चाबहिल स्थित मनाल्सु वर्ल्ड कलेजको एसइई सम्मान कार्यक्रममा एक सय जना भन्दा बढी शिक्षक तथा ३०० भन्दा बढी विद्यार्थीहरु सम्मानित भएका छ्न।
काठमाडौंको चाबहिल स्थित स्मार्ट प्यालेसमा बिहिबार आयोजित एक कार्यक्रमका बिच कलेजले एसइईमा सर्वोत्कृष्ट अंक ल्याउने विभिन्न विद्यालयका विद्यार्थी, लामो समय देखि योगदान गरेका प्रिन्सिपल, शिक्षक शिक्षिकाहरू सहित शिक्षा सेवीहरू गरि करिब १०० भन्दा बढी विद्यालयका ३०० विद्यार्थी र १०० शिक्षक शिक्षिकाहरू सम्मानित गरिएको मनास्लु वर्ल्ड कलेजले मुग्लानी खबरलाई बताएको छ। मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न बिधालयका शिक्षकहरु, विद्यार्थी, अभिभावक, वि.व्य.स प्रतिनिधिहरूको उल्लेखनीय उपस्थितिमा मनास्लुका शिक्षक, शिक्षिका, विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूको बाक्लो उपस्थितिमा कार्यक्रम भएको थियो।
कलेजका कार्यकारी निर्देशक तथा प्रिन्सिपल राजन श्रेष्ठले स्वागत मन्तव्य राख्दै आफ्नो शिक्षण पेसामा लाग्दा देखिको अनुभव सुनाउँदै हिजोको त्यही सङ्घर्षले आज मनास्लु जस्तो प्रतिष्ठित शैक्षिक संस्था बनाउन सकेको बताए। नेपाली कलेजहरूमा खुटा तान्ने प्रवृत्ति र अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै उनले त्यसले राम्रा शैक्षिक संस्थालाई चुनौती थपिएको उल्लेख गरे। सस्तोमा पढाउछु भनेर कक्षा १२ मा महँगो शुल्क अशुल्ने प्रवृत्तिका बारेमा प्रष्ट पार्दै मनास्लु वर्ल्ड कलेज गुणस्तरीय शिक्षालाई प्रमुखतामा राखेर अगाडी बढेको बताए। कार्यक्रमको बिच बिचमा मनास्लुका विद्यार्थीहरूले देखाएको विभिन्न सिर्जनात्मक प्रस्तुतिले कार्यक्रमलाई अझै आकर्षक बनाएको थियो।कार्यक्रममा सम्मानित हुने विद्यार्थी मध्ये एसइईमा ४ जिपिए ल्याउन सफल फरक फरक विद्यालयका दुई विद्यार्थीहरूले कार्यक्रममा आफ्नो धारणा राखेका थिए।
उनीहरूले आफूहरूको सफलतामा आफ्नो अभिभावक र विद्यालयको अतुलनीय योगदान रहेको बताउदै मनास्लु जस्तो प्रतिष्ठित कलेजले सम्मान गरेकोमा गौरव महसुस भएको भन्दै उनीहरूले कलेज प्रशासनलाई धन्यवाद ब्यक्त गरेका थिए। कार्यक्रममा सहभागी शिक्षक, विद्यार्थी तथा अभिभावकहरुले मनास्लु कलेजद्वारा दिइएको माया र सम्मान प्रती आभार प्रकट गर्दै प्लस टु अध्यन र गुणस्तरीय शिक्षाको लागि मनास्लु वर्ल्ड कलेज नै उत्कृष्ट रहेको बताएका थिए।
कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति तथा मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले एसइई पछिको समय विद्यार्थीहरूको भविष्य निर्धारणको समय भएकाले कार्यक्रमले कहीँ न कहीँ सही निर्णय लिन विद्यार्थीलाई सहयोग पुर्याउनेमा विश्वास रहेको बताए। एस ई ई परीक्षामा अब्बल साबित हुने विद्यार्थीलाई बधाई ज्ञापन गर्दै कम जिपिए नतिजा आयोमा हतोत्साहित नहुन पनि सम्बन्धित विद्यार्थीहरुमा सुझाव दिएका थिए।
आज प्राप्त गरेको जिपिए नै सर्वोपरि नभई आगामी दिनमा मिहिनेत गर्दा सफल भैइनेमा कुनै शंका नरहेको बताउदै आफू भित्रको सृजना र क्षमतालाई पहिचान गरि त्यही अनुरुप बिषय र बिधालय छान्न सकिए अझै जिन्दगी स्वर्णिम बनाउन सकिने बताएका थिए। अध्यक्ष लामाले बोल्दै उत्कृष्ट अंक प्राप्त गरेका र विशेष प्रतिभा भएका विद्यार्थीहरूले मनास्लुमा भर्ना हुन चाहेको खन्डमा कलेजले ७५% – १००% सम्म छात्रवृत्ति दिने घोषणा समेत गरेका थिए ।
यो अफर एक हप्ता सम्मका लागि मात्र लागू रहने बताउदै उत्कृष्ट प्लस टु छनोटका लागि केही टिप्स दिदै पूर्ण मानव बनाउने र प्रतिस्पर्धात्मक विश्व बजारमा सक्षम र क्षमतावान जनशक्ति उत्पादन गर्ने उद्देश्य बोकेको मनास्लु वर्ल्ड कलेज विद्यार्थीको प्लस टु अध्ययनको लागि उत्कृष्ट रहेको बताउदै सम्पुर्णमा धन्यवाद ब्यक्त गरेका थिए।