दोहा कतार,साउन १३। सन्ध्याग्रुप अल्खोर कतारको साहित्यिक विभाग मुग्लानी सौगातले नेपाली साहित्यका नक्षत्र आदिकवि भानुभक्त आचार्यको २०८ औ जन्मजयन्ति तथा ८५ औ साहित्यिक वाचन डबली अल्खोरमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष गणेश क्षेत्रीको सभापतित्वमा संचालन भएको कार्यक्रममा प्रमुख अतिथी संस्थाका संरक्षक प्रेम प्रसाद भट्टराई,बिशेष अतिथिहरु संस्थाका प्रमुख सल्लाहकार राम प्रसाद पराजुली, बिशेष सल्लाहकार रामजी अधिकारी ,अर्जुन पौडेल, तथा अतिथिमा महोत्तरी सेवा समाज कतारका अध्यक्ष इसीलाल पन्डित लगायत कतारलाई कर्मथलो बनाएर बस्नु भएका दर्जनौं साहित्य अनुरागी ब्यक्तित्वहरुको बाक्लो उपस्थिती रहेको थियो।
संस्थाको साहित्यिक विभाग मुग्लानी सौगातले मासिक रुपमा वाचन गर्दै आएको साहित्यिक डबलीलाई संस्थाका महासचिव खेमराज सेवेदीद्वारा सहजीकरण गरिएको थियो।कार्यक्रममा नेपाली भाषाका मुर्धन्य ब्यक्तित्व आदिकवि भानुभक्त आचार्यको २०८ औ जन्म जयन्तिको अवसरमा उनको सम्झनामा कार्यक्रमका सभापति,प्रमुख अतिथी, विशेष अतिथि, अतिथिहरु लगायत सम्पुर्ण साहित्यप्रेमीहरुद्वारा दिप प्रज्वलन तथा भानुभक्त आचार्यको तस्बिरमा खादा ओढाई सम्मान गरिएको थियो।
आदिकवि भानुभक्त आचार्यको जीवनी संक्षिप्त रुपमा संस्थाका तृतीय उपाध्यक्ष चक्र कार्किद्वारा बताईएको थियो।कार्यक्रममा दोहामा रहेका दर्जनौ गजलकार,मुक्तककार, कविहरुका अत्यन्तै मिठा र रचनात्मक रचनाहरु वाचन गरिएका थिए।चिसो अनि सुन्दर शान्त वातावरणमा भएको साहित्यिक वाचन कार्यक्रम आफ्ना साहित्यक शृजना राख्ने साहित्यकारहरुमा:
शिव सुवेदी - तीन वटा मुक्तक, सन्तोष केसी -गजल, चक्र कार्की -गजल,सानू थपलिया - दुई वटा गजल,सुरेश परियार 'आभास'- गजल,राम आचार्य- दुई वटा गजल,लिलानाथ घिमिरे - गर्व गरौ शिर्षकको कविता,दिलिप पराजुली - एक गजल र मुक्तक,राज रुचाल - रचना,अर्जुन पौडेल- मुक्तक,राम प्रसाद पराजुली - गजल, प्रेम प्रसाद भट्टराई - झ्यारे भाकामा तथा बहरमा लेखिएका एक/ एक गजल वाचन गरिएका थिए।
संस्थाका विशेष सल्लाहकार रामजी अधिकारी र महोत्तरी सेवा समाज कतारका अध्यक्ष इसिलाल पन्डितद्वारा कार्यक्रमको पुर्ण सफलताको शुभकामना ब्यक्त गरिएको थियो।अन्त्यमा कार्यक्रमका सभापति गणेश क्षेत्रीद्वारा प्रवासमा रहेर पनि नेपाली भाषा साहित्यलाई माया गरि वाचन डबलीमा उपस्थित हुनु हुने सम्पुर्ण साहित्य अनुरागिमा धन्यबाद ब्यक्त गर्दै आफ्नो शृजना मुक्तक तथा गजल वाचन गरि कार्यक्रम सफलता पुर्वक समापन भएको घोषणा गरेका थिए।