दोहा - प्रवासी नेपाली मञ्च कतारले, कतारका लागि नव नियुक्त महामहिम राजदुत डा.नरेश बिक्रम ढकाललाई
एक कार्यक्रमको आयोजना गर्दै हार्दिक स्वागत गर्दै श्रमिक सम्बन्धी समसामयिक सुझाव र परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
प्रवासी नेपाली मञ्च कतारको तर्फबाट मञ्चका अध्यक्ष प्रभात त्रिपाठीको नेतृत्व साथै मञ्चका निवर्तमान अध्यक्ष, मञ्चका अन्तर्राष्ट्रिय कमिटीका सचिवालय सदस्य साथै मध्यपूर्व इन्चार्ज चानक पोखरेलको बिशेष उपस्थितिमा साथै मञ्चका पदाधिकारीहरु, सदस्यहरु, सल्लाहकार परिषदका सचिव एवम् सदस्यहरुको बाक्लो उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो
मञ्चका सचिव बिनेश तामाङले सहजीकरण गरेको कार्यक्रममा परिचय साथसाथै सङ्गठनले गर्दै आएका गतिबिधि लगाएत नेपाली श्रमिकका बिभिन्न समस्या लगाएत बिध्यमान समस्याका बारेमा जानकारी दिनुका साथै श्रमिकन्युनिकरणका लागि दुताबासले गर्न सक्ने पहलका बारेमा मञ्चको तर्फबाट अनुरोध रहेको थियो ।
कार्यक्रममा घरेलु कामदारका विषयमा, नेपालीहरू द्वारा कतारका बिभिन्न भागमा हुने गरेका कृयाकलापका विषयमा कुटनैतिक पहलकदमी लिने, समसामयिक थुप्रै बिषयको चर्चा गर्दै आगामी दिनहरुमा आउने हरेक समस्या र चुनौतीहरु नेपाली नियोग र प्रवासी नेपाली मञ्च, कतार एक आपसमा मिलेर न्युनिकरण गर्ने साथै समाधान खोज्ने प्रतिबद्दता ब्यक्त गर्दै महामहिम राजदुत डा. नरेन्द्र बिक्रम ढकाललाई मञ्चको तर्फबाट हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।
साथै महामहिमले बोल्दै सङ्गठनको प्रगतिको कामना गर्दै प्रवासी नेपाली मञ्च, कतार लाई हरतरहले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
साथै मञ्चको तर्फबाट नेपाली दूतावास कतारलाई १६ बुँदे सुझाव पत्र पेश गरिएको थियो जस अनुसार :
सर्वप्रथम महामहिम राजदूतज्यूलाई कतारमा कार्यरत करिब ३ लाख ५० हजार नेपाली श्रमिकहरुको अविभावकको रुपमा पाउँदा हामी अत्यन्तै गौरवान्वित भएका छौं । यस अवसरमा प्रवासी नेपाली मञ्च कतारको तर्फबाट महामहिमज्यूलाई हार्दिक स्वागत गर्दछांै । साथै, महामहिमज्यूले गत अगस्ट ७, २०२२ का दिन औपचारिक रुपमा कतारका नरेश शेख तमिम बिन हमद अलथानीसमक्ष प्रत्यक्ष दर्शनभेट गरी ओहोदाको प्रमाणपत्र पेस गर्नुभएकोमा हार्दिक बधाई व्यक्त गर्दै यहाँको कार्यकालमा नेपाल र कतारबीचको कुटनीतिक सम्बन्धलाई सफल र स्वर्णिम बनाउन पहलकदमी गर्नुहुनेछ भन्ने पूर्ण विश्वासका साथ तपाईंको कार्यकाल सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
