मोरङ, साउन १५ । संघिय लोकतान्त्रिक राष्ट्रीय मञ्च, संघीय लिम्बुवान प्रान्तिय मञ्च नेपाल मातहतमा लिम्बुवान भोलेन्टियर्स मोरङको पथरीमा बाङगाई कमान्ड गठन भएको छ।
पथरी शनिस्चरे स्थित श्रीजंघा धार्मिक वनको परिसरमा शनिबार बाङगाई कमान्ड अन्तर्गत फिल्ड कमान्ड र शेल कमान्ड गठन केन्द्रिय एल.भि.उपकमान्डर तथा बाङगाई कमान्डका कमान्डर दिनेश खालिङ राईको बिशेष पहलबाट भएको हो।मंचका प्रान्तिय उपाध्यक्ष तथा एल.भि.का केन्द्रिय कमान्डर थाङसाङ लावतीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा एल.भि.केन्द्रिय सहकमान्डर तथा प्रशिक्षण बिभाग प्रमुख,प्रान्तिय सचिवालय सदस्य गणेश मिभक बिशेष अतिथि रहेका थिए।त्यसैगरि एल.भि.केन्द्रिय उपकमान्डरहरु मन्डेम लिम्बू, राजु चोङ्बाङ, मोरङ जिल्ला अर्थ सचिव जित ब.लावती, संघिय सदस्य शसिकला चोङ्बाङ, मोरङ जिल्ला सदस्य खिनमाया लिम्बु, पथरी नगर अध्यक्ष छत्र कुरुम्भाङ, उपाध्यक्ष धुर्व कुमार साम्सोहाङ, नगर अर्थ सचिव दिल ब.आङ्बुहाङ, सह अर्थसचिव कोपिला हाङगाम, वडा न.२ वडा अध्यक्ष तथा किरात याक्थुङ चुम्लुङ मोरङ जिल्ला उपाध्यक्ष कुल ब. लिम्बू, मनोज कुमार लिम्बु लगायतका नेताहरुको आतिथ्यता रहेको थियो।
एल.भि.केन्द्रिय उपकमान्डर राजु चोङ्बाङले औपचारिक रुपमा सहजीकरण गरिएको कार्यक्रममा पथरी शनिस्चरे एल.भि.को फिल्ड कमान्डरमा चन्द्र लिम्बू र तारा गुरुङलाई जिम्मेवारी प्रदान गरिएको छ। त्यसैगरी १० जना प्राइमरी कमान्डरहरुमा जिम्मेवारी प्रदान गरिएको छ जसमध्ये १.जच लिम्बू २.आशिष् महतो ३.नरेश राई ४.जितेन राई ५.धुर्वहाङ राई ६.शन्दिप राई ७.धन ब.लिम्बू ८.बिक्रम ठकुरी र पवन तामाङले जिम्मेवारी पाएका छन।यसैक्रममा शेल कमान्डरहरुमा राम ब. लिम्बू, रमेश चेम्जोङ, सोनाम तामाङ, निसान माझी, बिनोद मगर, बृखहाङ राई ,रेशम राई, सुमन तामाङ र इन्सान धिमाललाई मनोनयन गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथी थाङ्साङ लावतीले धेरै ठाउँमा संगठन बिस्तार गरि सकिएको बताएका थिए ।कार्यक्रममा नबनियुक्त सबै तहका कमान्डरहरुलाई प्रमुख अतिथी थाङसाङ लावतिले सपथ ग्रहण गराएका थिए।
कार्यक्रमका अध्यक्ष दिनेश खालिङ राईले विभिन्न पार्टी परित्याग गरि यस संगठनमा आबद्ध हुन आएकोमा खुशी ब्यक्त गर्दै एल.भि.संगठन पहिले जस्तो सुस्त नरहने र विभिन्न ठाउँहरुमा संगठन तिब्र रुपले बिस्तार गरिने अध्यक्ष राईले बताएका थिए। अध्यक्ष राईले औपचारिक कार्यक्रमको समापनमा पथरि शनिस्चरे नगर कार्यसमितिलाई बिशेष साथ र सहयोग प्रती आभार प्रकट गर्दै नबनियुक्त सबै कमान्डरहरुलाई कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।