काठमाण्डौ,साउन १९। यहि मंसिरमा हुने भनिएको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको चुनावमा कांग्रेस नेत्री दुर्गा ढुङ्गेलले क्षेत्र नं ३ (क ) बाट प्रदेश सभा सदस्यमा उमेदवारी दिने बताएकी छिन।
प्रदेश तथा प्रतिनिधि सभा चुनावको लागि हालसम्म यस क्षेत्रबाट २० जनाले आफ्नो उमेदवारी घोषणा गरेता पनि नेत्री ढुङ्गेलको उमेदवारीलाई विशेष रुपमा हेरिएको छ।
महिला नेत्री ढुङेलले आफू महिला उधमशिलता र स्वाबलम्बनलाई विशेष प्राथमिकतामा राख्दै आपाङ्ग र असाह्य ,गरिव बिपन्न बर्गको दीर्घकालीन हित गर्न प्रदेश सभा सदस्यमा आफ्नो उमेदवारी घोषणा गरेको बताईन।
विभिन्न संघ संस्थामा नेतृत्व लिएर सामाजिक कार्यमा अग्रसर नेत्री ढुङ्गेल विश्व हिन्दु जागरण अभियानका अध्यक्ष समेत रहेकी र हाल नेपाल महिला संघको क्षेत्रीय कोषाध्यक्ष समेत रहेकी छिन। नेत्री ढुङ्गेलले २०६२/६३ को जन आन्दोलनमा समेत अग्रणी भुमिका निर्वाह गरेकी थिईन ।उनी नेपाल अधिराज्यकै साना गाडी तथा माईक्रोबस ब्यवसायी संघको पहिलो महिला अध्यक्ष र जोरपाटी माईक्रो बस ब्यवसायी संघको पहिलो संस्थापक महिला अध्यक्ष भएर बिसं २०५४ देखि २०६३ साल सम्ममा जोरपाटी देखि सवारी रुट नपुगेका विभिन्न ठाउँहरु, मेडिकल कलेज गोठाघर साखु र आरुबारी सम्मको सवारी रुट ब्यवस्था गरिन भने उनी नगर यातायात संयोजक समेत भएकी थिईन।नेपाल यातायात मजदुर संघको केन्द्रिय उपाध्यक्ष समेत रहेकि उनले नेपाली कांग्रेसको तेह्रौं महाधिवेशन बाट नगर सदस्य समेत बनेकि थिईन।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न कार्यक्रममा उपस्थित भैई लामो अनुभव बटुलिई सकेकी नेत्री दुर्गा ढुङ्गेलले भारतको नयाँ दिल्लीमा सम्पन्न दक्षिण एसियायी महिला सम्मेलनमा भाग लिई लैङ्गिक समानता, बालश्रम, महिला उत्थान र स्वरोजगार सम्बन्धी तालिम लिएकी छिन।उनले हरेक सवारी साधनमा महिलाहरुलाई निशुल्क यात्रा गर्न मिल्ने ब्यबस्था प्रदेश भर गर्ने उदेश्य रहेको समेत बताएकी छिन।
त्यसैगरी अपाङ्ग र असाह्यका लागि लक्षित निशुल्क स्वास्थ्य सेवा ब्यहारिक प्रतिबद्धता समेत गरेकि छिन। उनी भन्छिन,म यस क्षेत्रमा अनुभबी छु यो ब्यवस्था सम्भव छ! द्वन्द्वकालमा आफ्नो गाडी २७ दिन सम्म माओवादीले अपहरण गरि ज्यान मार्ने धम्की समेत पाएकी नेत्री ढुङ्गेलले आफ्नो तर्फबाट साहासिक कदम चाल्दै व्यापक प्रतिकार समेत गरेकी थिईन।
प्रदेशको सामाजिक आर्थिक, शैक्षिक, विकास महिला रोजगारिको स्थायित्व प्रदान गर्न नेत्री दिर्घा ढुङ्गेलले आफ्नो उमेदवारी प्रदेस सभा सदस्यमा दिन लागेको मुग्लानी खबर संगको कुराकानीमा बताएकी छिन।