प्रवासी नेपाली मञ्च कतारले स्थापनाकालदेखि नै कतारमा कार्यरत नेपाली श्रमिकहरुकोे हक, हित र अधिकारको पक्षमा गहन भूमिका खेल्दै आएको स्पष्ट पार्दै नेपालीहरुको समस्या तथा यसको समधानका लागि नेपाली नियोगसँग आवश्यक सहकार्य गर्दै आइरहेको छ । महामहिमज्यूको कार्यकालमा पनि दूतावाससँग हातेमालो गर्दै नेपाल र नेपाली श्रमिकहरुको पक्षमा काम गर्न हामीलाई थप प्रोत्सहान मिल्ने साथै आपसी सम्बन्ध थप सुमधुर रहनेमा हामी विश्वस्त छौं । यसै सन्दर्भमा वर्तमान परिप्रेक्षमा कतारमा कार्यरत नेपाली श्रमिकहरुको समसामयिक समस्या समधानका लागि निम्न लिखित बुँदाहरुमा आवश्यक पहल गर्न हुन नेपाली राजदूतावाससँग हार्दिक अनुरोध गर्दछौं ।
१. नेपाली दूतावास कतारले श्रमिकहरुका लागि निर्धारण गरेका न्यूनतम तलब तथा सेवा र कतार सरकारले निर्धारण गरेका न्यूनतम तलब तथा सेवालाई एकरुपता कायम गर्न कूटनीतिक पहल गरी कार्यान्वयनमा निरन्तर पहल गर्नुपर्ने ।
२. वैदेशिक रोजगारमा जानु अगाडि मेडिकल र अन्य प्रशासनिक खर्चबाहेक श्रमिकहरुका लागि गरिएको ‘फ्रि भिसा, फ्रि टिकट’को व्यवस्थालाई कार्यान्वयन गर्नका लागि रोजगारदाताबाटै रकम असुल्न नीतिगत पहल गर्नुपर्ने, साथै मेनपावर कम्पनीहरुले श्रमिकहरुबाटै सम्पूर्ण खर्च मनोमानीरुपमा असुल्ने कार्यलाई अविलम्ब रोक्नुपर्ने ।
३. रोजगारदाताले मेनपावर कम्पनीलाई सेवा शुल्कबापत बुझाउने रकमलाई पारदर्शी बनाउन बंैकिङ च्यानलबाट सम्बन्धित मेनपावर कम्पनीको खातामा पठाउनका लागि अविलम्ब नीतिगत पहल गर्नुपर्ने ।
४. वैदेशिक रोजगारीको नाममा वैदेशिक रोजगार ऐनविपरीत भिजिट भिसा र कथित आजाद भिसाको नाममा कारोबार गर्ने र कामदारलाई अलपत्र बनाउनेजस्ता क्रियकलापमा संलग्न कम्पनी वा व्यक्तिलाई सम्बन्धित देशको कानुनबमोजिम कारबाही गर्न पहल गर्नुपर्ने । साथै, यस कार्यमा संलग्न भिसा निकाल्ने कम्पनी र मेनपावर कम्पनीका नाम सार्वजानिक गरी कालोसूचीमा राख्नुपर्ने ।
५. कतिपय कम्पनीले महिनौंसम्म तलब नदिने भएकोले पीडितहरु न्यायको लागि ीबदयगच अयगचत जाँदा लामो समयसम्म मुद्दा छिनोफानो नहुने र उल्टै कम्पनीले श्रमिकलाई आवास क्याम्पबाटसमेत बाहिर निकाली बिचल्लीमा पार्ने भएकोले मुद्दा छिनोफानो हुने अवधिसम्म सम्बन्धित कम्पनीले बस्ने व्यवस्था र काम गर्न पाउनका लागि नीतिगत पहल गर्नुपर्ने ।
६. कतारमा करिव ३ लाख ५० हजार नेपालीहरु मध्ये महिलाहरुको संख्या करिव १५ हजार रहेको अनुमान गरिएको छ । वैदेशिक रोजगार नियमावली, २०६४ बमोजिम कम्तीमा एक हजार महिला कामदारका लागि महिला श्रम सहचारी साथै पीडित महिला कामदारहरुका लागि आश्रयस्थलको व्यवस्था गर्न पहल गरिनुपर्ने ।
