झापा:हिमाल लिम्बुको शब्द रचना र लोकप्रीय गायकगायिका शिव सम्वाम्फे र निरन्ता नेम्वाङ्को मिठो स्वरमा सजिएको नितेगेन फुङ गीतको बिमोचन भएको छ।
कमल गाउँपालिका वडा न.३,को केरखा बजार स्थित श्री शहिद धर्मभक्त मावी विद्यालयको सभा-हलमा गत श्रावण १८ गते बुद्ध राज फोम्वोको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि भब्यताका साथ बिमोचन गरिएको उक्त गीतको निर्देशन चन्द्र फोम्वोले गरेका छन्। याक्थुङ/लिम्बु पहिरन र गरगहनामा सजिएर महिलाहरुको सयौको उपस्थितिमा रहेको सो कार्यकम ब्यानर र प्रोजेक्टर बाट एकैसाथ उद्घाट्न गरीएको थियो। राष्ट्रिय-गान बाट शुरु गरिएको उक्त कार्यक्रममा नितेगन गीतका कलाकारहरु लाई खादा ओढाई तथा प्रमाण-पत्र हस्तान्तरण गरि सम्मान समेत गरिएको थियो।
तुङ्दम गितको भाग १ र २ को युट्युब च्यानलमा लाखभन्दा बढी भ्युअर्स पुगेको खुसियालीमा केक काटी खुशीयाली मनाईएको थियो। सो कार्यक्रममा नितेगेन गीत प्रोजेक्टरद्वारा दुई बजे प्रदर्शन हिमाल लिम्बू युट्युब च्यानलबाट एकैचोटी रिलिज गर्ने ब्यबस्थापन गरिएतापनि विविध प्राबिधिक कारणले दुई घन्टा ढिलो भएको थियो।लिम्बु मौलिक पालम गित हेरिसकेपछी गितका बारेमा प्रमुख अथिती प्रेम पन्दाकले बोल्दै युवा पुस्तामा आफ्नो भाषाको मौलिक सांस्कृतिक गीतमा सकारात्मक कुरा भएको बताउदै निरन्तर सफलताको शुभकामना ब्यक्त गरेका थिए।
त्यसै गरी बिशेष अतिथि चन्द्र फम्बोले नितिगेन फुङ गित र शब्द बारे स्पष्ट पार्दै नितिगेन फुङ्को शाब्दिक अर्थ जिवनको फुल हो र लिम्बू समुदायमा गाइने र धान-नाच्ने पालम शैली अन्यसंग भाका मिल्न सक्ने भएपनी यो कसैको कपिराईट नभएको बताएका थिए। आफ्नै भाका र शैलिमा सिर्जना गरिएको भन्दै यस गीतले पनि तुम्दङ् भाग १ र २ ले युट्युब च्यानलमा लाखौ भ्युवर्सहरुले हेरे झै यो नितिगेन पनि सफल पार्न हिमाल लिम्बु युयच्यानल हेरी प्रतिक्रिया राख्न आह्वान गरेका थिए,त्यस्तैगरि अतिथीहरु क्रमश: बलनाथ नाल्वो, मनकुमार थलङ, बिरेन्द्र कु.यक्थुङ्वा(शुवास), लिला राई, नगेन्द्र लावती, अम्बर मावोहाङ लिम्बू अमृता शेर्पा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अथितिहरुमा बसन्तराज सुब्बा, मेण्डम म्येन्यङ्बो, दुर्गा इज्जम, दिव्य नाल्बो, आशा तेयुङ, फुलमाया, दिलमाया, ड्रोन पर्शन नगिन धिमाल, मेक-अप मेन सोम मग्रान्ती रहेका थिए। हिमाल लेर्छ्र्बो लिम्बुले सञ्चालित सो-कार्यक्रम मा नेत्र केरुङ्ले स्वागत मन्तब्य राखेका थिए ।अन्त्यमा: बुद्धराज लिम्बुले उपस्थित सबैलाई सम्वोधन गर्दै तुम्दङ सफल पार्न सहयोगी र नितेगेन फुङ बिमोचन कार्यक्रम समारोहमा सहभागी सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए।