गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा रहेको शहरी स्वास्थ्य केन्द्र जोरपाटीलाई माननीय सांसद छिरिङ दोर्जे लामाको पहलमा अत्यावश्यक विविध स्वास्थ्य उपकरणहरु प्रदान गरिएको छ।
बागमती प्रदेश सभा सदस्य माननीय छिरिंग दोर्जे लामाको पहलमा प्रदेश पुर्वाधार साझेदार कार्यक्रम अन्तर्गत बिनियोजित बजेट मार्फत अत्यावश्यक विविध सामाग्री खरिद गरिएका हुन।उक्त सामाग्रीहरु सांसद लामाद्वारा एक कार्यक्रमका बिच जोरपाटी स्वास्थ्य चौकी प्रमुखलाई शुक्रवार बिहान हस्तान्तरण गरिएको छ।
स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा गोकर्णेश्वर नगर प्रमुख दिपक रिसाल, उप प्रमुख सानान्नी लामा, वडा अध्यक्ष नारायण बहादुर सुवेदी स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय, वडा सदस्यहरु बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका कर्मचारी लगायतको उल्लेखनीय स्थानीयवासीको उपस्थिति रहेको थियो।
सांसद लामाले स्वास्थ्य उपकरणका बारेमा बोल्दै जनतालाई स्थानीय क्षेत्रमा प्रभावकारी स्वास्थ्य सेवाको पहुच पुर्याउनको लागि सहयोग गरिएको बताउदै शहरी स्वास्थ्य केन्द्र जोरपाटीलाई उपकरण हस्तान्तरण गरेका थिए।
कार्यक्रममा हस्तान्तरण गरिएका विविध उपकरणहरुमा:
१ semi Auto Biochemistry Analyzer,२) Colorimeter,३ ) Hot Air Oven,४) Water Bath,
५) Incubator,६) Microscope,७) Centrifuge,
८) Micro Peppette 3 different size
९)Needle Destroyer, १० ) Serological water Bath,
११) Electrolyte र १२) E.C.G Machine लगायतका रहेका छन।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय, उप प्रमुख सानान्नी लामा, नगरपालिका प्रमुख दिपक कुमार रिसाल लगायतले शुभकामना मन्तब्य राख्दै शहरी स्वास्थ्य केन्द्र जोरपाटीद्वारा प्रदान गरिने हरेक स्वास्थ्य सेवामा प्रदान गरिएका करिव १२ थान उपकरणद्वारा जनताको स्वास्थ सेवा अहं भुमिका निर्वाह गर्ने बताएका थिए।
कार्यक्रममा आफ्नो मन्तव्य मार्फत वडा अध्यक्ष नारायण बहादुर सुवेदीले स्वास्थ्य सामग्री प्रदान गरेकोमा धन्यवाद दिदै जोरपाटी शहरी स्वास्थ्य केन्द्रले ज्येष्ठ नागरिक एकल महिला आर्थिक अवस्था कमजोर भएकाहरुलाई रक्तचाप, मधुमेह तथा इसिजी लगायतको प्रभावकारी शेवा निशुल्क स्वास्थ्य सेवा प्रदान गरिने जानकारी दिलाउदै उपस्थित सम्पुर्णमा धन्यवाद ब्यक्त गरेका थिए।