दोहा : कास्की आदर्शको चाहना सभ्य र समृद्ध समाजको स्थापना"भन्ने मुल नाराका साथ सन्: २००२ जुलाई २६ मा स्थापना भएको संस्था कास्की आदर्श समाज कतारले २०औं स्थापना दिवस कार्यक्रम सम्पन्न गरेको छ ।
१९ औं वसन्त पारगरि २० औ बसन्तमा प्रबेश गरेको शुखद अवसरमा २०२२ जूलाइ २९ तारिक शुक्रबारको दिन सल्वारोड स्थित सफारी हाइपर मार्केट नजिकै रहेको ग्रीन रेस्टुरेन्टको सभाहलमा विशेष कार्यक्रम बिच सम्पन्न गरेको छ।
अध्यक्ष अग्निधर देबकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा संस्थापक तथा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालका वरिष्ठ उपाध्यक्ष हंशराज ढकाल क्षत्री रहेका थिए । कार्यक्रममा सस्थापक बिल गुरुङ, बिमल सुवेदी , धुर्ब अधिकारि, धन ब कार्की, सस्थाका संरक्षक द्वय आस ब. गुरुङ, मनप्रसाद राना मगर , गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष राकेश श्रेष्ठ लगायतको उपस्थिति रहेक थियो ।
त्यस्तै प्रमुख सल्लाहकार बिक्की बिक, सल्लाहकार सदस्यहरु प्रकाश बिक, नवीन पौडेल ,श्री हरि प्रसाद तिमिल्सिना लगायत गण्डकी प्रदेश अन्तर्गतका जिल्लाबाट प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो
औपचारिक रुपमा उट्घाटन गरिएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुरज रानाभाटले स्वागत मन्तव्य राखेका थिए, भने फेवा सास्कृतीक परिवारका कलाकार द्वारा स्वागत गित पस्किएका थिए, कलाकार महेस तामाङ, सीबी गुरुङ लगायत बाट लाईभ प्रस्तुति हरु गरियको थियो ।
शुभकामना मन्तब्यको लागि गण्डकी प्रदेश जिल्लाको तर्फबाट पदम गिरि, रामजी खत्री, सिताराम थापा, सन्तोष पौडेल, श्याम न्यौपाने, प्रकाश परियार, राजु पौडेल सहित प्रमुख सल्लाहकार बिक्की बिक,लगायत कार्यक्रममा उपस्थिति अन्य सल्लाहकार हरुले पनि शुभकामना मन्तव्य राखेका थिए ।
सस्थामा आजिबन सदस्य लिनु केदार भण्डारी , चित्र बहादुर रोकाया , किसोर श्रेष्ठ, सुक बहादुर परियार, कुल बहादुर सुनार, ठकुरी परियार ,देब बहादुर गुरुङ, बुद्ध गुरुङ , ऋषिराम भण्डारी लाई सस्थामा स्वागत गर्दै आजिबन सदस्यताको प्रमाण पत्र प्रदान गरिएको थियो ।
प्रमुख अतिथि क्षत्रीले संस्थाको बिगत इतिहासलाई सम्झदै दुखी गरिब हरुलाइ सक्दो सहयोग गर्दै आएको र अहिले सम्म सस्था यहाँसम्म ल्याउने सम्पुर्ण सस्थापक सबैलाइ सम्झिए । थुप्रै साथीहरूको संस्थामा अतिनै ठूलो योगदान रहेको भन्दै केही समय पहिले बनेको कार्यसमिले सामाजिक तथा आर्थिक क्षेत्रमा उर्जा थपियोस,राम्रा र सकारात्मक कार्य गर्दै कास्की आदर्श समाज कतारको जस्तो नाम उस्तै काम गरि देखाउन सफल रहोस भन्दै आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रमको सहजीकरण गरेका सचिब सन्तोष तिमिल्सिनाले फेवा सास्कृतिक परिवारका कास्की अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालका कि " अध्यक्षले इमेल मार्फत पठाएको शुभकामना सन्देशलाई पनि उक्त कार्यक्रममा सुनाएका थिए ।