दोहा,साउन २०। रोल्पा जलजला सेवा समाज कतारद्वारा मृतक ओमबहादुर घर्तिको परिवारलाई बीस हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ।
कतारमा लामो समयदेखी स्थापित रोल्पालीहरुको साझा संस्था रोल्पा जलजला सेवा समाज कतारले मृतक घर्तिका परिवारलाई आर्थिक सहयोग गरिएको हो। कतारको ताड्मोर कम्पनिमा कार्यरत रहेका बिगत १५- डिसेम्बर - २०२१ मा रोल्पा जिल्ला लुङ्ग्री ५ का ओम बहादुर घर्ती मगर लाई रोल्पा सुनिल स्मृति ३ का गोपाल घर्ती ले धारिलो हतियार प्रहार गरि हत्या गरिएको भन्ने खबर बाहिरिएको थियो । एकै जिल्लाका नजिकै गाउँ भयकाले पनि दुबै जना एकै ठाउमा एउटै कम्पनिमा काम गर्ने समेत बुझिएको छ।
मृतक घर्तिको परिवारमा श्रीमति दुई छोरा एक ८ बर्षका र एक ४ बर्षका, एक छोरी काखे बालक १ बर्षको रहेको संस्थाका संस्थापक अध्यक्ष शुर्य बहादुर बिस्वकर्माले जानकारी दिएका छन। उक्त घटनामा तत्काल रोल्पा जलजला सेवा समाज कतारका वरिष्ठ सल्लाहकार शिव बहादुर बुढाथोकी र समाजका उपाध्यक्ष बलराम जैसीले प्रत्यक्ष घटनाका बारेमा जानकारी लिएका थिए।
संस्थाको स्थापना कालदेखी दुखी पीडित गरिब बिपन्न बर्गलाई सहयोग गर्दै आईरहेको छ। यो घटनामा पनि अत्यन्तै दु:खद,मृतक परिवारमा साना साना नाबालकहरुका लागि आर्थिक श्रोत जुटाएर खुवाउने सदस्यकै दुखद निधनको बज्रपातले दैनिक जिवनमा झन ठूलो समस्या आईपरेको छ।साना साना बालबच्चाको पठनपाठनमा केही सहज हवस भन्ने उदेश्यले थोरै भएपनि आर्थिक सहयोग गरिएको समाजका अध्यक्ष देब पुनले मुग्लानी खबरलाई जानकारी गराएका छन।
संस्थाका पुर्ब अध्यक्ष तथा सस्थापक शिवराम केसी, पुर्ब अध्यक्ष तथा संस्थापक निबर्तमान सल्लाहकार शुर्य बहादुर बि. क,पुर्ब अध्यक्ष तथा निबर्तमान वरिष्ठ सल्लाहकार शिव बहादुर बुढाथोकी, स्थानिय सरकार लुङ्री गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रिम बहादुर रोका, विभिन्न पार्टीका जन प्रतिनिधि राजनैतिक दल, बुद्धिजीवी हरुको उपस्थितिमा मृतक घर्तिका श्रीमति लाई रु ( रु. २०००० ) बीस हजार सहयोग हस्तान्तरण गरियको थियो।
समाजका पुर्व अध्यक्ष शिव बहादुर बुढाथोकीले सहजीकरण गरिएको उक्त आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा उपस्थिति सबैले आफ्नो बिचार धाराणा राख्नु भयको थियो भने संस्थापक तथा पुर्व अध्यक्ष सुर्य बहादुर बि. क.ले समाजको बारेमा प्रस्ट्याउदै उपस्थित सम्पुर्णमा धन्यबाद ब्यक्त गरेका थिए।