काठमाण्डौ,साउन २९। नृत्य निर्देशक संघ नेपाल गोकर्णेश्वर नगर कमिटी द्वारा अन्तर विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता साउन २७ गते शुक्रवार नयाँ बस्तीमा स्थित टाइमलाईन स्कुलमा सम्पन्न भएको छ।
नृत्य निर्देशक संघ नेपालको स्थापना दिवसको अवसरमा
नृत्य निर्देशक संघ नेपाल गोकर्णेश्वर नगर कमिटीका अध्यक्ष बाबू सेन्चुरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगर पालिकाका नगर प्रमुख दिपक रिसाल रहनु भएको थियो ।विशेष अतिथिमा नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ ,टाइम लाईन स्कुलका प्रिन्सिपल राम प्रसाद वडाल, अतिथिहरुमा नृत्य निर्देशक संघ नेपालका बरिस्ठ केन्द्रीय उपाध्यक्ष प्रदिप मान श्रेष्ठ ,महिला केन्द्रीय उपाध्यक्ष भावना कार्की ,केन्द्रीय सचिव ऋषि केश श्रेष्ठ ,केन्द्रीय सह-कोषाध्यक्ष केशव कोईराला तथा भक्तपुर जिल्ला शाखाको उपाध्यक्ष नारायणी थापा मगर लगायत कलाकार बुद्धिजीवी स्थानिय दाजुभाई तथा दिदिबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य दिदै नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला शाखाका सचिव देवराज गुरुङ संयोजक रहेका थिए।कार्यक्रममा करिब १३० वटा विभिन्न नृत्यहरु गरिएको थियो।जसनुसार निम्न विभिन्न गितहरु राष्ट्रिय गीत, बाल गीत ,थारु,नेवारी ,दोहोरी ,टप्पा ,छलिया,तामाङ सेलो,गुरुङ,झ्याउरे,मारुनी,साकेला र हुड्केली विधाका गीतहरुमा नृत्य प्रस्तुत गरि तीन तीन समूह लाई फाईनल चरणमा ल्याईएको संयोजक देवराज गुरुङ्ले जानकारी गराएका छन।
उक्त अन्तर बिद्यालय स्तरिय सामुहिक नृत्य प्रतियोगितामा विभिन्न बिधाका फाइनलिष्ट बिजेताहरु मध्ये १) राष्ट्रिय गित नृत्यमा प्रथम :- किल्टन स्कुल,द्वितीय:- प्रारम्भ एकेडेमी र तृतिय:- बिभुती पाठशाला,२) बाल गित नृत्यमा प्रथम :- पद्म चक्र स्कुल,द्वितीय:- बाल गिताञ्जली स्कुल र तृतिय:- एप्पल सिड्स स्कुल,३) तामाङ सेलो नृत्यमा प्रथम :- कान्तिपुर एकेडेमि,द्वितीय:- लिम्पिया स्कुल एण्ड कलेज र तृतिय:- अल्पाइन एकेडेमी,४) गुरुङ नृत्यमा प्रथम :- जुगल नवगुरुकुल,द्वितीय:- महेन्द्र भवन स्कुल,तृतिय:- न्यु बुद्ध प्रकाश,५) झ्याउरे नृत्यमा प्रथम :- टौदह मा. वि.,द्वितीय:- एशियाली तारा पुञ्ज,तृतिय:-तीरुपति स्कुल,६)मारुनी नृत्यमा प्रथम :जोसेफ इन्टरनेसनल स्कुल ,द्वितीय:- वालबाटिका स्कुल र तृतिय:-वोन स्काई लार्क ७) साकेला नृत्यमा प्रथम :- हाइलि क्रिएटिभ,द्वितीय:- रिलायन्स ई.एकेडेमी ,८)हुड्केली नृत्यमा प्रथम :- आकाश दिप,द्वितीय:- फेरिल्यान्ड, तृतिय:-जोसेफ हाई स्कुल भएका छन।
यसैक्रममा अन्य गीतहरु ९) थारु नृत्यमा प्रथम :- एम्विसन एकेडेमी ,द्वितीय:- एकलव्य शिक्षा सदन र तृतिय:-बायोका कम्युनिटी स्कुल, १०) नेवारी नृत्यमा प्रथम :- माउन्ट भ्यु स्कुल
द्वितीय:- बिध्या आर्जन स्कुल र तृतिय:- इम्मान्युयल स्कुल ११) दोहोरी नृत्यमा प्रथम :- सेन्ट जोन स्कुल,द्वितीय:- टाइमलाइन स्कुल र तृतिय:- सुनौलो भविस्य,१२) टप्पा नृत्यमा
प्रथम :- बिपुल शिक्षा सदन,द्वितीय:- चार्स डार्विन स्कुल र
तृतिय:- काठमाडौं बिद्या मन्दिर,१३) छलिया नृत्यमा
प्रथम :- बाल शृजनालय स्कुल,द्वितीय:- साम्तेन मेमोरियल स्कुल र तृतिय:- ग्राण्डी स्कुल बिजेता रहेका छन।
उक्त प्रतियोगितामा बिजेता सम्पुर्ण बिध्यालयहरुलाई कार्यक्रमका प्रमुख अतिथी, बिशेष अतिथी तथा नृत्य निर्देशक संघ नेपालका काठमाडौं जिल्ला, भक्तपुर जिल्ला, नगर कमिटिका पदाधिकारी तथा विभिन्न संघ सस्थाका पदाधिकारिहरुद्वारा संयुक्त रुपमा ट्रफी तथा सर्टिफिकेट प्रदान गरिएको थियो।नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्लाको अध्यक्ष चुडामणि फुयालले सहजिकरण गरिएको कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका सभापती बाबू सेञ्चुरिले कार्यक्रम सफल पार्न प्रत्यक्ष, अप्रत्यक्ष सहयोग पुर्याउनुहुने नृत्य निर्देशक,सहभागी बिद्यालय, हल उपलब्ध गराउनुहुने टाइमलाइन स्कुल, मिडियाकर्मी, स्वयंसेवकमा सहयोग गर्नुहुने ग्रीन आर्मिका पदाधिकारीहरु तथा सम्पुर्ण अन्य सहयोगि सस्थाहरुलाई धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन भएको थियो।