काठमाण्डौ,साउन १९, गोकर्णेश्वर नगरपालिका अन्तर्गत रहेका विभिन्न ब्यवसायीहरु पार्टी प्यालेस, पेट्रोल पम्प, रेष्टुरेन्ट, मार्ट, क्याफे, पानी, गलैचा तथा कार्पेट व्यवसायीहरुसंग विविध विषयमा छलफल तथा अन्तर्कृया कार्यक्रम गरिएको छ।
गोकर्णेश्वर नगरपालिकाको आयोजनामा गरिएको उक्त कार्यक्रममा नगरपालिकामा संचालित विभिन्न ब्यबसायका ब्यबसायीहरु संग विषयगत रुपमा छलफल ,समस्या समाधानका बारेमा अन्तर्कृया गरिएको छ। नगरपालिका प्रमुख दिपक कुमार रिसाल, उपमेयर सान्नानी लामा, प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटा, शाखा अधिकृत भूपेन्द्र बोहरा ब्यबसाय संचालकहरु, बुद्धिजीवी लगायतको उल्लेखनीय उपस्थितिमा छलफल भएको थियो।
गोकर्णेश्वर नगरपालिकालाई शान्त समृद्ध र सुन्दर नगरपालिकाको रुपमा परिमार्जन गर्न विभिन्न निकायहरु संग छलफल गर्ने क्रममा निम्नानुसार बिषयबस्तुमा छलफल गरिएको थियो। गरिएको थियो।
सरसफाई तथा फोहोरमैला व्यवस्थापन , बालबालिकाको प्रयोग भए-नभएको सम्बन्धी,व्यवसायीहरुले नगरपालिकाबाट अपेक्षाकृत सुबिधा सम्बन्धी,पेट्रोलियम पदार्थहरुको परिणाम तथा शुद्धताका समस्या तथा समाधानका बिषयमा,पार्टी प्यालेस, रेष्टुरेन्ट तथा मार्टहरुका खानेकुराहरुको हाइजिनकका विषययवस्तुहरु,पेट्रोल पम्प, मार्ट, रेष्टुरेन्ट लगायत ठुला व्यवसायीहरुका सिसिटिभि तथा अन्य प्राबिधिक संयन्त्रहरुको बहुउपयोगिता,विभिन्न अपराधीक गतिविधिहरु चोरि ठगि अपराधिक क्रियाकलापमा न्यूनीकरण , फोहोरमैला व्यवस्थापन सम्बन्धी,गुणस्तरीय शुद्ध पानीको ब्यबस्था सम्बन्धी, स्वच्छ वातावरण, नगरपालिकाद्धारा गरिने चेकजाच अनुगमन तथा नियमनहरु,
व्यवसायीहरुसंगको सहकार्य,समन्वय गर्दै उत्कृष्ट नगरपालिका निर्माणका बिषय हरु लगायत थुप्रै सेवामुखी सुबिधाका बिषयमा छलफल भएको थियो।