७. नेपाली श्रमिकहरुले छुट्टिको दिन रामाइलो गर्ने क्रममा कम्पनीको क्याम्प, सार्वजानिक पार्क र स्थानहरुबाट कतारको स्थानीय कानुनले बर्जित गरेका क्रियाकलापहरुलाई फेसबुक र टिकटकलगायतका सामाजिक सञ्जालहरुमार्फत प्रत्यक्ष प्रसारण साथै अनैतिक फोटो पोस्ट गर्नेजस्ता कार्यहरु दिनानुदिन बढ्दो छ । जसले गर्दा कतारको स्थानीय निकायले नेपाली श्रमिकहरुलाई हेर्ने दृष्टिकोण नै नकारात्मक बन्न थालेको छ । यस प्रकारको गैरकानुनी क्रियकलापहरुलाई रोक्नका लागि नेपाली राजदूतावासको नेतृत्वमा ५० जनाभन्दा बढी महिला भएको क्याम्पहरु र २०० जनाभन्दा बढी पुरुष भएका क्याम्पहरु पहिचान गरी हरेक हप्ता सचेतनामूलक कार्यक्रमहरु तय गरी कतारमा स्थापित सामाजिक संघसंस्थालाई जागरुक बनाई ‘एक संस्था एक क्याम्प’ को अभियान सञ्चालन गर्न कतारको स्थानीय निकायबाट स्वीकृति लिनका लागि पहल गर्नुपर्ने ।
८. हुण्डी वा अवैध आर्थिक कारोबार रोक्न वैदेशिक रोजगारमा आउने श्रमिकहरुलाई श्रम स्वीकृति लिनुपूर्व अनिवार्य बैंक खाता खोल्नका लागि अविलम्ब पहल गर्नुपर्ने । साथै, प्रवासबाट बैंकमार्फत मात्रै रेमिट्यान्स पठाउन अभिप्रेरित गर्दै राज्यले विपे्रषण शुल्कमा सहुलियत र पैसाको सटही दरमा केही रुपैयाँ बढी दिएर सबै आर्थिक कारोबार वैधानिक बाटोबाट लैजानका लागि पहल गनुपर्ने । जसले गर्दा देशमा आइपरेको आर्थिक मन्दीमा डलरको सञ्चिति बढाउन सहयोग पुग्ने तथा अवैधानिक सुन तस्करीसमेत रोक्न सकिनेछ ।
९. ‘पूर्ण सामाजिक सुरक्षासहितको सम्मानित वैदेशिक रोजगार, समुन्नत राष्ट्र निर्माणको आधार’ भन्ने मूलधारमा रहेर श्रम स्वीकृति लिएर खाडी मुलुकलगायतका वैदेशिक रोजगारमा रहेका श्रमिकहरुलाई नेपालको सामाजिक सुरक्षा कोषमा जोड्नका लागि नीतिगतरुपमा पहल गर्नुपर्ने ।
१०. वैदेशिक रोजगार कल्याणकारी कोषमा अर्बौंको रकम रहेर पनि पीडित श्रमिकहरुको हितमा प्रयोग नगरिएको जनगुनासो आइरहेको छ । यसलाई पारादर्शी बनाउन र श्रमिक हितमा प्रयोग गर्नका लागि सम्बन्धित निकायस“ग समन्वय गरी अविलम्ब पहल गर्नुपर्ने ।
११. अधिकांश कम्पनीहरुले ९ीषभ ष्लकगचबलअभ० जीवन बिमा नगरिदिने र जीवन बिमा नै गरेको खण्डमा पनि २४ घण्टाको नगरी ओर्किङ आवरको मात्र गरिदिनाले आकस्मिक रुपमा दुर्घट्नाबाट मृत्यु हुँदा पीडितको परिवारले क्षतिपूर्ति नपाउने भएकोले २४ घण्टाको जीवन बिमाको व्यवस्था गर्नका लागि पहल गर्नुपर्ने ।
