मुग्लानी खबर/बैशाख १५
नेपाल प्रवासी तामाङ समाज कतारको आयोजनामा हिजो सुक्रबारको दिन कतारको अलखोर स्थित पाकिस्थानी रेस्टुरेन्टको सभा हलमा आफ्नो १३ औं बार्षिक भेला कार्यक्रम भब्य सभ्य रुपमा गर्दै समाजलाई बिभिन्न समयमा सहयोग गर्ने सहयोगी तथा संघसस्थालाई खादा ओढाई सम्मान पत्रद्वारा सम्मानित गरेको छ।
"तामाङ जातिको परिवर्तन,शैक्षिक तथा आर्थिक सुदृढीकरण " भन्ने मुल नाराका साथ सन २००५ मा स्थापना भएको संस्थाले गरेको भब्य कार्यक्रममा लेखिएको ब्यानरले सु सज्जित स्टेजमा सस्थाका अध्यक्ष तिर्थ थिङ तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि समाजकै प्रमुख सल्हाकार थर्चा लामा रहेका थिए ।
अन्य अतिथि हरुमा समाजका बिशेस सल्हाकार तथा अन्तरराष्ट्रिय समन्य समितिका प्रमुख संखलाल तामाङ,लामा गुरु गुर्व लामा ,सल्हाकार रोशन दोङ तामाङ,जीवि तामाङ,नेपाल घेदुङका पुर्व केन्द्रीय सदस्य राम तामाङ,महिला बिभाग उपप्रमुख अस्मिता तामाङ,ओखलढुंगा सेवा समाजका सुमन तामाङ,सन्ध्याग्रुप अध्यक्ष बिरेन्द्र याक्थुम्बा,म्यहेन्दोमाया समाज कतारका अध्यक्ष कान्छाराम तामाङ,तामाङ कलाकार संघ कतारका अध्यक्ष वाङ्जु तामाङ लगायत कतारमा रहेका बुद्दिजीवी सामाजिक व्यक्तित्व हरुको बाक्लो उपस्तिथी रहेको थियो ।
कार्यक्रममा संस्था स्थापना भएको १३ औं बर्षको अवसरमा केक काट्दै उपसस्थित लामा गुरु, गुर्व लामा बाट मन्त्र उच्चारण गरेर सुरुभएको औपचारिक कार्यक्रममा द्वीतिय उपाध्यक्ष प्रकाश माम्बा तामाङले उपस्थित सम्पुर्णमा स्वागत मन्तब्यका साथै संस्कार बिभाग प्रमुख बाबु योन्जन तामाङ को टोलिको स्वागत गीत मार्फत स्वागत गरिएको थियो।
कार्यक्रममा आ.व. २०१७/२०१८ एक वर्षको अबधिमा सस्थाले गरेको प्रगती प्रतिबेदन लाई महासचिव धिरेन तामाङ बाट प्रस्तुत गरिएको थियो भने उक्त प्रतिबेदनलाई उपस्थित सम्पूर्ण बाट तालि बजाएर पारित गरियो ।
त्यस्तै आर्थीक प्रतिवेदन पनि कोषाध्यक्ष नेत्र कुमार वाइबाले चुस्त दुरुस्त पढाएर सुनाएपछी खुसी ब्यक्त गरे।
सस्थाको अधिबेशन पश्चात बिभिन्न कारणले सदस्यहरु आफ्नो जन्मभुमि फर्केपछी रिक्त रहेको केन्द्रिय सदस्यहरुको रिक्त पदहरुमा क्रमशः मोइराम तामाङ,प्रेम घिसिंङ तामाङ,सुबास तामाङ,सुनिल मोक्तान ,आशिष मोक्तान ,शिव तामाङलाई नियुक्त गरि सपत ग्रहण समेत गराएको छ।
केन्द्रीय सदस्य भावना तामाङले कतारको बसाइलाई बिट मारेर जान लागेकी हुदा सस्थालाइ दिएको योगदानको कदर गर्दै उनलाई पनि सस्थाबाट खादा ओढाउदै सम्मान पत्र साथ बिदाइ गरिएको थियो।
