झापा, साउन २६ : (वसन्तराज सुब्बा) आदिवासी जनजातीहरुले मनाउदै आएको अन्तर्राष्ट्रिय २८औ आदिवासी जनजाती दिवस तथा दोस्रो अधिवेशन यही श्रावण २५ गत्ते कमल गाउँपालिकाको सभाहलमा सम्पन्न गरेको छ।
आदिवासी जनजाती सवन्वय परिषद कमल गाउँपालिका अध्यक्ष छत्रहाङ फागोको सभाध्यक्षमा भएको कार्यक्रममा राष्ट्रिय गान र सहिदहरुको स्मरण गर्दै मौनधारण र पानसमा बत्ती प्रज्वलन गर्दै शुरूवात गरिएको थियो।खुल्ला सत्र र बन्द सत्र गरि दुई चरणमा गरिएको कार्यक्रममा अध्यक्ष छत्र फागो द्वारा प्रगती प्रतिबेदन र कार्यक्रम सञ्चालक मनोज गुरुङद्वारा आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो।
त्यस्तैगरी गएको स्थानिय निर्वाचनबाट कमल गाउँपालिका अन्तर-आदिवासी जनजाती जनप्रतिनिधीहरु क्रमश: गाउँपालिका अध्यक्ष हुकुम सिंह राई वडा नं २ का वडा अध्यक्ष अशोक लिम्बू,वडा नं ७ का वडाअध्यक्ष् पृथ्वीपति राई, कार्यपालिका सदस्य चन्द्रकला लिम्बू, गङ्गादेवी राई,सोभियत राजवङ्सी भगवती राई,वडा सदस्य कल्पना राई, एन्जल गुरुङ, सन्त कुमार मगर, नवीन राई, ओम प्रधान र चुरुहाङ लावति लगायतलाई सम्मान गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले आदिवासीहरुको हक अधिकार देखि बिगत लामो समयदेखिको आदिवासी रङ्गशालाका बारेमा बताएका थिए।करिब ७ सय ४५ ओटा समाधिस्थल भत्काएर बिधिपुर्बक एक ठाउँमा पुरेर निर्माण गरिएको रङ्गसालाले लामो समयको संघर्ष पश्चात् पुर्णता पाउनेमा स्पष्ट पार्दै अधिवेशन बाट चयन हुने नयाँ कार्यसमिति स्वच्छ छवि भएको आउनुपर्छ भन्दै अग्रिम शुभकामना ब्यक्त गरेका थिए। त्यस्तै जनप्रतिनिधिहरुको तर्फबाट आफ्नो भनाई राख्दै विशेष अतिथि कमल गाउँपालिका उपाध्यक्ष प्रमिला बस्नेतले बहुल जातजाती र भाषा भएको हाम्रो देशमा सबै जातिको संस्कार सस्कृतिको जगेर्ना र संरक्षण गर्न सरकारको दायित्व रहेको र एक अर्कामा संस्कार संस्कृतिको सबैले सम्मान र सद्भाव राख्नुपर्छ भन्दै २८औ आदिबासी दिवसको शुभकामना दिएकि ब्यक्त गरेकी थिईन।
बिशिस्ट अतिथि आदबासी जनजाती महासंघका जिल्ला अध्यक्ष कुमार श्रेष्ठले आदिवासी जनजाती बिशेष अधिकार र UN आइ एलो १६९ बारे उल्लेख गरेका थिए। बुद्धिजिवि तथा समाजिक ब्यक्तित्वको तर्फबाट भिक केरुङ्ले आदिवासी अधिकार र पहिचान संगै संघीयताको संरचनाका कमिकमजोरी र अहिले सोचे जस्तो उपलब्धि प्राप्त हुन नसक्नुको कारणहरु स्पष्ट पारेका थिए। त्यस्तै नेपाल आदिवासी महासंघ सल्लाहकार समितिको तर्फबाट लाल बहादुर काउचा मगर, बिभिन्न जातिय पुर्बप्रमुखहरुको तर्फबाट चन्द्र ताजपुरिया र विभिन्न जातिय मातृसंस्थाहरुको तर्फबाट प्रतिनिधित्व आ-आफ्नो मन्तव्य राखेका थिए। अथितिहरुमा: कमल गा.पा. महिला बालबालिका तथा बिभागिय प्रमुख रेनुका गौतम र कमल गाउँपालिका का वडा अध्यक्ष र सदस्यहरु, जातिय१९ ओटा मातृ संस्थाका अध्यक्षहरु लगायत रहेका थिए। शुभकामना ब्यक्त गरेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष अक्कल बहादुरले गरेका थिए भने खुल्ला सत्रको अन्त्यमा सभाध्यक्ष छत्र फागोले आफ्नो कार्यकलमा सोचेजस्तो कार्य गर्न महाब्याधि कोरोनाका कारण असहज भएको बताउदै अब हुने अधिवेशन निर्वाचन प्रणालीबाट नगई सहमतिमा जान आग्रह गरेका थिए। निर्वाचन प्रणाली बाट आफू अध्यक्ष हुँदाका अनुभवलाई समीक्षा गर्दै सहमतिमा जान आग्रह गरेका थिए भने अन्य मासबाट आएका विभिन्न प्रश्नहरुको जवाफ दिदै आफ्नो कार्यकालमा साथमा कामगर्ने सहकर्मी लगायत कार्यक्रम सफल पार्न अनवरत सहयोग पुर्याउनुहुने सम्पुर्णमा हार्दिक धन्यवाद ब्यक्त गरेका थिए।
त्यसपछी दोश्रो चरणमा निर्वाचन मण्डलीमा निर्वाचन संयोजक चक्र गुरुङ, पारस मणि राई र मिथिला श्रेष्ठ थिए । माइन्युट समितिमा संयोजक सुर्य प्रसाद, चन्द्र ताजपुरिया र सज्जु मगर रहेका थिए । कार्यसमिति चयनमा समझदारीमा न आएपछि भोटिङ प्रक्रियामा गएका थिए जस अनुसार उपरोक्त निर्वाचनद्वारा आएको अध्यक्षको चुनावमा १९ मतादाताबाट अक्कल बहादुर गुरुङ्को ५ मतका विरुद्ध बदी साम्पाङ्ग राईले १४ मत ल्याई भारी मतान्तरले बिजयी भएका थिए। अन्त्यमा: निर्वाचित अध्यक्ष बदी साम्पाङ्ले आफू आदिवासी जनजाती महासंघको विधि र बिधानले दिएको क्षेत्राधिकार भित्र रहेर आदिवासी जनजातिहरुको हक हितमा काम गर्दै जाने बताएका थिए। कार्यसमितिमा नव-निर्वार्चित पदाधिकारीहरु अध्यक्ष बदी साम्पाङ राई,बरिष्ठ उपाध्यक्ष तिर्थ कुमार ताजपुरिया, उपाध्यक्षहरु अमृता शेर्पा र अशोक सुनवार, सचिव, मनोज तामाङ, उपसचिव राजकुमार मगर, सहसचिव कमल मार्डी, रत्नमाया धिमाल, कोषाध्यक्ष रेश्मा चेम्जुङ, सदस्यहरुमा शुरेस माझी, बिजय मेचे, शुरज कुमाल, अजय उराउ, केदार जिमी,धनइयम भुजेल, यमनारायण प्रधान, देव नारायण चौधार र शोभालाल राजबङ्शी लगायतका रहेछन।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन मंडली संयोजक चक्र गुरुङ्ले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।