ्नो गुणस्तरियताको स्पष्ट परिचय प्रस्तुत भएको थियो। मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाको सभापतित्व, नेपाली काङ्ग्रेसका महामन्त्री तथा काठमाडौँ क्षेत्र ४ का संघीय सांसद गगन कुमार थापाको प्रमुख आतिथ्यमा शुभारम्भ भएको कार्यक्रममा चर्चित पत्रकार ऋषि धमला, उत्प्रेरक वक्ता विकास देव योञ्जन, कमेडियन महादेव त्रिपाठी, गायक उर्गेन दोङ लगायत विभिन्न क्षेत्रमा स्थापित दिग्गज व्यक्तित्वहरू उपस्थित रहेका थिए।त्यसैगरि मनास्लुमा कक्षा ११ मा भर्ना भएका विद्यार्थी, शिक्षक, शिक्षिका ,शिक्षाप्रेमी तथा शुभचिन्तकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
यस शैक्षिक वर्षमा कक्षा ११ मा ६०३ जना विद्यार्थी भर्ना गरेको खुसीयालीमा उक्त सङ्ख्या लेखिएको केक काटेर कार्यक्रममा मनास्लु परिवारले खुसी मनाएको थियो।विभिन्न ब्यक्तिहरुले आफ्नो मन्तब्य राख्ने क्रममा चर्चित पत्रकार ऋषि धमलाले मनास्लुले आश्चर्यजनक रूपमा छोटो समयमै लोभलाग्दो प्रगति गरेको र यही गतिमा गए देशको समग्र शैक्षिक भविष्य नै परिवर्तन गर्न सक्ने ल्याकत राख्ने उल्लेख गरे। नेपाल आज शिक्षाको विकास हुन नसकेकै कारण पछाडि परेको भन्दै उनले हरेक क्षेत्रमा भोलि मनास्लुका विद्यार्थीले नेतृत्व गर्ने विश्वास आफूले लिएको बताए । अबको पुस्ताले समग्र देशको जिम्मा लिनुपर्ने भन्दै उनले विद्यार्थीलाई त्यसका लागि हिम्मत र साहस देखाउन सुझाव दिए । त्यसैगरी कलेजका बिभागिय प्रमुखहरुले कार्यक्रममा प्रत्येक विषय किन र के का लागि पढ्ने ? मनास्लुमा त्यो विषयको अध्यापन कसरी हुन्छ? लगायत विषयमा छुट्टाछुट्टै प्रस्तुति दिएका थिए । त्यस्तै मनास्लुले विभिन्न विषयहरूमा दिने सुविधा र ती विषयका विशेषताहरू बारे जानकारी दिँदै मनास्लुका एकेडमीक हेड शशी केसीले कलेजको पहिलो उद्देश्य बोर्ड टपर बन्ने रहेको बताए । सँगै इसिएमा उत्कृष्टता ल्याउने अर्को उदेश्य पनि कलेजले राखेको बताए ।
कलेजको प्रमुख उद्देश्य संस्कारी विद्यार्थी उत्पादन गर्नु रहेको उल्लेख गर्दै कार्यक्रममा अन्य वक्ताहरूले पनि यो ३ वर्षे यात्रामा नै आफूलाई अब्बल साबित गरिसकेको मनास्लु `हुने बिरुवाको चिल्लो पात ´ भनेझैँ दिन दिनै प्रमाणित हुँदै गरेको उल्लेख गरेका थिए भने मनास्लुको आगामी यात्राका लागि शुभकामना ब्यक्त गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि गगन थापाले आफ्नो मन्तव्य राख्दै आफ्नो विद्यार्थी कालको अनुभव सुनाउदै प्लस टु पढ्ने उमेर अति संवेदनशील हुने बताएका थिए। यो उमेरमा विद्यार्थीले अपनाउनुपर्ने सजगताका बारे सचेत गराउदै महत्वपूर्ण सुझावहरु ब्यक्त गरेका थिए।
आफ्नो एकजना साथिको उदाहरण दिँदै राम्रो पढ्ने साथी कुलतमा फसेर उसको जीवन बर्बाद भएको बताएका थिए । उनले आफ्नो जीवनको उद्देश्य पत्ता लगाउन र निरन्तर त्यसमै लाग्न विद्यार्थीलाई सुझाव दिए । आज आफूले गर्ने निर्णयको भारी जीवनभर आफैले बोक्नुपर्ने भन्दै प्रविधिको सही सदुपयोग गर्न र सकारात्मक धारणा बनाउन विद्यार्थीलाई अपिल गरे।
छोटो समयमै आफ्नो गुणस्तर बाट आफूलाई प्रमाणित गर्न सफल मनास्लु सँग विद्यार्थीको शैक्षिक यात्रा अर्थपूर्ण बन्ने विश्वास लिएको बताउदै शैक्षिक यात्राको शुभकामना ब्यक्त गरेका थिए। त्यसैगरी कार्यक्रमको अध्यक्षता गर्दै विद्यार्थीलाई स्वागत गरेका मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले स्थापनाकालको तेस्रो वर्षमै आफूलाई प्रमाणित गर्दै मनास्लुले आफ्नो अस्तित्व स्थापित गरेको बताए ।
करिब १० हजार विद्यार्थीहरूले कक्षा ११ पढ्नका लागि मनास्लुमा `इन्क्वाइरी´ गरेको र त्यस मध्ये प्रवेश परीक्षा मार्फत छानिएर ६०० विद्यार्थीले मात्रै भर्ना पाएको हुँदा उपस्थित विद्यार्थीहरू भाग्यमानी भएको उनको भनाई थियो ।
फरक सोच सहित स्थापित कलेज भएकाले कार्यक्रम पनि फरक हिसाबले राखिएको बताएका थिए।
उनले देशभर बाट उज्ज्वल भविष्य निर्माण गर्ने महान् अभिलाषा बोकेर आएका सबै विद्यार्थीको सपना पूरा गर्न मनास्लु सफल हुने विश्वास सहित उनले कक्षा ११ का विद्यार्थीहरु लगायतलाई स्वागत गरेका थिए।