दोहा : ठकुरी सहयोग सञ्जाल कतारको अध्यक्षमा केशु ठकुरी निर्विरोध निर्वाचित भएका छ्न ।
"सभ्य भाषा संस्कृती हाम्रो पहिचान, शैक्षिक तथा आर्थिक समृद्धिको साथ र सद्भाव सबैमा विश्व ब्यापी अभियान "भन्ने मुल नाराका साथ ठकुरी सहयोग सन्जाल दोहा कतार को आठौ वार्षिकोत्सब सनैयां स्थित ह्वाइटहाउस रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष छ्म बहादुर चन्द (सुलभ) को सभापतित्व तथा संरक्षक केवि हमाल ठकुरीको प्रमुख आथित्यमा संचालन भएको कार्यक्रममा सञ्जाल कतारका संरक्षक, प्रमुख सल्लाहकार, विशेष सल्लाहकार लगायत कतारमा रहेका ठकुरी "राजा महारारानी" हरुको बाक्लो उपस्थिति रहेको थियो ।
विधिवत रूपमा उद्घाटन गर्दे शुरु गरिएको कार्यक्रममा उपस्थित सम्पुर्णलाई महेन्द्र शाही ठकुरीले स्वागत मन्तव्य बाट स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि हमालले बोल्दै सञ्जाल कतारले गरेको विभिन्न कार्यहरुको चर्चा गरेका थिए । ठकुरि संस्था एक जातीय संस्था र प्रकृति पुजक रहेको र अमुल्य परम्परा, संस्कृती रितिरिवाज बचाउन प्रवास कतारमा स्थापना गरिएको संस्थाको ठूलो जिम्मेवारी रहेको प्रमुख अतिथि केवि हमालले जोड दिए ।
संस्थाका प्रमुख संरक्षक रेसम शाह ठकुरि, संरक्षक कृष्ण शाह,प्रमुख सल्लाहकार भरत मल्ल ठकुरी लगायतले मन्तव्य राख्दै ठकुरी सहयोग सञ्जाल कतार संख्याको हिसावले कमि रहेतापनि सामाजिक आर्थिक तथा नैतिक कार्यमा अगाडि रहेको बताए । संस्था कतारमा मात्र सिमित नरहि नेपालमा १३ जना छात्रलाई छात्रवृद्धि लगायतका उल्लेखनीय कार्यहरु गरिरहेको छ । कतारमा रहेका सम्पुर्ण ठकुरी हरु सञ्जालमा आबद्ध रहेर आफ्नो भाषा धर्म, सस्कृती रितिरिवाज जोगाउन जोड दिनुपर्नेमा जोड दिए । साथै नयाँ बन्ने कार्यसमितिलाई बधाई सहित शुभकामना दिदै आफ्नो मन्तव्य समापन गरेका थिए ।
कार्यक्रममा कलाकारहरु सरिता मल्ल, शुरेस बिसि, शान्ती ओलि, रेविका तामाङ, दिपक नेपाली, चन्दा बिसि लगायतका कलाकारहरुले विभिन्न किसिमका नृत्य तथा गायन प्रस्तुत गर्दै मनोरञ्जन बनाएका थिए । साथै संस्थालाई विभिन्न तरिका बाट सहयोग गर्नेलाई खादा तथा सम्मान पत्र बाट सम्मानित गरिएको थियो । त्येस्तै आर्थिक प्रतिबेदन मोहन सेनले र प्रगति प्रतिबेदन खगेन्द्र शाहीले प्रस्तुत गरेका थिए भने हल बाट गड गड तालिका साथ पारित गरिएको थियो ।
संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति छ्म बहादुर चन्द (सुलभ) ले बोल्दै ठकुरी सञ्जाल कतारको आठौं वार्षिकोत्सब कार्यक्रममा उपस्थिति सम्पुर्णमा धन्यवाद व्यक्त गरे । विभिन्न कठिनाइको वावजुट कार्यकाल अवधीभर साथसहयोग गर्ने प्रती आभार प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए भने सहजीकरण महासचिव खगेन्द्र शाहीले गरेका थिए
नयाँ कार्यसमिती नामावली
अध्यक्ष : केशु मल्ल ठकुरी
बरिस्ठ उपाध्यक्ष : खगेन्द्र शाही ठकुरी
प्रथम उपाध्यक्ष : चन्द्र मल्ल ठकुरी
महिला उपाध्यक्ष : अस्मिता मल्ल ठकुरी
महासचिव : मोहन सेन ठकुरी
कोषाध्यक्ष : उदय मल्ल ठकुरी
सचीव : महेन्द्र शाही ठकुरी
सह- सचीव : निरक शाही ठकुरी
सह- कोषाध्यक्ष : चन्दा शाही सेन ठकुरी साथै सदस्य हरुमा बिपिन सिह ठकुरी, धन कुमार मल्ल, नमराज शाही ठकुरी, कमल कुमार शाही ठकुरी, सबित्रा चन्द ठकुरी,गिता चन्द ठकुरी, सबिना मल्ल ठकुरी, बिरेन्द्र बहादुर शाही ठकुरी, सरिता मल्ल ठकुरी, लक्ष्यमण शाही ठकुरी रहेका छ्न ।