कार्यक्रममा मन्तब्य राख्नेहरु काभ्रे पलान्चोक सेवा समाज कतारका अध्यक्ष नन्द प्रसाद ढुंगाना,रामेछाप दोहा सम्पर्क समाजका ललित कुमार तामाङ, समाजका विशेष सल्हाकार संखलाल तामाङ,प्रमुख अतिथि थर्चा लामा तामाङ लगायतले वैदेशिक रोजगारीको शिलशिलामा कतार भरि छरिएर रहेका विभिन्न पेशा तथा व्यवसायमा संलग्न तामाङ समुदायको सेवामा समर्पित हुँदै सिङ्गो तामाङ समुदायको समृद्धका लागि अतुलनिय योग्दान गर्दै आएको तामाङहरूको साझा सस्था नेपाल नेपाल प्रवासी तामाङ समाज कतारको १३ औं बार्षिक तथा सम्मान कार्यक्रममा सहभागिता जनाउन पाउदा अति गर्व रहेको बताउदै समाजले आफ्नो जाति र नेपाली हरुको निम्ति गरेको योगदान अतुलनीय रहेको बताए ।
प्रवासमा रहेर पनि सिङ्गो तामाङ समुदायको भाषा,धर्म सस्कृती,रितिरिवाज पहिचान जोगाउन तामाङ समाज कतार प्रवासमा रहेर पनि सिङ्गो तामाङ समुदायको भाषा,धर्म सस्कृती,रितिरिवाज पहिचान जोगाउन तामाङ समाज कतार रचनात्मक साथै गुणात्मक कार्यक्रम गर्दै अगाडि बढोस भन्ने कामना गरेका थिए ।
तामाङ समुदाय राजनितिमा धेरै पछी रहेकाछ्न अबका दिनमा राजनितिक क्षेत्रमा पनि चेतना जगाउनु पर्ने आबस्यक रहेको औल्याउँदै तामाङ समाज कतारको प्रगतिको सुभकामना ब्यक्त गरे ।
शैक्षिक बिकास कोषका संयोजक नर घिसिङ तामाङले तामाङ समुदाय बिस्वको जुनसुकै देशमा पुगेपनी आफ्नो धार्मिक सास्कृतिक पहिचानको निम्ति अग्र स्थानमा रहेका छ्न । तर पनि शिक्षाको उज्यालो घामबाट कमजोर हुनाले आज धेरै तामाङहरु बिदेशीन बाध्य रहेको जानकारी गराए।
अर्काको सेवा गरेर आर्थिक समृद्धिगर्न मुस्किल देखिन्छ । शिक्षानै सफल जीवन को सबैभन्दा ठुलो खम्बा हो ।
उन्ले तामाङ समाजमा भएका केहि कमि कमजोरि हरु औल्याउँदै अवको दिनमा तामाङ जातिको शिक्षाको निम्ति सबै तामाङ दाजुभाइ एकजुट भैइ अगाडि बढ्नुपर्ने बताए।
कार्यक्रमको अन्त्यमा सभापति तिर्थ थिङ तामाङले प्रवासमा रहेरपनि हामी आफ्नो धर्म सस्कृती,रितिरिवाज परम्परा पहिचान लाई जोगाउन कटिबद्ध छौँ ।
तामाङ समाज कतारले यस्को लागि दिलो ज्यान दिएर लागिपरेको बताउदै १३ औं बार्षिक भेला तथा सम्मान कार्यक्रमलाई सफल पार्न उपस्थित सम्पुर्ण तामाङ तथा नेपाली दाजुभाइ, एक बर्षको अवधीमा सस्थाले गरेका कार्यहरुमा साथ सहयोग सुझाव सल्लाह दिने सम्पुर्णमा धन्यवाद प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए ।
उक्त कार्यक्रमलाई सचिव कुमारी लामा बम्जन र सद्स्य सुबास तामाङले संचालन गरेका थिए ।