शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक पनि पदाधिकारी चयनको विषयमा अनिर्णीत बनेको छ । नेता कृष्णबहादुर महराले पुनःभोलि १ बजे बस्ने बैठकले पधिकारीलाई अन्तिम रुप दिने जिकिर गर्नुभयो ।
“आज स्थायी समितिको बैठक बस्यो, पदाधिकारी र पार्टी कार्यक्रमका विषयमा विस्तृत छलफल भयो”, पदाधिकारीसम्बन्धी छलफलका विषय बाँकी नरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “भोलि अपराह्न १ बजे बस्ने बैठकबाट टुङ्गो लाग्छ ।”
पदाधिकारी चयनका विषयमा पार्टीभित्र निकै गहन छलफल भएको उहाँको भनाइ छ । “विवादका कारण पदाधिकारी चयन गर्न नसकिएको भन्ने होइन”, नेता महराले भन्नुभयो, “पदाधिकारी चयन तथा कार्यक्रमका बारेमा विस्तृत र गम्भीररुपमा छलफल भएको छ । अब छलफल गर्न बाँकी विषय छैनन्, भोलि अपराह्न १ बजे बस्ने बैठकले अन्तिमरुप दिन्छ ।”