दोहा : अन्तर्राष्ट्रिय नेपाली समाज कतारको प्रथम पुनर्गठन कार्यक्रम अगस्ट १९ मा हुने भएको छ ।
बिभिन्न पेसा र व्याबसाय तथा श्रम गर्दै कतारलाइ कर्म भुमि बनाएका नेपाली समुदायले नेपालमा बदलिदो परिवेश अनुसार आफ्ना समस्या अनि जातीय, भाषिक र धार्मिक अधिकार सहित को पहिचानका निमित्व सबै समुदायलाइ एकताबद्द मजदूरका हितमा काम गर्ने उदेस्यका साथ् नेपाल समाजबादी पाटि सम्बद्द भात्री संगठन "अन्तर्राष्ट्रिय नेपाली समाज कतारको" पुनर्गठनमा लागेको सस्था पुनर्गठन अभियानका अभियन्ता तथा निवर्तमान नेपाली समाज कतारका बरिस्ठ उपाध्यक्ष राजाराम शाहीले बताए ।
नेपाल समाजबादी पाटि हालै मात्र जसपाबाट अलग भै समाबेसी , संघियता , शुसासन, समृद्धि र समाजबाद भन्ने आफ्नो नारा सहित सम्मुनत समाज उन्मुख राजनीतिक उदेस्यका साथ् डा. बाबुराम भट्टराई को नेतृत्वमा गठन भएको पाटि हो, यसैको परिसरमा रहेर गठन हुन लागेको कतार संगठनले नेपाली समुदाय र पिडित नेपाली श्रमजीबी बर्गको हितमा काम गर्ने कार्यक्रम संयोजक मनोज दाहालको भनाइ छ ।
जसपा पाटि र तेस्को नेतृत्व सम्पुण नेपाली भूभाग तथा समुदायको नेतृत्व गर्न नसक्ने एउटा सिमित क्षेत्र जात तह र समुदायको आडमा सर्बसत्ता बादी अहंकारी राजनीति गरेकाले यस्तो बिभेदी एउटा क्षेत्रीय संगठनबाट देशको हितमा काम गर्न नसक्ने ठहर गरि आफुहरु नेपाल समाजबादी पाटि सम्बद्द संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतार पुनर्गठन अभियानमा लागेको अभियानका अभियन्ता सन्तोष तिमिल्सिना, सागर अधिकारि र राम्जी सुबेदीको कथन थियो' ।
जसपा सम्बद्द सस्थामा रहेर महासचिवको भूमिका निभाएका नबिन निरौलाले कतारका बहु संख्याक नेपाली समुदाएको सहभागितामा संगठन पुनर्गठन हुने भन्दै सबै कतार बासि नेपाली समुदाय तथा नेपाल समाजबादी पाटीका सुभचिन्तक हरुलाई कार्यक्रममा उपस्थित भएर भब्यताका साथ् कार्यक्रम सफल बनाउन आह्वान गरेका छ्न । कार्यक्रम संयोजक मनोज दाहाल ले बिज्ञप्ति मार्फत नै समुदायमा उपस्थिको लागि अपिल गरेका छन !