दोहा : किरात राई यायोख्या शाखा कतारले आफ्नो १९ औं स्थापना दिवस विविध कार्यक्रम गर्दै मनाएको छ ।
"इतिहास,भूगोल, सभ्यता र संस्कृतिको सम्मान, १ नं. प्रदेश "किरात प्रदेश" समग्र प्रदेशवासीको आह्वान " मा ऐक्यबद्धता जनाउदै " औपचारिक रुपमा सुरुवात गरिएको कार्यक्रममा किराती कलाकार हरु द्वारा (हामी हौं किराती)बोल्को गीतमा स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष शंकरमान राईको सभापतित्व तथा नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष पुरुस्वतम सुनुवारको प्रमुख आथित्यमा संचालन भएको कार्यक्रममा जनजाती महासंघ कतारमा आबद्द विभिन्न मातृ संस्थाका प्रतिनिधि तथा, सल्लाहकार हरु लगायत किरात राई हरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुनुवारले किरात राई यायोख्या कतारले गरेका विभिन्न कार्यहरुको चर्चा गरे ।
किरात राईहरुको भाषा, धर्म, लिपि, संस्कार र संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्दै आफ्नो हक, अधिकार र पहिचानको निम्ति प्रवासमा रहेर पनि सक्दो योगदान पुर्याउने कुरामा जोड दिदै संस्थाका उत्तर उत्तर प्रगतिको कामना गर्दै आफ्नो शुभकामना मन्तव्य राखेका थिए । स्थानिय कलाकारहरुहरु द्वारा विभिन्न सांस्कृतिक प्रस्तुति राख्दै कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए ।
कार्यक्रममा चिट्ठा काटिएको पनि थियो । जसमध्ये पंकज क्षेत्री, इन्द्रा राइ, सुरज मगर, सरिता तामाङ,सृष्टि लामा ले सान्त्वना पुरस्कार जित्न सफल रहे भने तेस्रो कृष्ण प्रसाद, दोस्रो राजु गोले र प्रथम कमल बहादुर तामाङले पुरस्कार जित्न सफल रहे ।
द्वित्तीय उपाध्यक्ष राजकुमार राईले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई महासचिव पूर्णबहादुर राईले सहजीकरण गरेका थिए । कार्यक्रमको समापन गर्दै सभापति राईले किराँतहरुको आफ्नै गर्विलो इतिहास रहेको बताउँदै आफ्नो संस्कार र सभ्यता बचाई राख्न कहिल्यै पछि नपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।