१२. हावापानी र वातावरण प्रतिकूलताका कारण अधिकतम नेपालीहरु सुतेको अवस्थामा मृत्यु हुने र यस्तो किसिमको मृत्युलाई स्वाभाविक मृत्यु भनी मृतकको परिवारले कुनै पनि क्षतिपूर्ति नपाउने भएकोले परीक्षणका लागि नेपाली डाक्टरहरु उपलव्ध गराइनुका साथै उचित क्षतिपूर्तिको व्यवस्था गर्न पहल गर्नुपर्ने ।
१३. नेपालमा भएका हरेक परिवर्तनहरुमा प्रवासी नेपालीहरुको योगदानलाई आत्मसात गर्दै मतदान प्रक्रियामा सहभागी हुन वञ्चित भएकोले नेपाली पासपोर्ट, नागरिकता वा परिचयपत्रको आधारमा प्रवासबाटै कूटनीतिक नियोगमार्फत वा विद्युतीय माध्यमबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने र अद्यावधिक गर्न पाउने व्यवस्थाका लागि पहल गरिनुपर्ने ।
१४. विदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकार प्राप्त गर्न सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गरि प्रमाणित मतदाता नामावलीको आधारमा जुन देशमा बसोबास गरेको हो सोही देशको नेपाली कूटनीतिक नियोगमा विद्युतीय–मतदान–यन्त्रको माध्यमबाट प्रत्यक्षरुपमा मतदान गर्ने र अशक्तहरुको हकमा हुलाकद्वारा मतदान गर्न पाउने व्यवस्थाका लागि पहल गर्नुपर्ने ।
१५. नेपाली भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण, सम्वद्र्धन एवं प्रवद्र्धनका साथै कतारमा स्थापित नेपाली सामाजिक संघ संस्थाहरुलाई सहज ढंगले सञ्चालन गर्नका लागि नेपाली राजदूतावासको संरक्षकत्व रहने गरी नेपाली सांस्कृतिक केन्द्र ९ल्भउबष् िऋगतिगचब िऋभलतभच० स्थापना गर्न पहल गर्नुपर्ने ।
१६. पछिल्लो समय १२ कक्षा ९ंद्द० पास गरेका विद्यार्थीहरु उच्च शिक्षा अध्यायन गर्न इच्छा हुँदाहुदै पनि आर्थिक अभावका कारण उच्च शिक्षाको अध्ययनलाई निरन्तरता दिन नसकेका गरिब परिवारका विद्यार्थीहरु वैदेशिक रोजगारीका लागि जानेक्रम बढ्दो छ । उच्च शिक्षालाई निरन्तरता दिन चाहने श्रमिकहरुको लागि नेपालको एक मात्र सरकारी स्वमित्व रहेको त्रिभुवन विश्वविद्यालयसँग समन्वय गरी नेपाली राजदूतावासमार्फत अनलाइन वा स्वअध्यायन गरी परीक्षा दिन पाउने व्यावस्थाका लागि नीतिगत पहल गर्नुपर्ने । यसले गर्दा नेपाली श्रमिकहरुको शैक्षिक दक्षता वृद्धि भई देशमा रेमिट्यान्स बढाउनका लागि टेवा पुग्नेमा हामी विश्वस्त छौं ।
माथि उल्लिखित १६ बुँदे सुझावसहित प्रवासी नेपाली मञ्च कतारको तर्फबाट नेपाली राजदूतावासँंग श्रमिकहरुको हकहित र अधिकारका लागि हरेक कार्यहरुमा समन्वय र सहकार्य निरन्तर रुपमा रहने विश्वास दिलाउन चाहन्छौं ।